बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाले आज जिल्लाका अग्रज पत्रकारहरुमध्ये पाँच जनालाई सम्मान र एक जनालाई अभिनन्दन गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा अभिनन्दन एवम् अग्रज पत्रकार सम्मान गर्न लागेको संगठनका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिएका छन् । प्रेस चौतारी झापाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन […]
बिर्तामोड । नेपाल यादव सेवा समिति झापा शाखाको आयोजना तथा संजीवनी हर्ट हस्पिटल प्रालिको प्राविधिक सहयोगमा सुरुवाती कोठा नेपाल तथा आदर्श स्कूल अफ मेनेजमेन्टले आज निःशुल्क स्वास्थ्य शिविर गरेका छन् । आदर्श कलेजका विद्यार्थी र शिक्षकलाई निःशुल्क मुटु तथा जनरल फिजिसियन सेवा दिइएको हो । सन्जिवनी अस्पतालका मुटु रोग विशेषज्ञ डाक्टर सिपि यादवले विद्यार्थीको स्वास्थ्य […]
झापा । आफ्नो स्वीकृत कार्यक्षेत्रमा एक घर एक सदस्यको अभियान लिएर अघि बढिरहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले चालू आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तमा ५६ हजार ७४९ जना शेयर सदस्य पुर्याएको छ । जसबाट संस्थाको चुक्ता शेयर पुँजी ३१ करोड ४५ लाख एक हजार ७०० रुपैयाँ जम्मा भएको आज जारी संस्थागत वित्तीय […]
कनकाई । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले सुरुङ्गामा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । संस्थाको सुरूङ्गास्थित सेवा केन्द्रको आयोजनामा कनकाई–३ को जनचेतना आधारभूत विद्यालय परिसरमा भएको आँखा शिविरबाट ५०० जनाभन्दा बढी स्थानीयबासी लाभान्वित भएका छन् । बचत तथा ऋणको मात्र कारोबारमा सिमित नरही साना मझौला व्यवसायी […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले १० वटै वडाबाट सिफारिस भईआएका १०–१० जना विपन्न ज्येष्ठ नागरिकलाई व्लाङ्केट वितरण गरेको छ । नगरपालिका कार्यालयमा आज बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच एक सय जनालाई व्लाङ्केट वितरण गरिएको हो । सामाजिक विकास शाखाको वार्षिक कार्यक्रम अन्तर्गत नगरका १० वटै वडाबाट सिफारिस भएर आएका १०–१० जनालाई व्लाङ्केट वितरण गरिएको शाखा प्रमुख […]
मेचीनगर । झापाको काँकरभिट्टामा प्रधान कार्यालय रहेको देशकै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आँखाका बिरामीका लागि नयाँ अभियानको सुरुवात गरेको छ । काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोगमा संस्थाले आफ्ना सदस्य तथा गैर सदस्यका लागि माघ १४ गते शिवगञ्जमा आँखा शिवीर सञ्चालन गरेको हो । उक्त शिविरमा ३७० जना आँखाका बिरामीले निःशुल्क […]
भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आसन्न भद्रपुर झापा गोल्ड कपमा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न प्रतिबद्ध रहेको जनाएका छन् । आज गोल्ड कपको सचिवालय मेची रंगशालामा भएको अन्तरक्रियामा पोखरेलले प्रतियोगिता अवधिभर सुशासनको अवस्था मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय तत्पर रहेकोले ढुक्क रहन आयोजकलाई आश्वासन दिएका हुन् । अन्तरक्रियामा भद्रपुर नगरपालिकाका नगरप्रमुख […]
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनसंग भेट गरेका छन् । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज बुधवार भएको दुईपक्षीय भेटमा आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको उपप्रधानमन्त्री लिङ्देनको सचिवालयले जनाएको छ । भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले उर्जाको विकास, प्रशारण र व्यापार […]
बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लामा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न नागरिक समाज र निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् । बुधबार बिर्तामोडमा आयोजित एक अन्तरक्रियामा बोल्दै प्रजिअ पोखरेलले सरकार, नागरिक समाज र निजी क्षेत्रको समन्वय राम्रो भएमा सुशासनको अवस्था मजबुत हुने बताए । संवाद समूह झापाको संयोजनमा भएको अन्तरक्रियामा […]
झापा । नेपालको सीमावर्ती बजारमा प्रतिबन्धित भारतीय चिट्ठा खुलेआम बिक्री वितरण भइरहेको भए पनि प्रहरीले चासो दिएको छैन । नेपालबाट दैनिक १० लाख रुपैयाँ भन्दाबढी रकम प्रतिबन्धित चिट्ठाको कारोबारमा भारत गइरहेको पाइएको छ । तर प्रहरी मुकदर्शक बन्दा नेपाली भूभागमा प्रतिबन्धित भारतीय चिट्ठा सीमावर्ती बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको हो । भारतको पश्चिम बंगाल, […]