जिल्ला सहकारी संघ झापाद्वारा आधा दर्जन बढी पुरस्कृत र सम्मानित बिर्तामोड । झापा जिल्ला सहकारी संघ लिमिटेडको २६औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी साधारणसभा उद्घाटन गरिएको थियो । साधारणसभा समारोहमा ६५औं राष्ट्रिय सहकारी दिवसमा घोषित सम्मान तथा पुरस्कारहरु हस्तान्तरण गरिएको […]
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन् । उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्याएर […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ बुलुचोकमा स्थापना गरिएको झापा इनर्जी कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा आज आयोजनास्थलमा सम्पन्न गरिएको छ । १० मेघावाट विद्युत उत्पादन गर्ने सौर्य उर्जा कम्पनी झापा इनर्जीका शेयर सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको वार्षिक साधारणसभाको प्रमुख आतिथ्य संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङले गरेका थिए । कम्पनीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य […]
मोरङ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुष २९ गते शुक्रबार (भोलि) विश्वासको मत लिने भएका छन् । उक्त प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिएका हुन् । मुख्यमन्त्री कार्कीले ६० जना सांसदको समर्थन लिएर गत आइतबार प्रदेशप्रमुख समक्ष दावी गरेपछि उनी नियुक्त भएका […]
बिर्तामोड । इलाम क्षेत्रलाई ट्राइब्रेकरमा हराउँदै मेची क्षेत्रले एनएमसी महिला कर्मचारीस्तरीय फुटसल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि हात पारेको छ । पुष २३ गते शनिबार बिर्तामोडस्थित एब्सोल्युट फुटसलमा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका महिला कर्मचारी सम्मिलित ८ वटा टोलीको सहभागिता रहेको थियो । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गतको खेलकुद उपसमितिको आयोजनामा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका ६ […]
कमल । बालमैत्री स्थानीय शासन लागू गरेर मात्र होइन, त्यसको दिगोपनका लागि सरोकारवालको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनुपर्ने एक कार्यक्रममा सहभागीहरुको धारणा छ । झापाको कमल गाउँपालिका वडा नं. ७ कार्यालयले बालमैत्री स्थानीय शासनको दिगोपनको लागि सरोकारवालाहरु बीच आज गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रमका सहभागीहरुले यस्तो धारणा राखेका हुन् । बालमैत्री वडा घोषणा पश्चात बालबालिकाको […]
कनकाई । झापाको कनकाईमा सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाले अपाङ्ग अशक्तहरुको पहिचान गरी व्हील चेयर वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका एवम् शारिरीकरुपमा अशक्त अपाङगहरुको छनौट गरी क्लवका पदाधिकारीहरुले घर घरमै पुगेर व्हील चेयर वितरण गरेको हो । क्लवले व्हील चेयर वितरणको कार्यक्रमलाई आफ्नो वार्षिक कार्यक्रमको रुपमा […]
काठमाडौँ । मनोज डंगोललाई रारा राष्ट्रिय अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको छ । पाउ हजुरको गीतबाट उनले सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्राप्त गरेका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा काठमाडौमा अवार्ड समारोह आयोजना गरिएको थियो । डंगोल बिग परिवेश रेकर्डिङ स्टुडियोमा कार्यरत छन् । उनले बिरिसु मिडिया प्रालिले आयोजना गरेको स्टार […]
अर्जुनधारा । श्रीमानको लात्ती प्रहारबाट यहाँ मंगलबार साँझ एक महिलाको मृत्यु भएको छ । घरधन्दा नगरेको र खाना नपकाएको निहुँमा अरुण गाउँपालिका १ भोजपुर घर भई हाल अर्जुनधारा ९ खरबानीचोक बस्ने विश्वराज घिसिङको लात्ती प्रहारबाट उनकी श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङको मृत्यु भएको हो । घर बनाउने मिस्त्रीको काम गर्ने विश्वराजले पुष २६ गते […]
झापा । असहाय तथा विपन्न नागरिकहरुको सामाजिक सुरक्षामा सहयोग गर्ने उद्देश्यले बिर्तामोडमा विपन्न नागरिक सहयोग कोष नामक गैरसरकारी संस्थाको सुरुवात गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ मा कार्यालय रहने गरी सोही वडाबासीको अग्रसरतामा बिर्तामोड नगरलाई कार्यक्षेत्र बनाएर सेवा गर्ने गरी संस्था स्थापनाको भएको हो । संस्थाको प्रारम्भिक खाका बनाई तदर्थ समिति गठन गरिएको […]