Sajhamanch Archive

झापाका १०० अर्फन बालबालिकालाई नगद र स्वास्थ्य सामग्री प्रदान

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापाका १०० अर्फन बालबालिकालाई नगद र स्वास्थ्य सामग्री प्रदान.

कमल । हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टको आर्थिक सहयोग तथा वर्क फर नेपालको सहकार्यमा आज झापामा रहेका अर्फन बालबलिकालाई आर्थिक सहयोग, स्वास्थ्य परीक्षण गर्नुका साथै स्वास्थ्य सामग्री प्रदान गरेको छ । कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विध्यालयको सभाहलमा भएको कार्यक्रममा झापामा रहेका १०० जना अर्फन (आमाबुबा विहीन) बालबालिकालाई आर्थिक सहयोग र स्वास्थ्य सामग्री […]

नेपाल राष्ट्रिय शिक्षक संगठन कमलद्वारा १० उत्कृष्ट शिक्षक सम्मानित

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on नेपाल राष्ट्रिय शिक्षक संगठन कमलद्वारा १० उत्कृष्ट शिक्षक सम्मानित.

कमल । संगठनलाई सहयोग पुर्याउने उत्कृष्ट शिक्षकलाई सम्मान गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँ परिषदको तेस्रो भेला सम्पन्न भएको छ । कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विध्यालयको सभाहलमा सम्पन्न परिषदको भेलामा संगठनको विकास र प्रगतिमा निरन्तर सहयोग पुर्याउने एवम् शिक्षा क्षेत्रमा लामो समयसम्म निरन्तर विभिन्न जिम्मेवारीमा रहेर योगदान गर्ने १० जना शिक्षकलाई सम्मान […]

उपेक्षित तथा उष्णप्रदेशीय रोग भएका व्यक्तिको स्वास्थ्य सुधार गर्दै विश्वास परियोजना

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on उपेक्षित तथा उष्णप्रदेशीय रोग भएका व्यक्तिको स्वास्थ्य सुधार गर्दै विश्वास परियोजना.

बिर्तामोड । झापा र मोरङमा उपेक्षित तथा उष्णप्रदेशीय रोग मातृशिशु स्याहार र अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य सुधार गर्न सहारा नेपाल र फेयरमेड फाउण्डेशनको साझेदारीमा विश्वास परियोजनाले कार्य गर्दै आएको छ । परियोजना अन्तरगत नेपालमा पाइएका उपेक्षित उष्णप्रदेशिक १० वटा रोगबाट समुदायको स्वास्थ्यमा सुधार गर्ने कार्यक्रम गरिँदै आएको हो । सहारा नेपालको आयोजना र फेयरमेड फाउण्डेशनको […]

‘काव्यकोपिला’ कविता संग्रह विमोचित

Published: in लोकप्रिय, शिक्षा, समाज, साहित्य by . Leave a Comment on ‘काव्यकोपिला’ कविता संग्रह विमोचित.

भद्रपुर । कवि राजेन्द्र कश्यप अधिकारीको प्रथम कृति ‘काव्यकोपिला’ कविता संग्रहको चन्द्रगढीमा विमोचन गरिएको छ । भाषासेवी अग्रज साहित्यकार चूडामणि रेग्मीले अधिकारीको कृतिको विमोचन गरेका हुन् । कृतिको परिचर्चा गर्दै कवि तथा समालोचक भानुभक्त कुभिण्डेलीले कृति शास्त्रीय छन्दमा तयार भएको उत्कृष्ट फुटकर कविताको संगालो भएको बताए । उनले लेखकको पहिलो कृति भए पनि रचनाले विशिष्ठ […]

जग्गा कित्ताकाट रोकेर राजनीतिक दलहरूले जनतालाई दुःख दिइरहेको आरोप

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on जग्गा कित्ताकाट रोकेर राजनीतिक दलहरूले जनतालाई दुःख दिइरहेको आरोप.

भद्रपुर । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन इकाई समिति भद्रपुरको १६औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । १०औं अधिवेशनसमेत रहेको सभाको प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै एशोसियसनका केन्द्रीय अध्यक्ष सिताराम दाहालले व्यक्तिगत सम्पत्तिका रूपमा रहेको जग्गा कित्ताकाटलाई रोकेर जनतालाई दुःख […]

चोलेन्द्रशम्सेरको निलम्बन फुकुवा कार्यान्वयन नगर्नू : सर्वोच्च अदालत

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on चोलेन्द्रशम्सेरको निलम्बन फुकुवा कार्यान्वयन नगर्नू : सर्वोच्च अदालत.

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भनी संसद महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद सचिवालयका महासचिवलाई यसरी पत्र लेख्ने अधिकार नभएको भन्दै विभिन्न निकायमा जारी भएको पत्र समेत तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी आदेश दिएको […]

चासोक ताङ्गनामको उल्लास जताततै

Published: in लोकप्रिय, समाज by . Leave a Comment on चासोक ताङ्गनामको उल्लास जताततै.

झापा । किरातीहरुको एउटा महत्वपूर्ण पर्व चासोक ताङ्गनाम र उधौलीको अवसरमा बिहीबार देशभर सांस्कृतिक कार्यक्रम र पूजा गरी मनाइएको छ । सोही क्रममा झापाका विभिन्न स्थानका खोला किनार र वन जंगलमा आफ्ना कुल देउताहरुको पूजा गरी चासोक ताङ्गनाम मनाइएको छ । कनकाई नगरपालिका ७ दुर्गापुर, शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका क्षेत्रमा समेत नयाँ अन्नको […]

समाजसेवी घिमिरेलाई सम्मान अर्पण

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on समाजसेवी घिमिरेलाई सम्मान अर्पण.

बिर्तामोड । बिर्तामोडमा आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान अन्तरगत आज बिर्तामोडमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । एबिसी नेपाल झापा, नारी सञ्चार गृह झापासिहत महिलाले नेतृत्व गरेका विभिन्न ३२ बढी संस्थाहरूले हिंसा, बेचबिखन तथा मानव ओसारपसार बिरूद्व चार दशकदेखि आवाज उठाउँदै आएकी सामाजिक अभियान्ता दुर्गा घिमिरेलाई सम्मान गरिएको हो । […]

चन्द्रगढीको वैदिक साकोसमा नयाँ नेतृत्व सर्वसम्मत चयन

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on चन्द्रगढीको वैदिक साकोसमा नयाँ नेतृत्व सर्वसम्मत चयन.

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभाले प्रकाश निरौलाकोे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । चौथो अधिवेशनका रूपमा सम्पन्न सभाले ४ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा डिल्लीराम अधिकारी, सचिव सोमप्रसाद ढुंगेल, सहसचिव तारा अधिकारी खनाल र कोषाध्यक्षमा मञ्जु खतिवडा अधिकारीलाई सर्वसम्मत चयन गरेको हो […]

एनएमसीमा एकाईगत साधारणसभा जारी, आज १६ ठाउँमा उपएकाईगत छलफल

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on एनएमसीमा एकाईगत साधारणसभा जारी, आज १६ ठाउँमा उपएकाईगत छलफल.

झापा । नेपाल बहुृद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को ३०औं वार्षिक साधारण सभा अन्तर्गत आज झापाको घैलाडुब्बा, केर्खा, कुञ्जिबारीसहित कार्यक्षेत्रका १६ वटा सेवा केन्द्रमा उप एकाइगत साधारणसभा सम्पन्न भएको छ । कनकाई–रतुवा एकाई अन्तरगतका बैंकिङ सेवा केन्द्र कार्यालयहरुमा आज एकैदिन उपएकाइगत साधारणसभा गरिएको हो । जसअन्तरत घैलाडुब्बा सेवा केन्द्रमा सञ्चालक समितिका सदस्य माधवचन्द्र प्याकुरेल र बैंकिङ […]