विराटनगर । मोरङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासमा लागेका छन् । स्थानीय समस्याबारे जानकार पोखरेल निर्वाचित भए लगत्तै आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माण कार्यहरुलाई द्रुत गतिमा अघि बढाउन लागिपरेका हुन् । उनले क्षेत्र नम्बर २ अन्तर्गत रंगेलीदेखि रतुमाईको चौकीघाटसम्मको सडक चाँडै निर्माण सम्पन्न गराउन पहल गरेको […]
कमल । कृषि विकास बैंक दमक शाखाले कमल गाउँपालिकाका ८३ जना किसानलाई कार्ड वितरण गरेको छ । कमल गाउँपालिका वडा नं. २ स्थित टंक आईपिएम कृषि फर्मको प्राङ्गणमा आयोजित कार्यक्रममाझ किसान कार्ड प्रदान गरिएको हो । नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तब्यमा किसानलाई किसान कार्ड वितरण गर्ने भनी बजेट व्यवस्था गरेअनुसार कृषि विकास […]
बिर्तामोड । यहाँस्थित मनकामना कलेजमा गठन गरिएको मनकामना क्याम्पस साहित्यक परिवारले आज मासिक रचना वाचन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । मनकामना कलेज बिर्तामोडमा अध्ययनरत विद्यार्थीहरुले २०७२ सालमा स्थापना गरेको साहित्यक परिवारको हालै पुनर्गठन गरिएको थियो । नयाँ नेतृत्वलाई माइन्युट हस्तान्तरण गर्दै पुरानो समितिलाई आज विदाई पनि गरिएको हो । मनकामना कलेजका निमित्त […]
सांकेतिक तस्वीर बिर्तामोड । आज बिहान ६ बजे कनकाई नगरपालिका वडा नं. ८ स्थित पूर्व–पश्चिम लोकमार्गको लक्ष्मीपुर खण्डमा दुर्घटनामा परेका मोटरसाइकल चालकको मृत्यु भएको छ । ना. ३ ख २९०४ नम्बरको ट्रकको मुनी पसेको प्रदेश १–०१–०१३ प ४०५२ नम्बरको मोटरसाइकलका चालक बिर्तामोड नगरपालिका–१ का २२ वर्षीय ओमप्रकाश राउतको उपचारका क्रममा मृत्यु भएको हो । घटनास्थलमा […]
दमक । कर्णाली बचत तथा ऋण सहकारी संस्था झापाले आज एकाईस्तरको पहिलो साधारणसभा दमकमा सम्पन्न गरेको छ । सहकारी विभागले गत भदौमा निर्धारण गरी लागू गरेको मापदण्ड अनुसार कर्णाली साकोसले आजबाट विभिन्न ७ स्थानमा एकाईस्तरको साधारणसभा सुरु गरेको हो । संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा आयोजित एकाई साधारणसभाको उद्घाटन संस्थाका दुईजना ज्येष्ठ सदस्यहरुको हातबाट दिप […]
झापा । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, झापा शाखाको मंसीर १७ गते शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट चयन गरिएको नयाँ नेतृत्वले पहिलो बैठकबाट जिम्मेवारी बाँडफाँड गरेको छ । अधिवेशनले तेजस्वी कम्प्युटर सपोर्टका प्रोपाइटर कृष्णप्रसाद घिमिरेलाई अध्यक्षमा र ८ जनालाई सदस्यमा सर्वसम्मत निर्वाचित गरिएको थियो । क्यानको विधानले शाखाको पहिलो बैठकबाट पदाधिकारीहरु तोक्ने तथा सदस्यहरु मनोनयन गर्ने […]
समानुपातिकको सदर मत एक करोड पाँच लाख ६० हजार ६७, कुन पार्टीले कति पाए ? काठमाडौं । मंसिर ४ गते देशैभर एकैचरणमा भएको निर्वाचन अन्तरगत समानुपातिक तर्फको मत गणनाको अन्तिम परिणाम आएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मत गणना सकिएको हो । निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फ एक करोड पाँच लाख ६० […]
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म सदस्य सुविधामा ४८ लाख २० हजार ६९५ रुपैयाँ खर्च गरेको छ । सिम्रिक साकोसको नीति अनुसार ३७८ जना शेयर सदस्यहरुलाई साउन १ गतेदखि मंसीर १९ गतेसम्म उक्त रकम विभिन्न सुविधामा प्रदान गरिएको हो । सदस्यले न्यूनत ७२० रुपैयाँदेखि अधिकतम् २ […]
अर्जुनधारा। कालिकापीठ कालीस्थानको १८औं वार्षिक अनुष्ठान अन्तरगत आयोजित श्रीमद् स्कन्ध महापुराण, महारुद्रीसहित विराट महायज्ञको आइतबार समुद्घाटन गरिएको छ । नेपालका प्रथम जगतगुरु अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको करकमलबाट पीठमा आयोजित एक समारोहका बीच महायज्ञको समुद्घाटन गरिएको हो । महायज्ञ समुद्घाटन समारोहमा बोल्दै जगतगुरु मोहनशरणले स्कन्ध महापुराणमा हिमवत्खण्डको विसद महिमा रहेको बताउँदै शिवपुत्र स्वामी कार्तिकेय […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ मा रहेको श्री भगवद्भक्ति आश्रम देवर्षि संस्कृत विद्यालयले गीता जयन्तिको अवसरमा काशी–मणि पितृ स्मृति समूहले गीता प्रश्नोत्तरी प्रतियोगितात्मक कार्यक्रम आज सम्पन्न गरेको छ । आश्रमका अध्यक्ष तुलसीराम आचार्यको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि समाजसेवी व्यक्तित्व कोमलप्रसाद पोख्रेल रहेका थिए । विभिन्न संघसंस्था, गुरुकूलका प्रतिनिधिहरुको आतिथ्यता रहेको कार्यक्रममा […]