भद्रपुर । मानव अधिकारका लागि महिला, एकल महिला समूह झापाले महिला हिंसा विरूद्धको १६ दिने अभियान अन्र्तगत २५ जना नारीलाई साडी उपहार प्रदान गरेको छ । सभ्य समाजको पहिचान हिंसामुक्त समाज नाराका साथ एकल महिला छहारीमा मनाइएको अभियानमा एकल महिला समूहले पहिचानका आधारमा २५ जना नारीलाई साडी प्रदान गरिएको हो । सीता गुरागाईंको अध्यक्षता तथा […]
काठमाडौं । नवीकरणीय तथा दिगो ऊर्जा विकासका लागि समसामयिक वस्तु एवम् अनुसन्धानमा आधारित शिक्षा प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी हुने भएको छ । नर्वे, बंगलादेश, श्रीलंकाका विश्वविद्यालयसँगको सहकार्यमा रिन्यूवेबल एण्ड सस्टेनेवल इनर्जी ल्याब्रटोरी, काठमाडौं विश्वविद्यालले यही मंसिर २० र २१ गते गोष्ठी आयोजना गर्न लागेको हो । काठमान्डु बिश्वबिध्यालय मेकानिकल इन्जिनियरिन्ग बिभागअन्तरगत रिन्युवेबल एण्ड सस्टेनेबल इनर्जि […]
भद्रपुर । कवि भानुभक्त कुभिण्डेलीको १६औ कृतिका रूपर्मा बाबा बिनाको घर’ शोककाव्य विमोचन गरिएको छ । कवि कुभिण्डेलीद्वारा बुबा तेजप्रसाद सुवेदीको स्मृतिमा तयार पारिएको शोककाव्य वार्षिक पुण्य तिथिको अवसर पारेर धुलाबारीमा विमोचन गरिएको हो । कवि कुभिण्डेलीको अध्यक्षता तथा पंण्डित अभिचन्द्र घिमिरेको प्रमुख आतिथ्यमा पुस्तक विमोचन गरिएको थियो । द्रोण अधिकारीले कृतिको परिचर्चा गरेको कार्यक्रममा […]
अर्जुनधारा । सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था सहयात्रा ग्रुपको आयोजनामा झापाको अर्जुनधारामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालय परिसरमा आज आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३३ जना दाताहरुले रगत दान गरेका थिए । सहयात्रा ग्रुपका संयोजक तिलक योञ्जनले दिएको जानकारी अनुसार रक्तदान कार्यक्रममा झापा र इलामका दाताहरुको सहभागिता थियो […]
बिर्तामोड । साहित्य चौतारी झापाले नेपाली सांगीतिक क्षेत्रका विशिष्ट तीन प्रतिभालाई सम्मान गरेको छ । नारायण गोपालको ३२औँ स्मृति साँझको अवसर पारेर शनिवार चौतारीले विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जन, संगीतकार जीवन अधिकारी तथा विष्णु अधिकारीलाई सम्मान गरेको हो । सयौँ कर्णप्रिय गीतका संगीतकार योञ्जन सिपालु संगीत शिल्पी हुन् । उनलाई होटल हिकोला हेरिटेजमा आयोजित […]
झापा । झापाकाे बिर्तामोडका शिक्षासेवी हरिकुमार प्रसाईंकाे आज बिहान अमेरिकामा निधन भएको छ। बिर्तामोड ५ स्थित न्यूटन्स एजुकेशन एकाडेमीका संस्थापक प्रसाई क्यान्सरजस्ताे घातक राेग लागेर लामो समयदेखि अस्वस्थ थिए । उपचारकै क्रममा आज बिहान अमेरिकामा उनकाे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । प्रसाईले झापाकाे अर्जुनधारामा सञ्चालन भई हाल बन्द रहेकाे दीपज्योति विद्यामन्दिरकाे स्थापनामा […]
बिर्तामोड । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले संगठनमा केही विचलन देखिएकाले पुनर्संरचना जरुरी रहेको धारणा राखेका छन् । नेपाली कांग्रेस झापा जिल्ला पार्टी कार्यालयमा आज सम्पन्न गाउँ–नगर सभापति एवं वडा सभापतिहरुसँगको निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै शिवाकोटीले यस्तो धारणा राखेका हुन् । निर्वाचनमा प्राप्त मत परिणाम र युवापंक्ति राजनीतिमा आएसँगै मुलुकले नेतृत्व परिवर्तन खोजेको […]
बिर्तामोड । झापा क्षेत्र नं. २ बाट विजयी उम्मेदवारहरु मतदातालाई धन्यवाद तथा आभार प्रकट गर्न वडा वडामा आयोजित सभाहरुमा पुगिरहेका छन् । मतदान पहिले आफ्ना एजेण्डा लिएर गाउँगाउँ पुगेका उम्मेदवारहरु निर्वाचनबाट मत परिणाम सार्वजनिक भए पछि फेरि विजयी प्रतिनिधि बनेर गाउँगाउँ पुगिरहेका हुन् । सोही क्रममा बिहीबार बिर्तामोड वडा नं. ४ ले नेकपा एमाले झापा […]
भद्रपुर । एबीसी नेपालले आज जिल्ला कारागार भद्रपुरमा बन्दी जीवन बिताइरहेका महिला तथा बालबालिकालाई कपडा तथा पुस्तक प्रदान गरेको छ । हिंसा पीडित महिला हक अधिकारका क्षेत्रमा काम गर्दै आएको संस्थाले महिलाका लागि साडी, बालबालिकाका लागि न्यानो कपडा र जीवनोपयोगी पुस्तक प्रदान गरेको हो । एबीसी नेपालको संयोजनमा र भद्रपुर नगरपालिका, कानूनी परामर्स केन्द्र (ल्याक), […]
भद्रपुर। जिल्ला सदरमुकाम भद्रपुरमा आज लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धमा अन्तरक्रिया गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख विश्व बरालको प्रमुख आतिथ्यमा उक्त अन्तरक्रिया भएको हो । कार्यक्रममा सहभागीहरुले लैङ्गिक हिंसा न्यूनीकरण गर्न पिडितलाई न्यायका लागि सम्बन्धित निकायसम्म पुर्याउन सम्बन्धित सरोकारवालाहरुले विशेष भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता […]