बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभा यही कात्तिक २५ गते शुक्रबार हुने भएको छ । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आइतबार सम्पन्न कार्यसमितिको बैठकले वार्षिक साधारणसभा २५ गते बिर्तामोडस्थित अतिथि सदनमा गर्ने निर्णय गरेको हो । महासंघको वार्षिक साधारणसभामा सचिव डिकेश लामाबाट सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रञ्जित प्रसाईंबाट आर्थिक प्रतिवेदनसहित […]
भद्रपुर । प्रदेश १ कै सर्वाधिक ब्रतालु तथा अवलोकनकर्ता भेला हुने नेपाल–भारतको सीमानाकासँग जोडिएको भद्रपुरस्थित मेची नदी किनारमा छठ पूजाको तयारी पूरा भएको छ । आज आइतबार बेलुका अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै मनाइने मिथिलाञ्चलबासीको मुख्य चाड छठपर्वका लागि भद्रपुर ५ स्थित मेची नदी किनारमा तयारी पूरा भएको हो । धार्मिक, साँस्कृतिक […]
भद्रपुर । आगामी मंसिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रमुख प्रतिस्पर्धी दलका रूपमा रहेको काँग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनले झापा क्षेत्र नम्वर १ मा मतदाता भेटघाट अभियान सुरू गरेको छ । तिहार सकिए लगत्तै गठबन्धन सम्बद्ध प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको टोलीले झापा १ अन्तरगत प्रदेश १ तथा २ ले आ—आफ्ना क्षेत्रमा पर्ने […]
बिर्तामोड । कनकाई नगरपालिकाको बिरिङ खोला किनारमा आयोजना गरिने छठपूजाको तयारी पूरा भएको छठ समाज सेवा समितिले जनाएको छ । आज साँझ छठ समाज सेवा समितिको कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी बिर्तामोड, चारपाने, लक्ष्मीपुर र आसपासका ब्रतालुहरुले पूजा गर्ने बिरिङ खोलामा घाटलगायत आवश्यक तयारी पूरा गरेको जनाएको हो । समितिका अध्यक्ष राजकुमार गुप्ताले करिब […]
काठमाडौँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीबाट ५५० जनाको नाम निर्वाचन आयोगले हटाएको छ । ६ हजार ४५७ जना उम्मेदवारमध्ये जरिवाना नबुझाउने ३६९ जना, दाबी विरोधमा जाँचबुझबाट ५४८ जना र लाभको पदमा बहाल रहेका एक जना र कालो सूचीमा रहेका एक जना गरी […]
भद्रपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्म जयन्तीको अवसरमा भद्रपुर ९ चन्द्रगढीमा शालिक अनावरण गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको लगानीमा मेची राजमार्गसित गासिएको ऐलानी जग्गामा निर्मित पार्क सहित अर्धकदको शालिक नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीले अनावरण गरेका हुन् । सोही स्थानमा वि सं २०५१ सालमा मेची राजमार्गको बीचमा स्थापना गरिएको […]
मेचीनगर । झापाको मेचीनगरबाट प्रकाशित लोकतन्त्र पोस्टले १०० पृष्ठको रंगीन विशेषांक (लोकतन्त्र म्यागेजिन) प्रकाशन गरेको छ । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि १४ वर्ष जेल जीवन बिताएका सानो दुर्गा अधिकारी र २०६२/०६३ को जनान्दोलनमा सेनाको गोली लागेर घाइते भएका गोपाल श्रेष्ठसहित मेचीनगरका १२ जना पत्रकारहरुले सोमबार संक्षिप्त कार्यक्रमबीच संयुक्तरुपमा लोकतन्त्र पोष्ट म्यागेजिनको लोकार्पण गरिएको हो । […]
कमल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कमल गाउँ कमिटीको आयोजनामा आज तिहारको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । केर्खामा भएको रक्रदान कार्यक्रममा २५ जना पुरुष र ५ जना महिला गरी ३० जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । […]
बिर्तामोड । झापामा महिलाहरुले मात्र सञ्चालन गरेको दोस्रो ठूलो सहकारी संस्था आत्मनिर्भर महिला साकोसको ११औं वार्षिक साधारणसभा शनिबार बिर्तामोडमा सम्पन्न गरिएको छ । हालसम्म बजार प्रतिनिधि (कलेक्टर) नराखीकन निक्षेप संकलन गर्दै आएको तथा वित्तीय कारोबारका लागि बाह्य कर्जा नलिएको संस्थाको पहिचान आत्मनिर्भरले स्थापित गरेको छ । बिर्तामोडका २५ जना महिलाहरुको अग्रसरतामा ५० हजार शेयर पुँजी […]
बेलबारी । बेलबारी नगरपालिकाद्वारा गठन गरिएको बेलबारी प्रज्ञा–प्रतिष्ठानले तिहार, नेपाल सम्वत, छठपर्व र उँधौलीको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । प्रज्ञा–प्रतिष्ठानको स्थापना र गठन पछि कार्यकालको शुभारम्भसँगै पहिलो सार्वजनिक कार्यक्रमका रूपमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले बेलबारीका भाषा, साहित्य, कला, सङ्गीत तथा नाट्य […]