Sajhamanch Archive

शहरी विकासमन्त्री चौधरीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on शहरी विकासमन्त्री चौधरीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण.

काठमाडौं । निर्वाचन आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ । हिजो विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा मन्त्री चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा चामल वितरण गरेको समाचार आएको थियो । ती समाचारहरु र सामाजिक सञ्जालका सामग्रीहरु पढेर आयोगले मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा […]

कालिस्थानमा धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध पुराण हुने

Published: in लोकप्रिय, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कालिस्थानमा धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध पुराण हुने.

अर्जुनधारा । कालिकापीठ कालिस्थानको १८औं वार्षिकोत्सबको अवसर पारेर ११ दिवसीय बृहत धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध महापुराण आयोजना गरिने भएको छ । धान्य पूर्णिमाको अवसर पारेर आगामी मंसिर १८ गतेदेखि आयोजना हुने वार्षिकोत्सबको तयारीका लागि कालिकापीठमा सप्पन्न छलफलबाट उक्त निर्णय भएको हो । छलफलमा स्कन्ध पुराणबारे जानकारी गराउँदै कालिका संस्कृत विद्यापीठका प्राचार्य रघुनाथ रिजालले पुराणहरुमध्ये स्कन्ध […]

कोइरालाको प्रश्न छ, ‘वर्तमान सत्तागठबन्धन समाजवादतर्फ जाने हो कि पुँजीवादतर्फ ?’

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कोइरालाको प्रश्न छ, ‘वर्तमान सत्तागठबन्धन समाजवादतर्फ जाने हो कि पुँजीवादतर्फ ?’.

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा ‘क’ का उम्मेदवार रविन कोइरालाले अप्राकृतिक सत्ता गठबन्धनलाई मतबाट परास्त गर्न जनतालाई आग्रह गरेका छन् । सिद्धान्त नै नमिल्ने पार्टीहरुको अप्राकृतिक गठबन्धनलाई मतबाटै परास्त गर्नुपर्ने उनको आग्रह छ । आज शनिबार मेचीनगर नगरपालिका वडा नं. १० को खयरडाँगीमा आयोजित उम्मेदवार भेटघाट कार्यक्रममा बोल्दै तत्कालीन संविधानसभाका सदस्य […]

झापामा नेपाल मत्स्यपालन किसान संघको प्रथम अधिवेशन सम्पन्न, सिटौलाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on झापामा नेपाल मत्स्यपालन किसान संघको प्रथम अधिवेशन सम्पन्न, सिटौलाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत.

झापा । व्यवसायिक मत्स्यपालन गर्दै आएका झापाका किसानहरु संगठित भएका छन् । शनिबार बिर्तामोड ३ सैनिकमोडमा भएको नेपाल मत्स्यपालन किसान संघ झापाको प्रथम अधिवेशनले इस्टर्न फीस फार्म बिर्तामोडका संचालक होमप्रसाद सिटौलाको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको हो । संघको उपाध्यक्षमा रमेश थापा कमल, सचिव सुशिल राजवंशी बाह्रदशी, सहसचिव होमकुमार गुरुङ शिवसताक्षी र कोषाध्यक्षमा मोहन पायम […]

राईसिंह पूल बनाउने प्रतिनिधि सभा सदस्यका उम्मेदवार खरेलको प्रतिबद्धता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on राईसिंह पूल बनाउने प्रतिनिधि सभा सदस्यका उम्मेदवार खरेलको प्रतिबद्धता.

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अग्निप्रसाद खरेलले विजयी भएर गएपछि आफूले सबैभन्दा पहिला बाहुनडाँगीको अलपत्र राइसिंह पूल निर्माण गरेर यहाँका नागरिकलाई विकासे यूगको अनुभूति गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । मेचीनगर वडा नं. २ र ४ लाई जोड्ने सो पूल शिलान्यास भएको दुई दशक भइसकेको भए पनि अहिलेसम्म […]

सेन्ट जेभियर्सका विद्यार्थीद्वारा समुदाय सचेतनासँगै झुल वितरण

Published: in लोकप्रिय, शिक्षा, समाज, स्वास्थ्य by . Leave a Comment on सेन्ट जेभियर्सका विद्यार्थीद्वारा समुदाय सचेतनासँगै झुल वितरण.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ८ देउनियामा रहेको सेन्ट जेभियर विद्यालयका विद्यार्थीहरूले बढ्दो डेंगु रोगको महामारीबाट बच्न जनचेतना बिस्तारसँगै विपन्न बस्तीमा निःशुल्क झुल वितरण गरेका छन् । सेन्ट जेभियर्स बाल क्लब मार्फत ५० परिवारलाई निःशुल्क झुल प्रदान गरिएको शिक्षक शालिकराम दाहालले जानकारी दिएका हुन् । पछिल्लो समय झापामा पनि डेंगु रोगको संक्रमण तीब्ररुपमा […]

उपसभापति पाण्डे झापा कांग्रेसको कार्यवाहक सभापति

Published: in राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on उपसभापति पाण्डे झापा कांग्रेसको कार्यवाहक सभापति.

बिर्तामोड । नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको छ । सभापति देउकुमार थेवेको सभापतित्वमा आज सम्पन्न पदाधिकारीको बैठकले आसन्न निर्वाचनसम्मका लागि पाण्डेलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको हो । जिल्ला सभापति थेवे झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेपछि पाण्डेलाई कार्यबाहक दिइएको हो । नेवि संघको १ नं क्षेत्रीय समिति […]

बाह्रदशी जेसीजलाई जेसीज अफ द मन्थको अवार्ड

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बाह्रदशी जेसीजलाई जेसीज अफ द मन्थको अवार्ड.

बाह्रदशी । सामाजिक कार्यमा सक्रिय रहँदै आएको बाह्रदशी जेसीजले सेप्टेम्बर महिनाको जेसीज अफ द मन्थको अवार्ड प्राप्त गरेको छ । स्थापनाको छोटो समयमा समाजिक क्षेत्रमा प्रभावकारी काम गरेसँगै उक्त अवार्ड प्रदान गरिएको हो । नेपाल जेसीजले सार्वजनिक गरेको नतिजा अनुसार एरिया ए का ४२ वटा शाखालाई पछि पार्दै बाह्रदशीले यो अवार्ड प्राप्त गरेको हो । […]

क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार डम्बर गिरीको चुनाब चिन्ह ‘सूर्यमुखीको फूल’

Published: in राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार डम्बर गिरीको चुनाब चिन्ह ‘सूर्यमुखीको फूल’.

हल्दिबारी। झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका डम्बरबहादुर गिरीले चुनाव चिन्ह सूर्यमुखीको फूल पाएका छन् । असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन लगत्तै चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची अन्तरगत निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई चुनाब चिन्ह प्रदान गरेको हो । नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य रहेका गिरीले […]

झापा निर्वाचन क्षेत्र नं. १ : ३ जनाको उम्मेद्वारी फिर्ता

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on झापा निर्वाचन क्षेत्र नं. १ : ३ जनाको उम्मेद्वारी फिर्ता.

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं। १ मा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा उम्मेद्वार मनोनयन दर्ता गरेका २ जना स्वतन्त्र र १ जना पार्टीका उम्मेद्वारले आफ्नो मनोनयन पत्र फिर्ता लिएका छन् । प्रतिनिधिसभा सदस्यमा मनोनयन गरेका सन्तराज कार्कीले उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै प्रदेशसभा ‘ख’ को सदस्यमा २ जना स्वतन्त्र उम्मेद्वारहरु राजन चिमरिया र […]