अर्जुनधारा । अर्जुनधारा–९ स्थित गार्गी वाङमय प्रतिष्ठानले रोहिणी विलास लुईटेलको ८१औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाएको छ । नरेन्द्रप्रसाद अधिकारीको अध्यक्षता तथा समालोचक विष्णुकुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न जन्म जयन्तीमा महिला समूहबीच हाजिरी जवाफ प्रतियोगिता गराइएको थियो । विभिन्न ५ वटा समूह सहभागी प्रतियोगितामा अनिता नेपाल नेतृत्वको (ग समूह) प्रथम भएको थियो । सो […]
दमक । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कानुनी रुपले मात्र आत्महत्या न्यूनीकरण नहुने भएकोले आत्महत्या न्यूनीकरणका लागि समाज नै लाग्नुपर्नेे बताएका छन् । आज जिल्ला प्रहरी कार्यालय झापाले दमकका आयोजना गरेको आत्महत्या रोगथाम सचेतना कार्यक्रमको उद्घाटन पछि आफ्नो मन्तव्यका क्रममा रिजालले यस्तो बताएका हुन् । ‘हरेक वर्ष आत्महत्याका घटना बढिरहेका छन्, यसलाई न्यूनीकरण गर्नका […]
झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा हिन्दू धर्मलाई आघात पुग्ने गरी व्यक्त गरेको अराजक टिप्पणी प्रति विश्व हिन्दू परिषद नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परिषदले आज विज्ञप्ती प्रकाशन गरेर बहुसंख्यक जनताको धार्मिक आस्था एवं मनोभावना माथि […]
शिवसताक्षी । झापा जिल्ला सहकारी संघले आज शिवसताक्षीमा पालिका सहकारी समन्वय समिति गठन गरेको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा (रोशन)को प्रमुख आतिथ्यमा नगरपालिकाको सभाकक्षमा आयोजित सहकारीकर्मीहरुको भेलाले ९ सदस्यीय पालिका सहकारी समन्वय समिति गठन गरेको हो । पाँचगाछी साना किसान कृषि सहकारी संस्थाका राजनारायण राजवंशीको संयोजकत्वमा ९ सदस्यीय शिवसताक्षी नगरपालिका सहकारी समन्वय समिति […]
सुन्दरहरैंचा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले आयोजना गरेको प्रथम प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधी मोरङको सुन्दरहरैँचामा रहेको सिद्धार्थ सेकेण्डरी स्कूलले हात पारेको छ । पोखरामा भएको प्रथम प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोकनृत्य प्रतियोगिताको फाइनलमा सात वटा प्रदेशका विद्यालयका नृत्य प्रतियोगीलाई पछि पार्दै मोरङको सिद्धार्थ सेकेण्डरी स्कूलका विद्यार्थी प्रथम भएका हुन् […]
झापा । नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटीको अध्यक्षमा पवित्रा पाठक सर्वसम्मत चयन भएकी छन् । संघको भदौ ४ गते उद्घाटन भएको नवौं जिल्ला अधिवेशनमा मनोनयन दर्ता गराएका आकांक्षीहरु मध्येबाट जिम्मेवारी बाँडफाँड गरी सर्वसम्मत नेतृत्व चयन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, उपाध्यक्षमा रेणुका डाँगी, सचिवमा लीला दहाल, सहसचिवमा […]
झापा । दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार २०७९’ साहित्यकार एवं सिनेकर्मी उपेन्द्र सुब्बालाई प्रदान गरिएको छ । दिव्यविक्रम नेम्बाङ स्मृति प्रतिष्ठानद्वारा बिर्तामोडमा आज शुक्रबार आयोजित कार्यक्रममा ३० हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । १९९७ सालमा पाँचथरको पौवा सारतापमा जन्मिएका नेम्बाङ बैरागी काइँला, इश्वर बल्लभ, इन्द्रबहादुर राईद्वारा सम्पादित ‘फूलपात पतकर’का […]
भद्रपुर । मानव बेचबिखन तथा ओसार पसार विरुद्धको १६औं राष्ट्रिय दिवसको अवसरमा सोमबार देशभर विविध कार्यक्रम सम्पन्न भएका छन् । सोही सन्दर्भमा झापाको भद्रपुरमा पनि जनचेतनामुलक पोष्टर टास्ने तथा र्यालीसहितको कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगरपालिकासहित मानव बेचबिखन विरुद्धका क्षेत्रमा काम गर्ने एबिसी नेपाल झापा, साना हातहरु, वडा प्रहरी कार्यालय भद्रपुर, शसस्त्र प्रहरी बल […]
दमक । लायन्स क्लब अफ दमक रतुवाको पहिलो पदस्थापन कार्यक्रम आइतबार सम्पन्न भएको छ । डिष्ट्रक गभर्नर धिरज गरुङको प्रमुख आतिथ्यमा आयोजित पदस्थापन कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ (सी) का नेतृत्वहरुको उपस्थिति थियो। लायन्स क्लब अफ अनारमनीले स्पोन्सर गरेको लायन्स क्लब अफ दमक रतुवाको अध्यक्षमा यस अघि नै रुद्रप्रसाद सुवेदी सर्वसम्मत चयन भएका थिए । क्लबको […]
दमक । गत भाद्र ११ गते गौरादहको धिमचोकमा ठूलो लुटपाटको घटना भयो। कुशेऔंशीको दिन मध्यरातमा २ वटा पसल फ़ुटाएर लुटेराहरु फरार बने। प्रहरीले तत्कालैदेखि अनुसन्धान सुरु गरेको बताए पनि आजसम्म कसैलाई पक्राउ गरेको छैन । आपराधिक गतिविधिमा संलग्नलाई सीसी क्यामेराले राम्रैसँग कैद पनि गरेको छ। प्रहरीले भन्छ, ‘फुटेजको सहायताले अनुसन्धानमा सहज हुन्छ।’ तर घटना घटेको […]