Sajhamanch Archive

मन्त्रीसँग ११ बुँदे सहमतिपछि सांसद सञ्जय गौतमले तोडे अनशन

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on मन्त्रीसँग ११ बुँदे सहमतिपछि सांसद सञ्जय गौतमले तोडे अनशन.

काठमाडौं । बर्दियाका–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले आठौं दिनमा आमरण अनशन तोडेका छन् । बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका कांग्रेस केन्द्रीय सदस्य गौतमले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति भएपछि अनशन तोडेका हुन् । अनशन तोडेपनि स्वास्थ्य अवस्था कमजोर भएकाले गौतम जिल्ला अस्पताल बर्दियामा भर्ना भएका जिल्ला […]

चन्द्रागिरिमा एक महिलाले गरिन् आफैंले आगो लगाएर आत्महत्या

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on चन्द्रागिरिमा एक महिलाले गरिन् आफैंले आगो लगाएर आत्महत्या.

काठमाडौं । काठमाडौंमा एक जना महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले बगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।शरीरमा आगो लागेपछि […]

एभरेष्ट बैंकबाट बचतकर्ताको डेढ करोड चोरी, शाखा प्रबन्धकसहित ९ जना पक्राउ

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on एभरेष्ट बैंकबाट बचतकर्ताको डेढ करोड चोरी, शाखा प्रबन्धकसहित ९ जना पक्राउ.

विराटनगर । एभरेष्टबैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको छ|बचतकर्ताले आफ्नो खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो । ३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धकसहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने […]

परिवर्तनको रक्षा गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारीमा छुः प्रचण्ड

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on परिवर्तनको रक्षा गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारीमा छुः प्रचण्ड.

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित हाफ म्याराथन शुभारम्भ गर्दै उनले परिवर्तनको रक्षा गर्दै जनतालाई सेवा, सुशासन र विकास दिने संकल्पसहित यो पटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले विगतमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन […]

एनएमसी एकीकृत नमूना कृषि फार्ममा सार्वजनिक सुनवाई, कृषिमा यान्त्रिकीकरण बढाउन वक्ताको सुझाव

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on एनएमसी एकीकृत नमूना कृषि फार्ममा सार्वजनिक सुनवाई, कृषिमा यान्त्रिकीकरण बढाउन वक्ताको सुझाव.

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित एकीकृत नमूना कृषि फार्मलाई सरकारले अनुदानमा दिएका यन्त्र उपकरण उपयोगबारे शुक्रबार सार्वजनिक सुनवाई गरिएको छ । मेचीनगर १४ मा रहेको एकीकृत नमूना कृषि फर्ममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सार्वजनिक सुनवाई गरिएको हो । आफ्नो मन्तब्यमा मन्त्री सिटौलाले कुनै पनि […]

टाटाको नेक्सन इभी म्याक्स बिर्तामोडबाट सार्वजनिक

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on टाटाको नेक्सन इभी म्याक्स बिर्तामोडबाट सार्वजनिक.

झापा । टाटा मोटर्सको नेपालका लागि एकमात्र वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेक्सन इभी म्याक्स बिर्तामोडस्थित अलास्का अटोमोवाइलमा एक कार्यक्रम गरी आजदेखि सार्वजनिक गरेको छ । यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप टाटा मोटर्सले आजबाट नेक्सन इभी म्याक्सको बिर्तामोडमा विक्री वितरण शुभारम्भ गरेको हो । कम्पनीको सर्वोत्कृष्ट ढंगले बिक्री भइरहेको नेक्सन इभीको विस्तारित […]

भ्रष्टाचार नियन्त्रणमा सरकार र नागरिक एकैठाउँमा उभिएका छन्

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on भ्रष्टाचार नियन्त्रणमा सरकार र नागरिक एकैठाउँमा उभिएका छन्.

काठमाडौँ । सरकारले भ्रष्टाचार नियन्त्रणमा सरकार र नागरिक एकैठाउँमा उभिएको जनाएको छ । शुक्रबार संसद्‍मा आर्थिक वर्ष ०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान सरकार गठन भएपछिको मन्त्रिपरिषद्को पहिलो बैठकले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीतिलाई परिणाममा देखिने गरी कार्यान्वयन गर्ने सङ्कल्पका साथ दूरगामी महत्त्वको निर्णय गरेको बताएका हुन् । राष्ट्रपति पौडेलले […]

कमल गाउँपालिकाको दुईवटा वडामा सामुदायिक कुकुरको बन्ध्याकरण शिवीर

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकाको दुईवटा वडामा सामुदायिक कुकुरको बन्ध्याकरण शिवीर.

कमल । झापाको कमल गाउँपालिकाले सामुदायिक कुकुरलाई निःशुल्क बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ । गाउँपालिका भित्र रहेका सामुदायिक कुकुरका कारण धेरै समस्या उत्पन्न भएपछि त्यसको न्यूनीकरणका लागि बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गरिएकोे हो । नेपाल एग्री लाईभष्टक ट्रेनिङ्ग एण्ड रिसर्च सेन्टर इटहरीको प्राविधिक सहयोगमा शिविर सञ्चालन […]

खानेपानी निर्वाचनमा स्वतन्त्र प्रगतिशील प्यानलका उम्मेदवार तय

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on खानेपानी निर्वाचनमा स्वतन्त्र प्रगतिशील प्यानलका उम्मेदवार तय.

बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि स्वतन्त्र प्रगतिशील प्यानल बनाई उम्मेदवारहरु तय गरिएको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उपभोक्ताहरुको आज बिर्तामोडमा सम्पन्न भेलाले संस्थाका वर्तमान कार्यसमिति सदस्य देवेन्द्र सिटौलाको नेतृत्वमा उम्मेदवारहरु तय गरेको हो । प्राप्त जानकारी अनुसार खानेपानी संस्थाको उपाध्यक्ष पदमा औषधी व्यवसायी प्रदिप खरेल, […]

संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति.

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। नयाँ बानेश्वरस्थीत संसद भवनमा दुवै सदनलाई अहिले उनले सम्बोधन गरिरहेका छन। नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्छ। नीति तथा कार्यक्रममा आधारित भएर नयाँ बजेट आउँछ।