Sajhamanch Archive

केन्द्रीय सदस्य रानामाथि इलाममा ढुंगामुढा भएकोप्रति एमालेको आपत्ति

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on केन्द्रीय सदस्य रानामाथि इलाममा ढुंगामुढा भएकोप्रति एमालेको आपत्ति.

झापा । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री राम रानाको गाडीमा इलाममा ढुंगामुढा भएको घटनाप्रति एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टद्वारा जारी विज्ञप्तिमा रानाको गाडीमा इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर ३ घर्तीदोभान नजिकै ढुंगामुढा भएको उल्लेख छ । सो गाउँपालिकामा आयोजित जिल्लास्तरीय विस्तारित […]

रायमाझी, खाँणसहितका आरोपी थप ३ दिन हिरासतमा रहने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on रायमाझी, खाँणसहितका आरोपी थप ३ दिन हिरासतमा रहने.

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास गरेको प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण लगायतका अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि […]

लगातार दोस्रो दिन पनि बढ्यो सेयर बजार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on लगातार दोस्रो दिन पनि बढ्यो सेयर बजार.

काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । बुधबार २३.३९ अंकले बढेको बजार १८४५.०१ विन्दुमा पुगेर रोकिएको छ । यो १.२८ प्रतिशतको वृद्धि हो । पछिल्लो समय निरन्तर गिरावट आएको बजार मंगलबार समेत सामान्य बढेको थियो । बुधबार २६६ धितोपत्रको २५ हजार ६३४ वटा कारोबारबाट २५ लाख ७७ हजार २१० कित्ता सेयर […]

साफ च्याम्पियनसिप : नेपालको पहिलो खेल कुवेतसँग

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on साफ च्याम्पियनसिप : नेपालको पहिलो खेल कुवेतसँग.

काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले कुवेतसँग खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले बुधबार खेलतालिका सार्वजनिक गरेको हो । बुधबार नै भएको समूह विभाजनमा नेपाल समूह ए मा परेको छ । यो समूहमा नेपाल र कुवेतसँगै आयोजक भारत र पाकिस्तान छन् । नेपालले प्रतियोगिताकै पहिलो खेलका रुपमा ६ […]

नागरिक उन्मुक्ति पार्टीले गर्‍यो नेपाल बन्दसहितको आन्दोलनको घोषणा

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on नागरिक उन्मुक्ति पार्टीले गर्‍यो नेपाल बन्दसहितको आन्दोलनको घोषणा.

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल बन्दसम्मको आन्दोलन घोषणा गरेको छ । रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी दिएको हो । ‘यदि लाल […]

कोशीमा प्रदेशसभा सदस्यलाई ल्यापटप बाँडिने

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on कोशीमा प्रदेशसभा सदस्यलाई ल्यापटप बाँडिने.

विराटनगर । कोशी प्रदेशसभा सचिवालयले सांसदहरुलाई ल्यापटप दिने तयारी गरेको छ । ९३ जना प्रदेशसभा सदस्यलाई वितरण गर्न सचिवालयले ल्यापटप खरिद प्रक्रिया अघि बढाएको छ । ल्यापटप वितरणका लागि प्रदेश सरकारले प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट दिएको थियो । बजेट नभएको भन्दै प्रदेश सरकारले कतिपय विकास आयोजनामा भुक्तानी रोकेको छ । तर […]

पशुपतिको विद्युतीय शवदाह गृह तत्काल नि:शुल्क नहुने

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on पशुपतिको विद्युतीय शवदाह गृह तत्काल नि:शुल्क नहुने.

काठमाडौँ । पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा तत्कालै नि :शुल्क शव जलाउन नपाइने भएको छ। सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विद्युतीय शवदाह गृह नि :शुल्क हुने बताएका थिए। वैशाख २४ गते बसेको मन्त्रालय र कोष सञ्चालक परिषद्को बैठकले मेसिन थप्ने मेसिनमा शवदाह गर्दा शुल्क नलाग्ने बनाउने निर्णय गरे पनि त्यसको कार्यान्वयन तत्काल […]

लुम्बिनीका सभामुखले सरकारी गाडी सिक्नेक्रममा पर्खालमा ठोक्काए

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on लुम्बिनीका सभामुखले सरकारी गाडी सिक्नेक्रममा पर्खालमा ठोक्काए.

लुम्बिनी । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीको गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ। सभामुख आफैंले सिक्ने क्रममा दुर्घटनामा परेको सभामुखको बुटवलस्थित निवासका एक कर्मचारीले बताए। बुटवलको रामनगरस्थित सभामुख निवासमा राखिएको लु १ झ ४५२ नम्बरको महेन्द्रा स्कारपियो पिकअप जिप दुर्घटनामा परेको हो। गाडी बुटवलकै एक ग्यारेजमा लुकाएर मर्मत गरिएको छ। सभामुख निवास परिसरमै पाँच दिन […]

नेपाली काँग्रेस पार्टी हावा न चावा: अध्यक्ष ओली

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on नेपाली काँग्रेस पार्टी हावा न चावा: अध्यक्ष ओली.

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन्। उनले नेपाली काँग्रेसलाई राजनीतिक संज्ञा दिनपनि मन नलाग्ने स्थितिमा पुगेको पनि बताए। बुधवार काठमाडौंमा मदन—आश्रितको ३१ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले काँग्रेस किंकर्तव्यविमूढ भएको आरोप लगाए। उनले अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्नमात्रै […]

कामीरिता शेर्पा २७ औं पटक सगरमाथा शिखरमा

Published: (Updated: ) in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on कामीरिता शेर्पा २७ औं पटक सगरमाथा शिखरमा.

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरगाईँले दिएको जानकारी अनुसार शेर्पा आज बुधबार बिहान साढे ८ बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । एकजना विदेशी क्लाइन्टलाई लिएर उनी आज बिहान सगरमाथा शिखरमा पुगेका छन्। यसअघि २६ पटक सगरमाथाको सफल आरोहण […]