Sajhamanch Archive

कामु प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीशमा सिफारिस

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on कामु प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीशमा सिफारिस.

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । सोमबार बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको हो । परिषदका सदस्य कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले कामु प्रधानन्यायाधीश कार्कीलाई नै प्रधानन्याधीश सिफरिस गरेको बताए । कार्कीको संसदीय सुनुवाइ पछि राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान छ । चोलेन्द्रशमशेर जबरा विरुद्ध महाअभियोग […]

पुरस्कार पाएको रकमले प्रधानाध्यापकहरुलाई तालिम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा by . Leave a Comment on पुरस्कार पाएको रकमले प्रधानाध्यापकहरुलाई तालिम.

झापा । अंग्रेजी भाषा शिक्षकहरुको संस्था नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापाले उत्कृष्ठ शाखा घोषित भए वापत प्राप्त पुरस्कारको रकम शैक्षिक गुणस्तरमा नै खर्चेको छ । नेल्टाले प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेतृत्व विकास तथा विद्यालय व्यवस्थापन सम्बन्धी तीन दिवसीय तालिम सञ्चालन गरेको हो । शिक्षक तथा विद्यार्थीहरूको नेतृत्व गरिरहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु तथा […]

कोशीमा सरकार फेर्न काठमाडौंमा दौडधुप, मुख्यमन्त्री बजेटको तयारीमा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on कोशीमा सरकार फेर्न काठमाडौंमा दौडधुप, मुख्यमन्त्री बजेटको तयारीमा.

विरानगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणको दौडधुपमा छन् । बजेटअघि नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालिरहेका कार्की मन्त्रालयहरु पुगिरहेका छन् । उनको तयारी असार १ गते भन्दा अगाडि नै बजेट ल्याउने छ । सोमबार पर्यटन, वन तथा वातावरण मन्त्रालय पुगेका […]

सर्वोच्चद्वारा ढाकाको सांसद पद यथावत राख्न आदेश,आयोगले दियो कंसाकारलाई सांसदको प्रमाणपत्र

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on सर्वोच्चद्वारा ढाकाको सांसद पद यथावत राख्न आदेश,आयोगले दियो कंसाकारलाई सांसदको प्रमाणपत्र.

काठमाडौँ । सर्वोच्च अदालतले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदबाट हटाइएका ढाकाकुमार श्रेष्ठको पद यथावत राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अर्कोतिर निर्वाचन आयोगले भने राष्ट्रिय स्वतन्त्र पार्टीको सिफारिसमा विन्दाबासिनी कंसाकारलाई सांसद निर्वाचित भएको प्रमाणपत्र दिइसकेको छ। रास्वपाले श्रेष्ठलाई कारबाही गरेर उनको ठाउँमा कसांकारलाई सांसद बनाउन निर्वाचन आयोगमा बुझाएको पत्रअनुसार उनलाई आइतबार प्रमाणपत्र दिएको […]

श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध.

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ। प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको हो। भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि बीच बाटोबाटै भैरहवा फर्किएको थियो। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दूरीमा पुग्दा […]

अमरेश कुमारले संसदमा नै लुगा खोले, सभामुखको चेतावनी नियमावली अनुसारकै हो ?

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अमरेश कुमारले संसदमा नै लुगा खोले, सभामुखको चेतावनी नियमावली अनुसारकै हो ?.

काठमाडौँ । आजको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै सभामुख देवराज घिमिरेले बैठकमा विशेष समयको प्रबन्ध नगरिएको र आकस्मिक रुपले राख्नुपर्ने कुरालाई पनि नराखिएको बताएका थिए । बेन्चबाट बैठकको सुरुमै बोल्नका लागि सांसदद्वय अमरेश कुमार सिंह र प्रेम सुवालले हात उठाइरहेका थिए । तर‚ सभामुख घिमिरेले उनीहरूलाई बोल्नका लागि समय नदिएपछि पनि उनीहरू उठेर लगातार विरोध […]

एनएमसीका ६ वटै क्षेत्रमा बेग्ला बेग्लै समीक्षा बैठकहरु सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, सहकारी by . Leave a Comment on एनएमसीका ६ वटै क्षेत्रमा बेग्ला बेग्लै समीक्षा बैठकहरु सम्पन्न.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाले चालू आर्थिक वर्षको बितेको ९ महिनाको वित्तीय कारोबारको समीक्षा गरेको छ । संस्थाका ६ वटा क्षेत्रीय समन्वय समितिस्तरमा बैशाख १६ गतेदेखि २४ गतेसम्म विभिन्न मितिमा बेग्ला बैग्लै समीक्षा बैठक सम्पन्न गरिएको हो । संस्था अन्तरगतको बचत तथा ऋण ब्यवसाय उपसमितिले आइतबार बिर्तामोडमा वार्षिक बजेट समीक्षा एवम् […]

Tukucha is a river, not a sewer, rules Patan High Court

Published: in English by . Leave a Comment on Tukucha is a river, not a sewer, rules Patan High Court.

KATHMANDU : The Patan High Court has ruled that Tukucha, which has been buried underground in the Kamaladi and Hattisar areas of Kathmandu, is a river not a sewer. A Joint Bench of Judges, Mahesh Sharma Paudyal and Rajya Laxmi Bajracharya, also said that the state cannot interfere as the buildings and other structures developed […]

राष्ट्रपतिद्वारा महान्यायाधिवक्ता पोखरेलसँग परामर्श

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on राष्ट्रपतिद्वारा महान्यायाधिवक्ता पोखरेलसँग परामर्श.

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयकलगायत विषयमा कानुनी परामर्श थालेका छन्। पूर्वराष्ट्रपति भण्डारीले यसअघि संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरी रोकेर राखेकी थिइन्। त्यसै विषयमा राष्ट्रपति पौडेलले आइतबार सरकारका प्रमुख कानुनी सल्लाहकार महान्यायाधिवक्ता दिनमणि पोखरेलसहितसँग कानुनी परामर्श गरेका हुन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले नागरिकता विधेयकमा नभएर समग्र कानुनी […]

मेयर साम्पाङलाई प्रेसविरोधी अभिव्यक्ति फिर्ता लिन ध्यानाकर्षण

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मेयर साम्पाङलाई प्रेसविरोधी अभिव्यक्ति फिर्ता लिन ध्यानाकर्षण.

धरान। नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्क साम्पाङलाई आफ्नो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ। महासंघले आइतबार मेयर राईलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार र सञ्चार माध्यमलक्षित आफ्ना अमर्यादित र गालीगलौजपूर्ण अभिव्यक्ति फिर्ता लिई स्वतन्त्र प्रेसप्रति सम्मान व्यक्त गर्न आग्रह गरेको हो। पत्रकारहरूको सुरक्षा र पत्रकारिताको सम्बद्र्धन एवम् प्रेस […]