काठमाडौं । प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ । बुधबार आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत पर्यो । जुन प्रतिनिधिसभाको बहुमत हो । संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापाले नेपालको इतिहासमा विनियोनन विधेयकमाथि मतदानको यो पहिलो […]
सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण कर्णाली प्रदेश सभा बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ । बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद चल्न नदिने चेतावनी एमालेले दिएको छ । बुधबार प्रदेशसभामा मन्त्रालयगत छलफल सुरु गर्ने कार्यसूची थियो । तर बैठक सुरु भएलगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले […]
झापा । झापा जिल्लामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ। योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन्। गौरादह नगरपालिका–२ र अर्जुनधारा नगरपालिका–३ मा टिस्यु कल्चर प्रविधिबाट जी–नाइन, विलियम हाइव्रेड र मालबोक जातका केराको बिरुवा उत्पादन गर्न थालिएको हो। झापा जिल्लामा उत्पादित केराका बिरुवा यहाँको वातावरणमैत्री रहेकाले केरा […]
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार एक सय ५० दशमलब ९९ मा सीमित भएको छ। आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलब ७६ अङ्कले ओरालो लागेर चार सय दुई […]
झापा । बिर्तामोडमा नवस्थापित सेवा निवृत्त राष्ट्रसेवक मञ्चले नगरको सामाजिक आर्थिक क्षेत्रमा राष्ट्रसेवकको भूमिका विषयक विचारगोष्ठी सञ्चालन गरिएको छ । मञ्चका अध्यक्ष शिरो सान्दाई खतिवडाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा उक्त विचार गोष्ठी सञ्चालन गरिएको हो । विचार गोष्ठीमा डा. राजेन्द्र अधिकारी र मोहनप्रसाद ओलीले १० पृष्ठ लामो कार्यपत्र प्रस्तुत […]
छेन्दु । पाँच दिने चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा आइपुगेका छन् । छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा आज उनलाई सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ र यहाँस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले स्वागत गरे। उपप्रधानमन्त्री श्रेष्ठलाई विमानस्थलमा चिनियाँ बालबालिकाले स्वागत गरेका थिए। उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन […]
जनकपुरधाम। धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा मापदण्ड पालनै नगरी सडक ढलान गरेपछि स्थानीय वासिन्दाले काममा रोक लगाएका छन्। गाउँपालिका कार्यालय अगाडिको सडक ढलान गर्दा ग्राभेल नओच्छ्याई माटोमाथि नै ढलान गरेको र अत्यधिक माटो मिसिएको गिटी प्रयोग गरेको देखेपछि स्थानीय वासिन्दाले काममा रोक लगाएका छन्। सोमबार मापदण्ड अनुसार ढलान नगरेपछि विरोध गरेका स्थानीयले मंगलबार पनि त्यस्तै काम गरेपछि […]
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई हिरासतमा राख्ने अनुमति लिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेको छ । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका उनीहरुलाई हिरासतमा राख्ने अनुमति लिन बुधबार जिल्ला अदालतमा पेश गर्दैछ । त्यसको तयारी स्वरुप बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा […]
काठमाडौं । कोसीका सामाजिक विकासमन्त्री वुद्धिकुमार राजभण्डारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । उक्त मुद्दाको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा तोकिएको छ । उक्त मुद्दा सर्वोच्च प्रशासनले उच्च अदालत विराटनगरबाट प्राप्त भएको प्रतिवेदनको आधारमा दर्ता गराएको जानकारी सर्वोच्चका प्रवक्ता विमल पौडेलले दिए । “कोसीका मन्त्री राजभण्डारीले अदालतको न्यायिक प्रक्रियामा आँच आउने गरी अभिव्यक्ति […]
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बहुउद्देश्यीय प्रकृतिका दुई महत्वपूर्ण आयोजनाको निर्माण प्रक्रियाबारे जानकारी लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाटै प्रधानमन्त्री प्रचण्डले भेरी-बबई डाइभर्सन आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजनाको भौतिक प्रगति र त्यहाँका समस्याबारेमा जानकारी लिए। एक्सन रुमलाई नियमितरुपमा सक्रिय बनाउने लक्ष्यका साथ प्रधानमन्त्रीले आज पहिलो पटक ती आयोजनाको पछिल्लो […]