Sajhamanch Archive

हवाई इन्धनको मूल्य घट्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on हवाई इन्धनको मूल्य घट्यो.

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य कटौती गरेको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रुपैयाँ र बाह्यमा प्रतिलिटर २६ रुपैयाँ प्रतिकिलोलिटर (२ सय डलर) घटाउने निर्णय भएको निगमले जनाएको छ । अन्य इन्धनको मूल्य भने यथावत रहेको छ ।

छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयको स्वीकृति रद्द गर्ने छौं: मेयर बालेन

Published: (Updated: ) in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयको स्वीकृति रद्द गर्ने छौं: मेयर बालेन.

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयको स्वीकृति रद्द गर्ने बताएका छन्। उनले महानगरलाई छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने बताएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति […]

गाडी दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on गाडी दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन.

धनगढी । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका […]

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरियो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरियो.

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर स्रोतका अनुसार राष्ट्रपतिको मुटुको शल्यक्रियापछि पेसमेकर राखिएको छ ।अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । राष्ट्रपति पौडेलको मुटुको चालमा समस्या देखिएपछि गएको शुक्रबार राति सो अस्पतालमा भर्ना गरिएको थियो ।

अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य.

काठमाडौं । विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । नेपालले अबको केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । जिम्बाव्वेको हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनायो । उसका सयन जंहागीर १०० रनमा अविजित रहे । अमेरिकाको सुरुवात निकै खराब थियो । पावर प्लेमा करण […]

बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई कोशी प्रदेश सरकारले एक लाख रुपैयाँ दिने

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई कोशी प्रदेश सरकारले एक लाख रुपैयाँ दिने.

विराटनगर । कोशी प्रदेश सकारले बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बाढी पहिरोमा परी मृत्यु भएका प्रत्येक परिवारलाई एक लाख र घाइतको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रूपैयाँका दरले उपचार खर्च राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेश […]

सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंह दुर्घटनामा

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंह दुर्घटनामा.

बझाङ । सुदूरपश्चिम सरकारका मन्त्री चढेको गाडी बझाङमा दुर्घटनामा परेको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो । दुर्घटनामा परी मन्त्री सिंहसहित ४ जना घाइते भएका […]

बजेट पुस्तिका सच्याएर प्रदेशको नाम राख्न सभामुखको निर्देशन

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on बजेट पुस्तिका सच्याएर प्रदेशको नाम राख्न सभामुखको निर्देशन.

काठमाडौं । सभामुख देवराज घिमिरेले मन्त्रालगत कार्यक्रम समावेश भएको पुस्तिकाहरुमा प्रदेशको नाम राख्न सरकारलाई निर्देशन दिएको छ । शहरी विकास मन्त्रालयबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश गरिएको पुस्तिकामा लुम्बिनी प्रदेशको नाम समावेश नभएपछि नेकपा एमालेले नियमापत्ति गरेको थियो । शहरी विकासमन्त्री सीता गुरुङले यदि त्रुटि भएको रहेछ भने सच्याउने बताइन् । सभामुखले सरकारको प्रतिवद्धता […]

नागरिकताको माग राखेर प्रदर्शन गर्दागर्दै बेहोस

Published: (Updated: ) in मिडियाबाट साभार, विचार/ब्लग, समाज by . Leave a Comment on नागरिकताको माग राखेर प्रदर्शन गर्दागर्दै बेहोस.

काठमाडौं। नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका एक युवा बेहोस भएका छन् । नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा गरेको प्रदर्शनमा सहभागी एक युवा बेहोस भएका हुन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै प्रदर्शन भएको हो […]

अमेरिकाविरुद्ध नेपालको राम्रो सुरूवात, करणले लिए चार विकेट

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on अमेरिकाविरुद्ध नेपालको राम्रो सुरूवात, करणले लिए चार विकेट.

काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध राम्रो शुरुवात गरेको छ । पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ । चारै विकेट करण केसीले लिएका हुन् । करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा लगातार विकेट लिएका छन् । ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा मुक्कामल्लालाई […]