काठमाडौँ । वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माण थालिएको छ। भौतिक र मानवीय क्षति भएको सो स्थानमा सोमबारदेखि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो। सोमबारदेखि धमाधम बेलीब्रीजको काम थालिएको मेची राजमार्ग आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए। बेलीब्रिज निर्माण सामग्री निर्माण स्थलमा पुगिसकेको उनले जानकारी दिए। “केही दिनभित्रै यातायात […]
काठमाडौं । प्रतिनिधि सभामा आउँदो शुक्रबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबारका लागि निर्धारण गरिएको जानकारी गराएका छन् । प्रश्नोत्तर कार्यक्रमका लागि प्रतिनिधिसभा सदस्यहरुलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी […]
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा सोमबार साँझ माथिबाट माटोको ढिस्को खसेर […]
मेचीनगर । सरकारले जटिल प्रकृतिका बिरामी नागरिकका लागि उपचार खर्च वापत दिने भनेको रकम समयमा उपलब्ध नगराउँदा नगरबासीलाई समस्या भएको भन्दै मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यथाशीघ्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छन् । नगरप्रमुख बुढाथोकीले नगरपालिकाको तर्फबाट नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै नगरमा उपचारमा सहयोगका लागि माग भएका २०१ जना […]
काठमाडौं । सरकारले अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ । यो जानकारी परराष्ट्रमन्त्री एनपी साउदले आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा दिएका हुन् । भारतले बनाएको नयाँ संसद भवन भित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरु पनि समेटिएको देखिन्छ । त्यो नक्सा सार्वजनिक […]
काठमाडौं । विद्यार्थीबाट कुटिएका त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई न्यायको माग गर्दै बृहत् नागरिक आन्दोलनको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट उनीहरूलाई पक्राउ गरिएको हो । चलाउनेमाथि कुटपिट गरेको अभियोगमा नेविसंघका केही नेताहरूविरुद्ध मुद्दा दायर गरिएको थियो । सो मुद्दा सरकारले फिर्ता लिएपछि सोमबार पनि चलाउनेले प्रदर्शन गरेका थिए […]
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज पौने १ बजेदेखि अमेरिकासँग खेल्दै छ। पहिलो खेलमा जिम्बावेसँग पराजित भएको नेपाललाई सुपर सिक्समा पुग्न अमेरिकासँगको खेल जित्नै पर्ने दबाब छ। नेपाल र अमेरिकाबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबको मैदानमा हुनेछ। खेल नेपाली समयानुसार मध्याह्न १२ः४५ बजेदेखि सुरु हुनेछ। पहिलो खेलमा […]
काठमाडौँ । किर्गिस्तानमा जारी सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले आज मंगलवार इरानसँग प्रतिस्पर्धा गर्दैछ। बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले इरानको सामना गर्न लागेको हो। नेपाल र इरानबीचको खेल ३ः४५ बजे शुरु हुनेछ। नेपालले यसअघिका दुई खेलमा हार व्यहोरोको छ।
KATHMANDU : An agreement has been reached between the Civil Aviation Authority of Nepal (CAAN) and the Civil Aviation Authority of France with the aim of enhancing the air safety system of Nepal. A four-year memorandum of understanding (MOU) for technical and human resource management and development was signed today in Paris, the capital of […]
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेमा एक बृद्ध घाइते भएका छन् । जोखिम स्थानमा रहेको घर छाडेर राति सुरक्षित स्थानमा बास बसी बिहान घरतर्फ फर्कदै गरेका मेहले खुवाका ७८ बषिय बिर्खबहादुर लिम्बू गम्भिर घाइते भएको स्थानीय राजेश कडेंलले जानकारी दिए। ‘माथिबाट झरेको ढुङ्गा सहितको पहिरोले बगाएछ’कडेंलले भने‘धन्न टाउकोमा चाँहि चोट छैन। उनलाई […]