Sajhamanch Archive

काठमाडौंको सिनामंगलमा प्रहरीले चलायो गोली, १ जना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on काठमाडौंको सिनामंगलमा प्रहरीले चलायो गोली, १ जना पक्राउ.

काठमाडौं । काठमाडौंमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो । प्रहरीले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए । भगतबाट […]

एसिया कप : नेपाल र भारतको खेल श्रीलंकामा हुन सक्ने

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on एसिया कप : नेपाल र भारतको खेल श्रीलंकामा हुन सक्ने.

काठमाडौं । श्रीलंकालाई तटस्थ भूमिका रुपमा प्रयोग गर्ने गरी एसिया कप क्रिकेट आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले गरेको प्रस्ताव एसियाली क्रिकेट काउन्सिल एसीसीले अनुमोदन गर्ने सम्भावना बढेको छ । यो मोडलअनुसार पाकिस्तानमा आयोजना हुने एसिया कपमा खेलिने १३ मध्ये ५ देखि ६ खेल श्रीलंकामा हुनेछ । भारतले खेल्ने सबै खेलहरु श्रीलंकामा हुनेछन् । भारत […]

सुदूरपश्चिमको नाम फेरेर खप्तड थरुहट प्रदेश राख्न नागरिक उन्मुक्ति पार्टीको माग

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on सुदूरपश्चिमको नाम फेरेर खप्तड थरुहट प्रदेश राख्न नागरिक उन्मुक्ति पार्टीको माग.

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग गरेको छ । आइतबार प्रदेश सभाको बैठकमा अगामीआर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरेका हुन् । प्रदेश सभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै चौधरीले प्रदेशको नाम पनि सान्दर्भिक […]

Three killed in Kalikot road accident

Published: in English by . Leave a Comment on Three killed in Kalikot road accident.

MANMA : Three people were killed in a road accident that took place last night in Gabiram of Shubhakalika rural municipality-6, Kalikot. According to District Police Office Kalikot, the accident involving a jeep with registration number Lu 1 Cha. 8498 took place at Gabiram while the jeep was en route to Shubhakalika from Chowki Bazar […]

कालीकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on कालीकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु.

काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुभकालिका गाउँपालिका -६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८ नम्बरको जिप शनिबार राति साढे ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा जिपका चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं। ८ का ३१ वर्षीय रामबहादुर शाही […]

झापामा राष्ट्रिय कराँते प्रतियोगिता, सभामुख देवराज घिमिरेले गरे उद्घाटन

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on झापामा राष्ट्रिय कराँते प्रतियोगिता, सभामुख देवराज घिमिरेले गरे उद्घाटन.

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक खेलका कारण साँच्चैका खेलहरू ओझेलमा परेको बताएका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमी झापाद्वारा बिर्तामोडमा आयोजित प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगिता २०८० उद्घाटन गर्दै सभामुख घिमिरेले विगतमा प्रतिकूल परिस्थितिमा पनि खेल क्षेत्रलाई उचाइमा पुर्‍याउने खेलाडीहरूको उच्च सम्मान हुन नसकेको बताए। उनले भने, ‘हिजोको प्रतिकूल परिस्थितिमा भूमिगत भएर […]

अनेरास्ववियु झापाको २१औं अधिवेशन तयारी पूरा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, शिक्षा by . Leave a Comment on अनेरास्ववियु झापाको २१औं अधिवेशन तयारी पूरा.

झापा । नेकपा एमालेको जनसंगठन अनेरास्ववियु झापाको २१औं जिल्ला अधिवेशनको तयारी पूरा भएको संगठनले जनाएको छ । शनिबार अपरान्ह जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी यही जेठ २९ गते बिर्तामोडमा हुने अनेरास्ववियूको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो । बिर्तामोडको सिटी सेन्टरमा अधिवेशन स्थल निर्धारण गरिएको, प्रमुख अतिथिका रुपमा संगठनका केन्द्रीय अध्यक्ष […]

‘अब बदलीको दिन बढ्छ, गर्मीबाट राहत मिल्छ’

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ‘अब बदलीको दिन बढ्छ, गर्मीबाट राहत मिल्छ’.

काठमाडौं । अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् ।मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र […]

कर्णाली र हेटौडालाई यु २० रग्वी सेभेन्सको उपाधि

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on कर्णाली र हेटौडालाई यु २० रग्वी सेभेन्सको उपाधि.

इलाम । यु -२० राष्ट्रिय रग्वी सेभेन्सको उपाधि कर्णाली रग्वी क्लब र हेटौडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका -४ शुक्रबारे खेल मैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णालीले १५-५ अन्तरले कटारी रग्वी क्लब र महिलातर्फ हेटौडाले १४-५ ले हिमालयन टाइगर रग्वी क्लबलाई हराउँदै उपाधि जितेको हो । विजेता दुवै टोलीले ५० हजारसहित ट्रफी, मेडल र […]

Nepal Pride Parade observed in Kathmandu today

Published: in English by . Leave a Comment on Nepal Pride Parade observed in Kathmandu today.

KATHMANDU: Nepal Pride Parade was organized in Kathmandu today. The month of June is celebrated as Pride Month according to the Christian calendar around the world. Various identity groups under the gender and sexual minority population celebrate this month in a special way. Youths from all groups gathered at Shanti Batika, Ratnapark and marched to […]