रौतहट । रौतहटका अधिकांश पालिकाहरुले विद्यालय संचालनको समय परिवर्तन गरेको छ। गत हप्ता शिक्षा विकास तथा समन्वय इकाईको परिपत्र अनुसार जिल्लाका पालिकाहरुले विद्यालयमा गर्मी विदा दिएको भए पनि गर्मी लगातार बढेपछि वैकल्पिक उपाय अपनाएको देखिएको छ। अत्यधिक गर्मी रहेको र दिउँसो लु लाग्ने डर रहेको अवस्थामा पालिकाहरुले बिहानको आधा समय मात्र विद्यालय संचालन गर्ने तयारी […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई दुईवटा जलविद्युत आयोजना कौडीको भाउमा दिएको टिप्पणी गरेका छन् । शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले सस्ता आयोजनाहरु तल्लो अरुण र फुकोट कर्णाली कौडीको भाउमा भारतलाई दिएको टिप्पणी गरेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई […]
काठमाडौँ । कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि अमेजन जंगल हराइरहेका चार बालबालिका जीवितै फेला परेका छन्। कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोका अनुसार अमेजनमा जङ्गलका बच्चाहरू जस्तै बाँचेको एक महिनाभन्दा बढी समयपछि चारजना बच्चाहरू जीवित फेला परेका हुन्। उनीहरुसँगै रहेका तीन वयस्कको शव सेनाले दुर्घटनास्थलमा फेला पारेको थियो। तर जिवितै रहेका बालबालिका भने भग्नावशेषबाट उम्कन र मद्दत […]
के म घुँडा टेक्छु ? जस्तो लाग्छ !! मैले फिला टेके ? जस्तो लाग्छ !!, हो ! के म अपमानित भएँ, मैले भनेको छु ? म त त्यो शक्ति हूँ मैहूँ भन्ने बादसाहलाई पटकपटक सत्ताच्युत गराएको छु। मृत्युलाई हत्केलामा नचाएको छु। मसंग मृत्यु तर्केर हिंडेको मैले मेरै आँखाले देखेको छु। आज मेरै कल बल र […]
इलाम । नेपाल रग्वी संघको आयोजनामा इलामको माई नगरपालिका–४ शुक्रबारे खेल मैदानमा जारी यु–२० रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो दिनको खेल सम्पन्न भएसँगै महिला र पुरुषतर्फ फाइनल खेल्ने टिम पक्का भएका हुन् । प्रतियोगिताको पुरुषतर्फ कर्णाली रग्वी क्लब र कटारी रग्वी क्लब भिड्ने भएका छन् भने […]
कमल । पतञ्जलि योग समिति कमलको अध्यक्षमा तिलोचन गौतम चयन भएका छन् । आज बिहानको भेलाले नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रेमप्रसाद विमली, महामन्त्री मोहनलाल खनाल, संगठन मन्त्री घनश्याम प्याकुरेल, कोषाध्यक्ष रविन्द्रप्रकाश चापागाई चयन भएका निर्वाचन समितिका सदस्य दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । समितिको सदस्यहरुमा मेदनीप्रसाद कोइराला, लैनबहादुर पौडेल, भिम नेपाल, उमेश […]
भद्रपुर । भद्रपुर ८ स्थित निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति भवन अगाडि चन्द्रगढी भेट्रान्स क्लबले मनोरञ्जनात्मक साँगीतिक महोत्सव गर्ने भएकोे छ । जिल्ला समन्वय समिति झापाको स्वामित्वमा रहेको मेची रङ्गशाला पश्चिमको चौरीमा क्लबले भाडा तिरेर जेठ २८ गतेबाट मनोरञ्जनात्मक साँगीतिक महोत्सव गर्न लागेको हो । महोत्सवमा हाउजी बिङ्गो लगायत सट्टेबजी सम्बद्ध खेलदेखि राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा […]
बिर्तामोड । पशुपालन व्यवसायमा आवद्व कृषकहरुको लागि बिर्तामोडमा आयोजित विभिन्न प्रकारका तालिमहरु सम्पन्न भएका छन् । बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाले जेठ २३ गतेदेखि आयोजना गरेको विभिन्न प्रकारका तीनवटा तालिम शुक्रबार सम्पन्न भएको हो । नगरपालिकाले व्यवसायिकरुपमा बाख्रा पालन, गाईपालन र पशु आहार व्यवस्थापन साइलेज, हे र मिनिरल ब्लक बनाउने तालिम सञ्चालन गरेको […]
बिर्तामोड । दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधी दिलिपकुमार चौधरीले जितेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य आयोजना तथा बडी ग्यारेज बिर्तामोडको संयोजनमा सम्पन्न च्याम्पियनसिपको शुक्रबार भएको प्रतिश्पर्धामा ओभरलमा ६५ किलो तौल समुहका चौधरीले उपाधि हात पारेका हुन् । उनले नगद ३ लाख ११ हजार १११ रुपैयाँ हात पारे । उनी डिएनपी फिटनेस […]
काठमाडौं । जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको जसपाले जनाएको छ । बैठक पार्टी कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।