Sajhamanch Archive

आगामी बजेटमा सरकारले हचुवाको भरमा राजश्व वृद्धिको अनुमान गर्‍यो: सांसद लामिछाने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on आगामी बजेटमा सरकारले हचुवाको भरमा राजश्व वृद्धिको अनुमान गर्‍यो: सांसद लामिछाने.

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आगामी बजेटमा हचुवाको भरमा राजश्व वृद्धिको अनुमान गरेको बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सरकारले झारा टार्ने, हेलचेक्राई र गैर जिम्मेवार तरिकाले राजश्व वृद्धिको अनुमान गरेको बताएका हुन्। सरकारले यसरी हचुवाको भरमा राजश्व वृद्धिको अनुमान गर्ने भए अर्थ मन्त्रालयका […]

कफी : के पाइन्छ कफीमा ?

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विचार/ब्लग, शिक्षा, by . Leave a Comment on कफी : के पाइन्छ कफीमा ?.

कफी अहिले सबैले रुचाउने पेय पदार्थमध्ये पर्छ । कसैलाई भेट्नुपर्‍यो कफी खाँदै गफिने गरिन्छ । कुनै मिटिङ गर्नुपर्‍यो कफी नै अर्डर गर्ने चलन छ । अझ कफीका पारखीहरु त जतिबेला पनि कफी पिउन तम्सिहाल्छन् । अधिकांश कफी पारखीको भनाइ हुन्छ, ‘कफीमा जादू नै त्यस्तो हुन्छ, पिउने बानी परेपछि एकछिन नपिएमा तलतल लाग्ने । दिनको एक […]

एसीसी वुमन्स टी-२० इमर्जिङ एसिया कप : नेपालले भारत र पाकिस्तानसँग खेल्ने

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on एसीसी वुमन्स टी-२० इमर्जिङ एसिया कप : नेपालले भारत र पाकिस्तानसँग खेल्ने.

काठमाडौं। नेपालले एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने भएको छ । थाइल्याण्ड उक्त प्रतियोगितामा सहभागी हुन नपाउँदा नेपालले यो अवसर पाएको हो । जुन १२ अर्थात जेठ २९ गतेबाट सुरु हुने प्रतियोगिताका लागि निकै थोरै समय बाँकी भएको र भिसाको समस्या नभएको खण्डमा नेपालले पूर्ण सदस्यीय राष्ट्रहरुसँग खेल्ने मौका पाउनेछ। उक्त प्रतियोगितामा […]

मधेश प्रदेश सभा बैठक माओवादीले बहिष्कार गर्ने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on मधेश प्रदेश सभा बैठक माओवादीले बहिष्कार गर्ने.

काठमाडौं । आज बस्ने मधेश प्रदेश सभा बैठक माओवादीले बहिष्कार गर्ने भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथिको छलफल हुँदैछ । उक्त छलफलमा सहभागी नहुने माओवादीले जनाएको छ । प्रदेश सरकारले छलफल नै नगरी मनपरी रुपमा नीति तथा कार्यक्रम ल्याएकोले बहिस्कार गर्ने माओवादी केन्द्रका एक […]

गर्मीको बेला लोडसेडिङ नगर्न र विद्यालयमा जस्तापाताका छाना हटाउन सांसदरुको माग

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on गर्मीको बेला लोडसेडिङ नगर्न र विद्यालयमा जस्तापाताका छाना हटाउन सांसदरुको माग.

काठमाडौं । सांसद तेजुलाल चौधरीले तराई मधेशका सामुदायिक विद्यालयहरुमा जस्तापाताको छानो हटाएर ढलान गर्न माग गरेका छन् । गर्मीको बेला जस्तापाताको छानोले विद्यार्थी, शिक्षक र कर्मचारी झन् बढी प्रभावित हुने भन्दै उनले जस्तापाताको छानो हटाएर ढलान गर्न माग गरेका हुन् । बिहीबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भने, ‘तराई मधेशका सामुदायिक विद्यालयहरुमा ९० प्रतिशत जस्तापाताको […]

कनकाईका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on कनकाईका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा.

झापा । झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ। नगरमा बसोबास गर्ने भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले धनीपुर्जा वितरण गरेकी हुन्। मन्त्री चौधरीले कनकाई(५ का दलित भूमिहीन वरदान मण्डल र रेतिया मण्डललाई जग्गाधनीपूर्जा प्रदान गरेर सो कार्यको […]

Heat waves to continue for five more days in Terai

Published: in English by . Leave a Comment on Heat waves to continue for five more days in Terai.

KATHMANDU: Heat waves (Lu) are likely to prevail in Terai for another five days. On Wednesday, the Meteorological Forecasting Division released a special bulletin and said that the Lu will continue in the Terai area for the next five days. The Hydrology and Meteorology Department has also suggested not to go out of the house […]

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक.

काठमाडौं । सरकारले असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको छ । असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको सडक विभागले जनाएको छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले […]

नक्कली शरणार्थी प्रकरण : अभियुक्तको तर्फबाट आज अधिवक्ता श्रेष्ठले बहस गर्दै

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नक्कली शरणार्थी प्रकरण : अभियुक्तको तर्फबाट आज अधिवक्ता श्रेष्ठले बहस गर्दै.

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि अभियुक्तको तर्फबाट बहस जारी रहनेछ । आज अभियुक्त सानु भण्डारीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्नेछन् । बुधबार केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधबारदेखि अभियुक्तहरूको तर्फबाट कानुन व्यवसायीले […]

सत्तामा व्यस्त, संगठन ‘अस्त’

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on सत्तामा व्यस्त, संगठन ‘अस्त’.

काठमाडौँ । तीनै तहको निर्वाचनमा २०७४ मा भन्दा कमजोर परिणाम ल्याए पनि माओवादीले यतिबेला संघ, दुई प्रदेश र १ सय २६ स्थानीय सरकार (पालिका) को नेतृत्व गरेको छ । संघ र प्रदेश सरकार निर्माणमा उसको हैसियत निर्णायक छ । अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री, वाग्मतीमा शालिकराम जम्कट्टेल र कर्णालीमा राजकुमार शर्मा मुख्यमन्त्री छन् । कोशी प्रदेशमा मंगलबार सरकारबाट बाहिरिएर […]