झापा । जहाँ उनी छन्, त्यहाँबाट धेरै टाढा छैन, सशस्त्र प्रहरीको सुरक्षा जाँच चौकी । अनि नजिकै छ, देशकै ठूलो र अत्याधुनिक क्यासिनो भेगास र पाँचतारे होटल मेची क्राउन । उनी बसेको भुईंभन्दा ठीक अघिल्तिर छ, स्थानीय जनताको ‘सिंहदरबार’ अर्थात स्थानीय सरकारको कार्यालय । पाँचतारे र सिंहदरबारको मध्यविन्दुमा छन् उनी । देशकै व्यस्त सडक ‘महेन्द्र […]
झापा । मोवाइल एशोसिएसन बिर्तामोडले आज बिर्तामोड क्षेत्रमा मोवाइल फोनको बिक्री वितरण तथा मरम्मत गर्ने व्यवसायीहरुलाई अभिमुखीकरण गरेको छ । आज बिर्तामोडमा एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मोवाइल फोनको व्यवसायका अनेकन आयामहरुबारे वृहत छलफल गरिएको हो । मोवाइल एशोसिएसन बिर्तामोडका अध्यक्ष युवराज निरौलाको अध्यक्षतामा मोवाइल डिलर एशोसिएसन, कोशी प्रदेशका अध्यक्ष हरि उप्रेतीको प्रमुख आतिथ्यमा […]
बिराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । नयाँ सरकार गठनको पहल सुरु भएसँगै माओवादीले मुख्यमन्त्रीमा दाबी गरेको हो । सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय लिएको हो । बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे भने कुनै निर्णय […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नभएको दाबी गरे । ‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामीछाने आज राति साढे २ बजे दक्षिण अफ्रिका उड्ने भएका छन् । सन्दीप कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंमा परेको मुद्दाको पेसी भएका कारण उनी यसअघि टिमका अन्य सदस्यसँग दक्षिण अफ्रिका जान पाएका […]
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । १५ जेठमा आएको बजेटपछि लगातार उतारचढाव देखिएको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन सोमबार दोहोरो अंकको गिरावट भएर बन्द भएको हो । सोमबार नेप्से १७.३८ अंकको गिरावट हुँदा १९०१.९९ अंकको विन्दुमा बन्द भएको छ । सोमबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू धर्मनिरपेक्षता वादी भएको बताएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको उत्तर दिँदै भने, ‘म धर्मनिरपेक्षता वादी हो। राज्यले कुनै धर्मलाई टाढा कुनै धर्मलाई नजिक बनाउनुहुँदैन भन्ने पक्षको हुँ म। जुनसुकै धर्मका जनताको आस्थाको सम्मान हुनुपर्छ भन्ने मान्यता मेरो हो।’ सोमरबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गेरु […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेको छ । बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर परीक्षा दिनुपर्ने हुन्छ र वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म दोहोरिने छैन । बजारमा पाइने गाइड, गेसपेसर जस्ता पुराना प्रश्नपत्रको सँगालोको आधारमा अभ्यास गरी […]
इलाम । इलामको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी पारदर्शी नभएको विषयमा रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबीच तिक्तता बढेको छ । मन्दिरमा उठेको भेटीको हिसाब–किताब छानबिन गर्न प्रशासनमा पत्राचार गरिएकामा प्रशासनले मन्दिरको पुरानो पाथीभरा संरक्षण संस्था र पालिकाले गठन गरेको समितिबीच ‘छलफल’ चलाउने तयारी गरेपछि गाउँपालिका रुष्ट बनेको हो । पालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास)ले […]
विराटनगर। कोशी प्रदेशमा सरकार परिवर्तनका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नयाँ शर्त अघि सारेको छ। एमाले नेतृत्वको सरकारमा सहभागी भएको राप्रपाले सरकार परिवर्तन गर्दा चार वर्ष मुख्यमन्त्री पाउनुपर्ने शर्त अघि सारेको हो। दलका नेताहरुसँग छलफलका क्रममा राप्रपा दलका नेता भक्तिप्रसाद सिटौलाले चार वर्षसम्म मुख्यमन्त्री पाउनुपर्ने बताएका हुन्। उनले चार वर्षसम्म मुख्यमन्त्री पाउने लिखित सहमति भए […]