Sajhamanch Archive

कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने.

काठमाडौँ । सरकारले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने घोषणा गरेको छ । सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ । यस्तै विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला […]

३६ अर्बले घट्यो भौतिक पूर्वाधार मन्त्रालयको बजेट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on ३६ अर्बले घट्यो भौतिक पूर्वाधार मन्त्रालयको बजेट.

काठमाडौं । आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट करिब ३६ अर्बले घटेको छ । चालु आर्थिक वर्षमा मन्त्रालयले चालु आर्थिक वर्षमा १ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ बजेट पाएको थियो । यो कुल बजेटको १०।१५ प्रतिशत थियो । तर, आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब ३१ अर्ब […]

चालु आवको खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ, ८३ प्रतिशत खर्च हुने अनुमान

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on चालु आवको खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ, ८३ प्रतिशत खर्च हुने अनुमान.

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन् । यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ अर्थात विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च २ खर्ब ५८ अर्ब ३४ करोड रुपैयाँ अर्थात ६७।९१ प्रतिशत र वित्तीय व्यवस्था तर्फ रु […]

यस वर्षको बजेट भाषण सुरु

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on यस वर्षको बजेट भाषण सुरु.

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को लागि बजेट भाषण सुरु भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट भाषण सुरु गरेका हुन्। मन्त्री महतले आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गरिरहेका छन्। यस वर्षका लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब को बजेट सिलिङ दिएको छ। गत आर्थिक वर्ष २०७९/८० मा १७ […]

प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा ५ जना मन्त्री रहने

Published: in मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा ५ जना मन्त्री रहने.

काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको टोली स्वीकृत गरेको छ । आज अपराह्न बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जाने टोली स्वीकृत गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा पाँच जना मन्त्रीहरु सहभागी हुने छन् । […]

आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट पारित

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट पारित.

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो । सरकारले पारित गरेको बजेट आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दै छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा […]

रास्वपा सांसद विन्दबासिनी कंसाकारले लिइन् शपथ

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on रास्वपा सांसद विन्दबासिनी कंसाकारले लिइन् शपथ.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् । यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए । त्यसपछि रास्वपाले उनलाई निष्काशन गरेर कंसाकारलाई सांसद […]

संसदीय समितिको सभापति ७ दिनभित्र चयन गर्न सभामुखको आग्रह

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on संसदीय समितिको सभापति ७ दिनभित्र चयन गर्न सभामुखको आग्रह.

काठमाडौं । सभामुख देवराज घिमिरेले एक हप्ताभित्र सहमतिमा संसदीय समितिका सभापतिहरु चयन गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले संसदीय समितिको नेतृत्व चयन नहुँदा कामले गति लिन नसकेको भन्दै दलहरुलाई सभापति चयन गर्न आग्रह गरेका बैठकमा सहभागी एक नेताले बताए । ‘‘सभापति चयन नहुँदा विधेयकहरुको […]

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले सुरु गरे तरकारी खेती

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले सुरु गरे तरकारी खेती.

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन्। प्रधानमन्त्री दाहालले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका हुन्। सो अवसरमा उनले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको बताउँदै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो […]

रेशमको आममाफी अदालतमाथि बलमिच्याइँ : गगन थापा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on रेशमको आममाफी अदालतमाथि बलमिच्याइँ : गगन थापा.

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतमाथि बलमिच्याइँ गरेको टिप्पणी गरेका छन् । सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले अहिले राजाको शासन नभएकाले कसैको हुकुम चल्न नहुने बताए । ‘आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो’, उनले भने, ‘यो राजाको […]