Sajhamanch Archive

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

Published: in मिडियाबाट साभार, स्वास्थ्य, by . Leave a Comment on पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना.

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न […]

खुवालुङ ढुङ्गाको संरक्षण गर्नुपर्छ ; मुख्यमन्त्री राई

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, समाज, by . Leave a Comment on खुवालुङ ढुङ्गाको संरक्षण गर्नुपर्छ ; मुख्यमन्त्री राई.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले किरात समुदायको साँस्कृतिक महत्व बोकेको खुवालुङ ढुङ्गाको संरक्षण गर्ने बताएका छन् । संघीय सरकारको बजेटमा जलयातायात सञ्चालनमा रहेको अवरोध हटाउने उल्लेख भएकाले किरात समुदायले खुवालुङ फुटाउन खोजेको भन्दै विरोध जनाइरहेका छन् । आइतबार प्रदेश १ को प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले खुवालुङको संरक्षण गर्ने […]

नेप्से परिसूचक तीन हजार नजिक, साढे १९ अर्ब माथिको कारोबार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on नेप्से परिसूचक तीन हजार नजिक, साढे १९ अर्ब माथिको कारोबार.

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक तीन हजार नजिक नजिक पुगेको छ । सातको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव ३२ अंकले वृद्धि भएर २ हजार ९ सय ८३ दशमलव ११ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगैै कारोबार रकममा समेत उल्लास देखिएको छ । ३ करोड ७० लाख ७६ हजार […]

काठमाडौं महानगरले रोकिएको खोप कार्यक्रम पुनः सञ्चालन गर्दै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on काठमाडौं महानगरले रोकिएको खोप कार्यक्रम पुनः सञ्चालन गर्दै.

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोप अभावमा स्थगित गरेको कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागीय प्रमुख हरिबहादुर कुँवरले जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नगारिकलाई खोप कार्यक्रम सञ्चालन गर्न परिपत्र भएबमोजिम खोप कार्यक्रम सञ्चालन […]

आन्तरिक हवाई उडान अन्यौलमा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on आन्तरिक हवाई उडान अन्यौलमा.

काठमाडौं । नेपाल सरकारले अनिश्चितकालका लागि बन्द गरेको आन्तरिक हवाई उडान अन्यौलमा परेको छ । सरकारले उडान सञ्चालनमा ल्याउने सम्बन्धमा छलफल नै नगरेका कारण तत्काल उडान खोल्ने सम्भावना पनि छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यो विषयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयबाट कुनै पनि सिफारिस आइसकेको छैन । पछिल्लो […]

उपत्यकाका सीडीओको बैठक ; निषेधाज्ञाका प्रावधानहरुलाई खुकुलो बनाइने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on उपत्यकाका सीडीओको बैठक ; निषेधाज्ञाका प्रावधानहरुलाई खुकुलो बनाइने.

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ । जेठ मसान्तसम्मका लागि तोकिएको निषेध गर्ने आदेशको समय सकिन लागेकाले थप निर्णय गर्न आइतबार प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले संयुक्त बैठकबाट निषेधाज्ञाको विषयमा टुंगो लगाइने बताएका छन् । कोरोना संक्रमणको दर घटे पनि […]

गण्डकीको मन्त्रिपरिषद बैठक ; पूर्वमुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाउने निर्णय

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गण्डकीको मन्त्रिपरिषद बैठक ; पूर्वमुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाउने निर्णय.

पोखरा । गण्डकी प्रदेश सरकारको बजेट मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले नै प्रस्तुत गर्ने भएका छन् । जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १ गते बजेट ल्याउने बाध्यता गण्डकी सरकारलाई छ । त्यसको पूर्वसन्ध्यामा सरकारको प्रवक्ताको जिम्मेवारी पाएका कुमार खड्काले भने, ‘उहाँसँग मुख्यमन्त्री (कृष्णचन्द्र नेपाली पोखरेलसँग) अहिले अर्थमन्त्रालय पनि छ । […]

गण्डकीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on गण्डकीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान.

पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् । संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न […]

बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा बस्दिन ; मुख्यमन्त्री पोखरेल

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा बस्दिन ; मुख्यमन्त्री पोखरेल.

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक रुपमा बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा नबस्ने बताएका छन् । प्रदेश सभाका विपक्षी चार दलले बहुमत गुमाइसकेको भन्दै राजीनामा मागिरहेका बेला पोखरेलले आफू अहिलेसम्म बहुमतमै रहेको दावी गरेका हुन् । जनता समाजवादी पार्टीले कारवाही गरेपछि पदमुक्त भएका चारजना मन्त्रीको सांसद पद सर्वोच्च अदालतको आदेशपछि कायम […]

धनुषामा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on धनुषामा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु.

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला उक्त गाउँपालिका ६ का बालिका पोखरीमा डुबेका धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए । बालबालिकाको डुबेको खबरपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । ‘अहिलेसम्म ५ जना बालिकाको शव पोखरीबाट निकालेका छौं’ घटनास्थल पुगेका […]