Sajhamanch Archive

यसरी हुनेछ आज संसदमा विश्वासको मत लिने प्रक्रिया

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on यसरी हुनेछ आज संसदमा विश्वासको मत लिने प्रक्रिया.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियालाई संसद सचिवालयले आजै टुंगो लगाउने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष बैठक आज दिउँसो १ बजे बस्दै छ । विशेष अधिवेशन विश्वासको मतको प्रयोजनका लागि बोलाइएकाले अन्य कुनै पनि बिजनेस छैन । बैठक सुरु हुनेबित्तिकै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त […]

गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरु पदमुक्त भएका छन् । यसअघि एमाले र माओवादी […]

कर्णाली सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on कर्णाली सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने.

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । ‘विपद्को घडीमा नागरिकलाई राहत दिने […]

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि.

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण भएको पाइएको हो । आइतबार बेलुकी स्टार अस्पतालमा स्वाब दिएको र बिहानपख रिपोर्ट पोजेटिभ आएको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका छन् । मनोबल उच्च राखेर डेरामै […]

आईपीएल : पञ्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on आईपीएल : पञ्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा.

काठमाडौं । पञ्जाब किंग्सका स्ट्याण्ड इन कप्तान मायंक अग्रवालले अविजित ९९ रन रन बनाए पनि दिल्ली क्यापिटल्स ६ विकेटले विजयी हुँदै इन्डियन प्रिमियर लिग आईपीएलको शीर्ष स्थानमा उक्लेको छ । नियमित कप्तान लोकेश राहुल एपेन्डिसाइटिसका कारण अस्पताल भर्ना भएपछि अग्रवालले पञ्जाबको कप्तानी सम्हालेका थिए । जहाँ उनले कप्तानी डेब्युमै अविजित ९९ रन बनाउँदा पञ्जाबले टस […]

वैशाख २७ मा संसद अधिवेशन बोलाउन सिफारिस, प्रधानमन्त्रीले विश्वासको मत लिने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on वैशाख २७ मा संसद अधिवेशन बोलाउन सिफारिस, प्रधानमन्त्रीले विश्वासको मत लिने.

 काठमाडौं । सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी दिएका हुन् । एक मन्त्रीका अनुसार वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्ने र विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद बैठकले […]

आफ्नै खुसीले माओवादी केन्द्र रोजेकी हुँ: विमला वली

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on आफ्नै खुसीले माओवादी केन्द्र रोजेकी हुँ: विमला वली.

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन् । वली दाङ ३ ख मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट विजयी भएकी थिइन् । एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै वलीले माओवादी केन्द्र रोजेको सूचना सार्वजनिक भयो । एमाले नेताहरुले वलीलाई अपहरण गरिएको हुनसक्ने […]

मुख्यमन्त्रीको उम्मेद्वार पुनः पोखरेललाई नै बनाउने एमाले संसदीय दलको निर्णय

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on मुख्यमन्त्रीको उम्मेद्वार पुनः पोखरेललाई नै बनाउने एमाले संसदीय दलको निर्णय.

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनः शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ । दलका नेता पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएको प्रदेश सभा सदस्य विष्णु पन्थीले बताए । ‘दलको बैठक बसेर नयाँ सरकार फेरि शंकर पोखरेलकै नेतृत्वमा बनाउने निर्णय गरेको छ’, उनले भने । पोखरेलले […]

आज राष्ट्रिय सूचना प्रविधि दिवस: प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आज राष्ट्रिय सूचना प्रविधि दिवस: प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै.

काठमाडौं । आइतबार चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक भर्चुअल कार्यक्रमको आयोजना गरेको छ । मन्त्रालयका अनुसार विहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिवसकै अवसरमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुभकामना […]

दुई दिनको अन्तरमा सुनसरीमा कोरोनाबाट आमा छोराको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on दुई दिनको अन्तरमा सुनसरीमा कोरोनाबाट आमा छोराको मृत्यु.

विराटनगर । कोरोना संक्रमणका कारण सुनसरीमा दुई दिनको अन्तरमा आमा छोराको मृत्यु भएको छ । सुनसरी सदरमुकाम इनरुवामा आमाको मृत्यु भएको दुई दिनपछि छोराको मृत्यु भएको हो । बुधबार होम आइसोलेसनमा आमाको मृत्यु भएको थियो । छोराको शनिबार दिउँसो कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । ८४ वर्षीय आमाको मृत्यु भएकै दिन ६५ […]