Sajhamanch Archive

बजेट अधिवेशन छिटो बोलाउन विपक्षी दलहरुको माग

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on बजेट अधिवेशन छिटो बोलाउन विपक्षी दलहरुको माग.

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले बजेट अधिवेशन छिटो बोलाउन माग गरेका छन् । प्रमुख विपक्षी नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रि–बजेट छलफल गर्नुपर्ने भन्दै बजेट अधिवेशन बोलाउन माग गरेका हुन । ‘अधिवेशन बोलाउन ढिलो भइसक्यो, तुरुन्तै बोलाउनुपर्छ । नत्र त प्रि–बजेट छलफलका लागि समय नै हुँदैन’ नेपाली कांग्रेसका राष्ट्रिय […]

एकै दिन ५,७२७ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on एकै दिन ५,७२७ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको […]

सगरमाथा आरोहण आगामी साताबाट शुरु हुँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सगरमाथा आरोहण आगामी साताबाट शुरु हुँदै.

काठमाडौं । वसन्त ऋतुमा सगरमाथा आरोहणमा पुगेका आरोहीहरु एक साता भित्रै चुचुरोतर्फ जान शुरु गर्ने भएका छन् । पछिल्लो मौसम अपडेट अनुसार पहिलो चरणमा शुक्रबारदेखि मे ९ सम्म सगरमाथामा मौसम अनुकुल हुने पूर्वानुमान रहेको छ । यही समयमा सम्भव भएसम्म आरोहणको केही टोली चुचुरोतर्फ लाग्ने पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् । अहिले सगरमाथा […]

बागमती प्रदेशमा हुने उपनिर्वाचनका लागि मतदान केन्द्र तोकियो

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on बागमती प्रदेशमा हुने उपनिर्वाचनका लागि मतदान केन्द्र तोकियो.

काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम ३ बमोजिम हेटौंडा उपमहानगरपालिका वडा–४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकिएको जानकारी दिएका […]

सीईडीबी हाइड्रोपावरको आईपीओ आजदेखि

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on सीईडीबी हाइड्रोपावरको आईपीओ आजदेखि.

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आज शुक्रबारेदेखि आवेदन खुला भएको छ । प्रतिकित्ता एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर आजदेखि आवेदन खुला भएको हो । आईपीओको कम्पनीले २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने एक लाख २५ हजार ९११ कित्ता सेयर […]

विमानस्थलमा सीसीएमसीको अनुगमन

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on विमानस्थलमा सीसीएमसीको अनुगमन.

काठमाडौं । सरकारले सार्वजनिक यातायात बन्द गरेपनि हवाई यातायात सेवा बन्द गरेको छैन । विमानस्थलमा यात्रु व्यवस्थापनबारे बिहीबार ‘कोभिड- १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ सीसीएमसी का अधिकारीले त्रिभुवन विमानस्थलको स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि तोकिएका सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न सचेत गराइएको नेपाल सरकारका सचिव तथा सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बरालले जानकारी दिए ।‘हाम्रो […]

कञ्चनपुरमा कोरोना संक्रमितको  थप तीनजना मृत्यु

Published: in मिडियाबाट साभार, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on कञ्चनपुरमा कोरोना संक्रमितको  थप तीनजना मृत्यु.

धनगढी । कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुईजना र दोधाराचाँदनी नगरपालिकाका एकजनाको बिहीबार मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले आईसीयूमा उपचाररत भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय संक्रमित पुरुष र दोधाराचाँदनी नगरपालिका–१ का ३० वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए । […]

निषेधाज्ञामा अनावश्यक हिँडडुल गर्ने १४५७ जना कारबाहीमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on निषेधाज्ञामा अनावश्यक हिँडडुल गर्ने १४५७ जना कारबाहीमा.

काठमाडौं । बिहीबारदेखि लागु निषेधाज्ञाको उल्लंघन गर्दै विना काम सडकमा निस्किएको आरोपमा एक हजार ४५७ जना कारबाहीमा परेका छन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसपी सुशील सिंह राठौरका अनुसार उनीहरु काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा कारबाहीमा परेका हुन् । ‘मास्क नलगाइ हिँडेकादेखि विना काम हिँडेकासम्मलाई होल्ड गराएका छौं, मास्क पनि वितरण गरेका छौं’, उनले […]

प्रदेश १ मा ६ जना कोरोना संक्रमितको मृत्यु

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on प्रदेश १ मा ६ जना कोरोना संक्रमितको मृत्यु.

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाँच जनाको अस्पतालमा र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो । विराट मेडिकल कलेजमा ६२ वर्षीया महिलाको मृत्यु भएको छ । विराट कोभिड–१९ अस्पतालका इन्चार्ज सुनिल देवका अनुसार सुनसरीको इटहरी–४ की ६२ वर्षीया महिलाको बुधबार राति १०ः४० बजे […]

बाँकेमा ८ जना कोरोना संक्रमितको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on बाँकेमा ८ जना कोरोना संक्रमितको मृत्यु.

काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु भएको छ । बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–१३ का ५८ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा […]