Sajhamanch Archive

सरकारी निर्णय अटेर गरी विद्यालय खोल्ने ११ सञ्चालक पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्वास्थ्य, by . Leave a Comment on सरकारी निर्णय अटेर गरी विद्यालय खोल्ने ११ सञ्चालक पक्राउ.

सप्तरी । सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी […]

आजदेखि बाँके र बर्दियामा निषेधाज्ञा लागु हुँदै

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on आजदेखि बाँके र बर्दियामा निषेधाज्ञा लागु हुँदै.

 काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा लागु हुँदैछ । निषेधाज्ञा मध्यरातिदेखि लागु हुनेछ । यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय […]

नेपाल टी २० वरियताको १४ औं स्थानमा

Published: in खेलकुद, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाल टी २० वरियताको १४ औं स्थानमा.

काठमाडौं । नेपालको टी २० अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आइतबार अपडेट गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लेको हो । शनिबार सम्पन्न त्रिकोणात्मक टी २० सिरिजमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि जितेको नेपालले वरियतामा पनि सुधार गरेको हो । आईसीसीले अपडेट […]

सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, समाज, by . Leave a Comment on सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस.

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् । यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय […]

प्रश्नपत्र सार्वजनिक गराएको आरोपमा १० जना पक्राउ

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on प्रश्नपत्र सार्वजनिक गराएको आरोपमा १० जना पक्राउ.

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक भएको घटनामा संलग्नताको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । वैशाख ३ गते विश्वविद्यालयको इन्जिनियरिङ संकायतर्फ बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र परीक्षापूर्व नै सार्वजनिक भएको थियो । उक्त घटनामा संलग्नको आरोपमा कोमलप्रसाद गौतम, गोपाल कार्की, विजय पोखरेल, मिनप्रसाद भट्ट, भरत पठन, विकास खड्का, निर्मल खड्का, […]

सर्लाहीका कोरोना संक्रमित युवकको मृत्यु

Published: in विविधा, by . Leave a Comment on सर्लाहीका कोरोना संक्रमित युवकको मृत्यु.

 जनकपुरधाम । सर्लाहीका एकजना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । जिल्लाको रामनगर गाउँपालिका ५ बिर्ता बस्ने ३२ वर्षीय इन्द्रजीत रायको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि ठमाडौंतर्फ लग्ने क्रममा शनिबार उनको बाटोमै मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीले बताए । शवलाई नेपाल प्रहरीको समन्वयमा नेपाली […]

ओलीले आकस्मिक बोलाए महाधिवेशन आयोजक समितिको बैठक

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ओलीले आकस्मिक बोलाए महाधिवेशन आयोजक समितिको बैठक.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका छन् । बैठक विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । वैशाख १० गते पनि महाधिवेशन आयोजक समितिको बैठक बसेको थियो । एमालेका एक नेताले दुई दिनपछि नै फेरि सोही समितिको बैठक आह्वान गर्नुलाई अर्थपूर्ण मानिएको बताए । अघिल्लो […]

आईपीएल : राजस्थानले कोलकातालाई ६ विकेटले हरायो

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on आईपीएल : राजस्थानले कोलकातालाई ६ विकेटले हरायो.

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । त्यसको जवाफमा राजस्थानले १८।५ ओभरमा ४ विकेट गुमाएर १३४ रन बनाउँदै जित हासिल गर्यो । राजस्थानका कप्तान सन्जु साम्सन ४२ रनमा […]

आज गोरखा भूकम्पको छैटौं स्मृति दिवस मनाइँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आज गोरखा भूकम्पको छैटौं स्मृति दिवस मनाइँदै.

काठमाडौं । छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौं स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठी आयोजना गरेको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्ने कार्यक्रम रहेको प्राधिकरणका […]

आज धरहरा उदघाटन, तत्काल अवलोकन गर्न नपाइने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आज धरहरा उदघाटन, तत्काल अवलोकन गर्न नपाइने.

११ वैशाख, काठमाडौं । २०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहरा शनिबार उदघाटन गरिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहरा उदघाटन गर्न लागेका हुन् । उदघाटन कार्यक्रममा सीमित व्यक्तिहरुमात्र रहने छन् । कोरोना संक्रमणको जोखिमका कारण उदघाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । उदघाटन कार्यक्रम अवलोकनका लागि वैकल्पिक व्यवस्था […]