Sajhamanch Archive

पार्टी एकता जोगाउन ओलीलाई योगेशको आग्रह

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on पार्टी एकता जोगाउन ओलीलाई योगेशको आग्रह.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न योगेश भट्टराई बालुवाटार पुगेका छन् । बालुवाटार पुगेर भट्टराईले ओलीसँग पार्टी एकता जोगाउन आग्रह गरेका छन् । भट्टराईसहित २७ सांसदलाई ओलीले मंगलबार मात्रै दुई दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेका छन् । माधवकुमार नेपाल समूहले यो स्पष्टीकरणलाई पार्टी विभाजनको प्रयास गरिएको निष्कर्ष निकालेका छन् ।

राष्ट्रपति कार्यालयमा हुने सपथ कार्यक्रम सर्वोच्च अदालतमै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on राष्ट्रपति कार्यालयमा हुने सपथ कार्यक्रम सर्वोच्च अदालतमै.

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र नहकुल सुवेदीले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश चुडाल र सुवेदीलाई सपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभागी भएका थिए । […]

पीसीआर रिपोर्ट बोकेका १२२ यात्रुलाई विमानस्थलबाट फर्काइयो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पीसीआर रिपोर्ट बोकेका १२२ यात्रुलाई विमानस्थलबाट फर्काइयो.

काठमाडौँ । सिनामंगलको सूर्य ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थलबाट पुगेका १२२ जनालाई फर्काइएको छ। विभिन्‍न देशमा जानका लागि सूर्या ल्‍याबबाट पुगेका यात्रुहरुलाई एयरलाइन्सले विमानस्थलबाट फर्काएका हुन् । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले भने, ‘हिजो सूर्या ल्याबमा छापामा मारेर नक्कली पीसीआर रिपोट बनाएको खुलेपछि एयरलाइन्सले त्यो ल्याबमा परीक्षण गराएका यात्रुहरुलाई ओरालेका छन् ।’ मंगलबार महानगरीय […]

एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दै.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक आज बस्दै छ । पार्टीभित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले नेता विशाल भट्टराईले जानकारी दिए । नेता भट्टराईका अनुसार सूर्य चिन्हबाट चुनाव लडेका सबैलाई बैठकमा बोलाइएको […]

सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा.

काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् ।    

आज देशभर रामनवमी पर्व मनाइँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आज देशभर रामनवमी पर्व मनाइँदै.

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमीका अवसरमा देशभरका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि नेपाल तथा भारतका नरनारीको घुइँचो छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा […]

बाँकेमा लकडाउन गर्न सिफारिस

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on बाँकेमा लकडाउन गर्न सिफारिस.

बाँके । कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्न सिफारिस भएको छ । नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै लकडाउनका लागि सिफारिस भएको हो । यसबारे भोलि निर्णय हुने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । ‘लकडाउन गरेर हिँडडुलमा समेत नियन्त्रण गर्नुपर्छ भनेर सिफारिस भएको छ । कुन/कुन क्षेत्रमा गर्ने भनेर हामीले […]

माधव नेपाल समूहले सांसदहरुको बैठक बोलायो

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on माधव नेपाल समूहले सांसदहरुको बैठक बोलायो.

 काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदहरुको बैठक बोलाएका छन् । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित २७ सांसदलाई संसद पदबाट किन नहटाउने रु भन्दै स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन् । बैठक मंगलबार दिउँसो बानेश्वरको अर्याल होटलमा हुँदैछ ।

६ कर्मचारीलाई कोरोना पुष्टि भएपछि बाँकेमा वडा कार्यालय बन्द

Published: in मिडियाबाट साभार, स्वास्थ्य, by . Leave a Comment on ६ कर्मचारीलाई कोरोना पुष्टि भएपछि बाँकेमा वडा कार्यालय बन्द.

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ६ जना कर्मचारीमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । ८ जना कर्मचारी मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिमलाई मध्यनजर राखेर परिस्थिति अनुकुल नभएसम्मका लागि वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए । ‘वडाका ६ जना कर्मचारीमा […]

एमालेको २७ सांसदलाई स्पष्टीकरण सोध्ने तयारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on एमालेको २७ सांसदलाई स्पष्टीकरण सोध्ने तयारी.

 काठमाडौं । नेकपा एमालेले २७ प्रतिनिधिसभा सदस्य सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीहित विपरीत गतिविधिमा संलग्न भएको भन्दै सांसदहरुलाई सोध्न लागिएको स्पष्टीकरणमा दुई दिनभित्र जवाफ दिन आग्रह गरिने अध्यक्ष केपी शर्मा ओली निकटका एक नेताले जानकारी दिए । स्पष्टीकरण सोध्न तयार पारिएको नेताहरुको सूचीमा माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, […]