Sajhamanch Archive

गैरआवासीय नेपालीले आईपीओ हाल्न पाउने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on गैरआवासीय नेपालीले आईपीओ हाल्न पाउने.

काठमाडौं । सरकारको ५० करोड रुपैयाँ लगानी रहने एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापना भएको छ । अर्थ मन्त्रालयले सोमबार यस्तो जानकारी गराएको हो । गैरआवासीय नेपाली संघ ९एनआरएनए०को पहलमा स्थापना भएको यो फण्डको पुँजी १० अर्ब रुपैयाँ रहने छ । त्यसमध्ये ९ अर्ब ५० करोड रुपैयाँ लगानी भने गैरआवासीय नेपालीले गर्नेछन् । २०७५ सालमा सम्पन्न […]

कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाउन सुरु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाउन सुरु.

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरेको छ । खोप अभियान सुरु भएपछि पहिलो चरणमा खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका ४ लाख ३९ हजारलाई दोस्रो डोज […]

रुपन्देहीमा एकजना कोरोना संक्रमितको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on रुपन्देहीमा एकजना कोरोना संक्रमितको मृत्यु.

 बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । चैत २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएकी बुटवल १३ की ७९ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा सोमबार मृत्यु भएको हो । उनमा ज्वरो,निमोनिया र श्वासप्रश्वासको समस्या रहेको अस्पतालका सूचना अधिकारी डा। विष्णु […]

मन्त्री बनेका जसपा नेतालाई राजीनामा दिन अल्टिमेटम

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मन्त्री बनेका जसपा नेतालाई राजीनामा दिन अल्टिमेटम.

काठमाडौं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गरेका हुन् । उनले सरकारबाट राजीनामा […]

इन्धनको मूल्य बढेसँगै हवाई भाडामा वृद्धि

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on इन्धनको मूल्य बढेसँगै हवाई भाडामा वृद्धि.

काठमाडौं । वायुसेवा सञ्चालकले हवाई भाडा बढाउने निर्णय गरेका छन् । नेपाल आयल निगमले गत शनिबार रातिबाट लागु हुने गरी हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो । सोही अनुसार सोमबार रातिबाट लागु हुने गरी हवाई भाडा वृद्धि भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । बढेको भाडालाई नेपाल नागरिक उड्डयन […]

होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेसम्म मात्र चल्न पाउने

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेसम्म मात्र चल्न पाउने.

 काठमाडौं । सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको हो । त्यस समयपछि भने होम डेलिभरी मात्र गर्न […]

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, १२८१ जना संक्रमित थपिए

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, १२८१ जना संक्रमित थपिए.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७००१ जनामा गरिएको पीसीआर परीक्षणमा १२२७ र ५४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १२८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ […]

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो.

काठमाडौं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ५८ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ९३ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ८ अर्ब ८० करोड रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएकोमा सोमबार ६ अर्ब ७६ करोड ६८ लाख रुपैयाँको मात्रै कारोबार भएको […]

सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक.

काठमाडौं । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ । यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी […]

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता.

बुटवल । लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाका प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा सचिवालयमा पुगेका छन् । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । ८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका पदमुक्त […]