Sajhamanch Archive

माओवादीको स्थायी समिति बैठक बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादीको स्थायी समिति बैठक बस्दै.

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सोमबार बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीति र पार्टीको आगामी योजनाबारे छलफल हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे बैठकमा […]

वीरगञ्जमा कक्षा १ देखि ५ सम्म पठनपाठन बन्द गर्ने निर्णय

Published: in मिडियाबाट साभार, शिक्षा, समाज, स्वास्थ्य, by . Leave a Comment on वीरगञ्जमा कक्षा १ देखि ५ सम्म पठनपाठन बन्द गर्ने निर्णय.

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा वैशाख ६ गतेदेखि कक्षा १ देखि ५ सम्मको पठनपाठन बन्द हुने भएको छ । शैक्षिक प्रशासन महाशाखाले आइतबार विज्ञप्ति निकालेर सम्पूर्ण पठनपाठन बन्द गर्न निर्देशन दिएको हो । वीरगञ्जमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण व्यापक रुपमा फैलिएको छ । त्यसको प्रत्यक्ष जोखिममा विद्यालयका बालबालिकाहरु पनि छन् । जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै […]

कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

Published: in मिडियाबाट साभार, शिक्षा, समाज, by . Leave a Comment on कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय.

५ वैशाख, काठमाडौं । कोरोना महामारीको जोखिम बढेको भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले १० दिन जिल्लाका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । डीसीसीएमसीको बैठकले १० दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको हो । डीसीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भारतसँगको खुला सीमाका कारण कोरोना संक्रमणको जोखिम […]

भारतमा कोरोना संक्रमण पुष्टि भएका पुरुषको दैलेखमा मृत्यु

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on भारतमा कोरोना संक्रमण पुष्टि भएका पुरुषको दैलेखमा मृत्यु.

सुर्खेत । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट दैलेखका एक पुरुषको मृत्यु भएको छ । दुल्लु नगरपालिका–२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए । उनी १५ दिनअघि भारतबाट फर्किएका थिए । रेग्मीका अनुसार उनलाई कोरोना संक्रमण भएको पुष्टि भारतमै भएको थियो । तर ढाँटेर […]

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक.

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । भोलि दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल गर्न बैठक बोलाइएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले बताए । अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता प्रक्रिया भङ्ग गर्दै माओवादी केन्द्र ब्युँताइदिएपछि प्रचण्ड नेकपा एमालेका […]

प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य.

विराटनगर । प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाइएको थियो । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेश भए पनि छलफल हुन […]

कोरोना संक्रमणबाट भारतमा १५ सयभन्दा बढीको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on कोरोना संक्रमणबाट भारतमा १५ सयभन्दा बढीको मृत्यु.

काठमाडौं । भारतमा कोरोना भाइरस कोभिड–१९ को कारण पछिल्लो २४ घण्टामा १ हजार ५०१ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा थप २ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ४७ लाखभन्दा बढी पुगेको छ भने मृत्यु हुने १ […]

आज जसपा संसदीय दलको बैठक बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on आज जसपा संसदीय दलको बैठक बस्दै.

बुटवल । लुम्बिनी प्रदेशमा निर्णायक मानिएको जनता समाजवादी पार्टी जसपाको संसदीय दलको बैठक आइतबार दिउँसो बस्ने भएको छ । सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त बैठक बस्नुअघि जसपाको बैठक तय भएको हो । ६ जना सांसद रहेको जसपा संसदीय दल एक ढिक्का नहुँदा सरकारविरुद्ध ल्याउन खोजिएको अविश्वास प्रस्ताव टरेको थियो […]

भिटामिन ए र जुकाको औषधि वैशाख ६ र ७ गते खुवाइँदै

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on भिटामिन ए र जुकाको औषधि वैशाख ६ र ७ गते खुवाइँदै.

काठमाडौं । सरकारले यही वैशाख ६ र ७ गते बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्दैछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई ७ गते खुवाउन […]

बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त.

काठमाडौं । गृहमन्त्री रामबहादुर थाप बादल पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ। नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले थापालाई कारबाही गरेको थियो । गत चैत २७ गते नै माओवादीले थापालाई कारबाही गरिएको जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गर्दै थापाको पद […]