Sajhamanch Archive

प्रधानमन्त्री ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ६ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाइएको बागमती प्रदेश सहइन्चार्ज शेरबहादुर तामाङले बताए । यो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने उनले बताए । एमालेको विवाद बढ्दै जाँदा ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल […]

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित.

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराजको चितवनमा निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । आजको बैठकमा क्रियाशील सदस्यता वितरण तथा नविकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल गर्ने लगायतका एजेण्डा थियो । अर्को बैठक तय भएको छैन […]

सरकारलाई तत्काल विद्यालय बन्द नगर्न सुझाव

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, समाज, by . Leave a Comment on सरकारलाई तत्काल विद्यालय बन्द नगर्न सुझाव.

काठमाडौं । सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताए । कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता गर्न पनि सुझाएका छन् । छलफलमा आएका […]

एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दै.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक आज बस्दै छ । पार्टीभित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले नेता विशाल भट्टराईले जानकारी दिए । नेता भट्टराईका अनुसार सूर्य चिन्हबाट चुनाव लडेका सबैलाई बैठकमा बोलाइएको […]

तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्छ : नेता सिंह

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्छ : नेता सिंह.

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका छन् । नेपाल दलित संघ काठमाडौं जिल्ला शाखाले आइतबार आयोजना गरेको ‘भेला तथा प्रशिक्षण’ कार्यक्रममा नेता सिंहले महाधिवेशनलाई प्रभावित पार्ने शक्तिका विरुद्ध सबै नेता कार्यकर्ता उभिनुपर्ने बताए । महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना भइरहेकाले आम नेता तथा कार्यकर्ता […]

पदकमा नयाँ नक्सा नराखेको भन्दै विरोधमा नक्सासहित प्रदर्शन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on पदकमा नयाँ नक्सा नराखेको भन्दै विरोधमा नक्सासहित प्रदर्शन.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार वितरण गरेको पदकमा नयाँ नक्सा छुटेको विरोधमा नेकपा एमालेको माधव नेपालसमूहका विद्यार्थीले प्रदर्शन गरेका छन् । नेपाल समूह निकटको अनेरास्ववियूले काठमाडौंको माइतीघरमा लिपुलेक र लिम्पियाधुरासहितको नक्सासहित प्रदर्शन गरेका हुन् । उनीहरुले झुटो नक्सा चाहिन्न, चुच्चे नक्सा फेर्न पाइन्न, चुच्चे नक्शा खै जस्ता नारा लगाएका थिए । २०७६ सालमा […]

नागार्जुनको जङ्गलमा डढेलो, हेलिकोप्टरबाट पानी खसाल्ने तयारी

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on नागार्जुनको जङ्गलमा डढेलो, हेलिकोप्टरबाट पानी खसाल्ने तयारी.

काठमाडौं । नागार्जुनको जङ्गलमा डढेलो लागेको छ । आइतबार दिँउसो डढेलो लागेपछि नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल त्यस क्षेत्रमा पुगेको महाराजगञ्‍जका डिएसपी रोशन खड्काले बताएका छन् । दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्‍दै हेलिकोप्टरबाट पानी खसाल्ने तयारी गरिएको छ ।

मोरङमा बाबुछोराको विवादमा बाबुको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह, by . Leave a Comment on मोरङमा बाबुछोराको विवादमा बाबुको मृत्यु.

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–८ मा बाबुछोराबीचको विवादमा एक जनाको मृत्यु भएको छ । छोरासँगको झगडामा बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो । प्रहरीका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा माइलो छोरा रविले धकेल्दा मुखिया लडेका थिए, र उनको घाटीमा बासको भाटाले छेडेको थियो । गम्भीर घाइते भएका विकोको उपचारका […]

भारतमा एकैदिन एक लाख ५२ हजार बढीमा कोरोना संक्रमण पुष्टि

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on भारतमा एकैदिन एक लाख ५२ हजार बढीमा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८७९ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा थप ८३९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरेनाबाट संक्रमित हुनेको संख्या एक करोड ३३ लाख ५८ नाघेको छ । त्यस्तै एक लाख […]

निर्वाचन आयोगले फैसला नदिनु विडम्बना : नेता नेपाल

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on निर्वाचन आयोगले फैसला नदिनु विडम्बना : नेता नेपाल.

वीरगञ्ज । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीको विवादमा निर्वाचन आयोगले निर्णय नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘निर्वाचन आयोग जस्तो संवैधानिक अंगले फैसला गर्दैन, योभन्दा ठूलो विडम्बना के होला ?’ एमाले पुनर्जीवित भएपछि २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर विधान संशोधन […]