Sajhamanch Archive

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो दुई बजे बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । १४औं महाधिवेशनको सन्दर्भमा बैठक बस्न लागेको उनले बताए । पौडेलका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा पदाधिकारी बैठकले तय गर्नेछ ।

विराट गोल्डकपको क्वाटरफाइनलमा रूपन्देहीलाई हराउँदै पञ्जाव पुलिस 

Published: in खेलकुद, by . Leave a Comment on विराट गोल्डकपको क्वाटरफाइनलमा रूपन्देहीलाई हराउँदै पञ्जाव पुलिस .

विराटनगर । गोर्खा ब्वाइज रुपेन्देहीलाई ट्राइब्रेकरमा हराउँदै भारतको पन्जाब पुलिस विराटनगरमा जारी विराट गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा रुपेन्देहीलाई टाइब्रेकरमा ४.२ गोलले हराउँदै भारत क्वारटफाइनलमा प्रवेश गरेको हो । संघर्षपूर्ण खेलमा निर्धारित र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमको एकरएक गोलको बराबारी भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भएको […]

सरकारले दिएको पदकमा राखिएन नयाँ नक्सा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सरकारले दिएको पदकमा राखिएन नयाँ नक्सा.

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतल निवासमा राष्ट्रका विभिन्‍न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरिन् । सरकारबाट पाएको पदकसहित सम्मान पाएकाहरुले शुक्रबार आफ्नो तस्वीर सामाजिक सञ्‍जालमा राखे, जहाँ प्रदान गरिएको पदकमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा देखिएन । संसदले समेत अनुमोदन गरेको उक्त नक्सामा सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने […]

सांसद पद गुमाएका ४ मन्त्रीको आज ५ बजे शपथ लिने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सांसद पद गुमाएका ४ मन्त्रीको आज ५ बजे शपथ लिने.

काठमाडौं । सांसद पद गुमाएका चार नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिने भएका छन् । माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् । उनीहरुको शपथ कार्यक्रम शुक्रबार साँझ ५ बजे तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य […]

करोडौं रकम ठगेर फरार कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज, by . Leave a Comment on करोडौं रकम ठगेर फरार कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग.

पोर्चुगल । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले ११ नेपाली समुदायको हवाई टिकट नक्कली बनाएको भन्ने समाचार बाहिर आएपछि पोर्चुगलस्थित अवैतनिक महावाणिज्यदूत र […]

कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक.

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको बैठक बोलाएका हुन् । नेताहरुका अनुसार देउवाले भोलि आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे दुवै दलको आधिकारिक […]

बाढी-पहिरोमा परेका घर पुनर्निमाणका लागि ५० करोड दिने निर्णय

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बाढी-पहिरोमा परेका घर पुनर्निमाणका लागि ५० करोड दिने निर्णय.

काठमाडौं । गत वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा गएका बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुननिर्माणका लागि पहिलो किस्ताको रकम दिने निर्णय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सबेको विपद जोखिम न्यूनिकरणको राष्ट्रिय परिषद् बैठकले पहिलो किस्ताको रकम दिने निर्णय गरेको हो । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत […]

सूचना प्रविधि विधेयक संसदको कार्यसूचीबाट हट्यो

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सूचना प्रविधि विधेयक संसदको कार्यसूचीबाट हट्यो.

 काठमाडौं । सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार प्रतिनिधिसभाको बैठकमा पेस गर्ने कार्यसूचीबाट हटेको छ । प्रतिनिधिसभा बैठकअघि संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि कार्यसूचीबाट हटाइएको छ । नेताहरुका अनुसार सत्तारुढ दल नेकपा एमालेका प्रतिनिधिले अन्तिमसम्म सूचना प्रविधि विधेयकको प्रतिवेदन पेस गर्नैपर्ने […]

चार मन्त्रीको सांसद पद खोसिने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on चार मन्त्रीको सांसद पद खोसिने.

काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसदको पद खोसिने भएको छ । प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयको तयारी छ । माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवायलाई पत्र पठाएर एमाले प्रवेश गरेका […]

पहिलोपटक राष्ट्रिय जनगणनामा वित्तीय पहुँच र ऋण खाताबारे विवरण सङ्कलन गरिँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on पहिलोपटक राष्ट्रिय जनगणनामा वित्तीय पहुँच र ऋण खाताबारे विवरण सङ्कलन गरिँदै.

सुदूरपश्चिम । राष्ट्रिय जनगणना, २०७८ का क्रममा पहिलोपटक वित्तीय क्षेत्रको पहुँच, ऋण खाता सञ्चालन र सरकारी अनुदानमा बनेका घर संरचनाको तथ्याङ्क सङ्कलन गरिँदै छ । यस क्रममा अन्य उमेर समूहका साथै १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको अवस्था, देशमा अनुपस्थित नेपाली नागरिक, पुर्खाको भाषा र अपाङ्गतासम्बन्धी विस्तृत विवरणसमेत सङ्कलन गर्ने तयारी भइरहेको छ […]