Sajhamanch Archive

लकडाउन गर्ने योजना छैन: स्वास्थ्यमन्त्री त्रिपाठी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on लकडाउन गर्ने योजना छैन: स्वास्थ्यमन्त्री त्रिपाठी.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने दावी गरे । उनले लकडाउन भन्दाअघि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदम चाल्न सरकार तयार रहेको पनि बताए । लकडाउनले कोभिड […]

बर्दियामा नियन्त्रणमा लिइएको बाघलाई चिडियाखानामा राखियो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बर्दियामा नियन्त्रणमा लिइएको बाघलाई चिडियाखानामा राखियो.

 काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जको नरभक्षी बाघलाई सदर चिडियाखानामा सारिएको छ । आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघलाई मंगलबार विहान चिडियाखानामा राखिएको हो । यो बाघले आइतबार नै बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा गणना गर्न हात्तीसहित गएका गणकलाई बाघले आक्रमण गरेको थियो । गैंडा गणना गरेर फर्किने क्रममा हात्तीलाई नुहाइदिनुका साथै घास पनि जोहो गर्ने […]

उदयपुर पत्रकार महासंघमा तालाबन्दी, उम्मेदवारी दर्ता रद्द

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज, by . Leave a Comment on उदयपुर पत्रकार महासंघमा तालाबन्दी, उम्मेदवारी दर्ता रद्द.

काठमाडौं । नेपाल पत्रकार महासंघ, उदयपुर शाखामा पत्रकारहरुको एक समूहले ताला लगाएको छ । विवाद भएपछि उम्मेदवारी दर्तासमेत रद्द भएको छ । निर्वाचन प्रक्रियामा आपत्ति जनाउँदै पत्रकारका विभिन्न संगठनहरुले संयुक्त रुपमा ताला लगाएको महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिए । उनका अनुसार प्रेस सेन्टरको अगुवाइमा निर्वाचन कार्यक्रम रद्दको माग गर्दै सोमबार तालाबन्दी भएको हो […]

थप २६६ जनामा कोरोना संक्रमण, उपत्यकामा १३७ जना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on थप २६६ जनामा कोरोना संक्रमण, उपत्यकामा १३७ जना.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५३६ जनामा गरिएको परीक्षणमा २६६ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या अघिल्लो दिनको भन्दा ९० जना बढी हो । आइतबार ३४५६ जनामा परीक्षण गर्दा १७६ जना संक्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा भेटिएका […]

झिनो अंकले बढ्यो नेप्से परिसूचक

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on झिनो अंकले बढ्यो नेप्से परिसूचक.

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार नेप्से परिसूचकमा झिनो अंकको सुधार देखिएको छ । लगातार दोस्रो दिन बढ्ने क्रममा सोमबार १.१३ अंक अर्थातः शून्य दशमलव ०४ प्रतिशतको वृद्धि भएको छ । यद्यपि आइतबारको तुलनामा कारोबार रकममा भने सोमबार केही गिरावट आएको छ । आइतबार २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा पुगेर रोकिएको नेप्से सोमबार […]

उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य.

काठमाडौं । उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ । आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । उनका अनुसार अब काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण […]

फेरि बढ्यो वायु प्रदूषण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on फेरि बढ्यो वायु प्रदूषण.

काठमाडौँ । सोमबार काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण फेरि बढेको छ । सोमबार विहानदेखि घाम लागेको छैन भने काठमाडौंसहित देशका अधिकांश ठाउँमा तुवालो लागेजस्तो भई वातावरण धमिलो देखिएको छ । सोमबारको वायु प्रदूषणमा पनि आँखा पिरो हुने समस्या देखिएको छ । अहिले सुदूरपश्चिमको कैलाली र मध्य क्षेत्रको चितवनको वायु प्रदूषण बढी छ । धनगढीमा वायु […]

एसियामा साताको उत्कृष्ट खेलाडी किरण चेम्जोङ बने

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on एसियामा साताको उत्कृष्ट खेलाडी किरण चेम्जोङ बने.

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् । एसियाली फुटबल महासंघ एएफसीले बिहीबार एएएफसी इन्टरनेसनल प्लेअर अफ दी विकमा किरणसहित १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । त्यसमा ९ खेलाडीलाई पछि पार्दै किरण विजेता बनेका हुन् । यसरी मनोनयनमा पर्ने किरण नेपालकै पहिलो खेलाडी थिए […]

मन्त्री टंक आङ्बुहाङको सांसद् पद खोसियो

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मन्त्री टंक आङ्बुहाङको सांसद् पद खोसियो.

विराटनगर । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएको छ । संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गर्दै मन्त्री बनेका आङ्बुहाङलाई माओवादी केन्द्रले सासद्बाट हटाएको हो । सांसदबाट हटाएको जानकारी आजै प्रदेशसभालाई जानकारी दिने माओवादी केन्द्रको तयारी छ । ‘पार्टीले उहाँलाई पदमुक्त गरिसकेको छ,’ माओवादी केन्द्र […]

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिँदै.

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिने भएको छ । आज दिउँसो २ बजे बस्ने प्रदेश १ को प्रदेशसभाको सतौं हिउँदे अधिवेशनको चौथो बैठकबाट माओवादी केन्द्रले औपचारिक रुपमा प्रस्ताव फिर्ता लिने भएको हो । गत पुस १२ गते तत्कालीन नेकपाको माधव नेपाल र प्रचण्ड समूहका […]