Sajhamanch Archive

प्रधानमन्त्रीले भोलि भर्चुअल माध्यमबाट माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन गर्ने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्रीले भोलि भर्चुअल माध्यमबाट माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन गर्ने.

काठमाडौं । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भोलि सोमबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्न स्विच थिचेर आयोजनाको उद्घाटन गर्न लागेका हुन् । माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठका अनुसार भोलिदेखि नै तामाकोशीको ७६ […]

५ अर्बमा सीमित भयो सेयर कारोबार रकम

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on ५ अर्बमा सीमित भयो सेयर कारोबार रकम.

काठमाडौं । पछिल्लो केही दिन यता सेयर कारोबार मापक नेप्से परिसूचकसँग कारोबार रकम समेत सुस्ताउन थालेको छ । कुनै दिन २० अर्ब नजिकको कारोबार भएको सेयर बजारमा आइतबार भने जम्मा ५ अर्ब रुपैयाँको मात्रै कारोबार भयो । यो पछिल्लो २ महिना यताकै सर्वाधिक कम हो । साताको पहिलो दिन नेप्से परिसूचक ८ दशमलव ४८ अंकले […]

बैरागी काइँलाको स्वास्थ्यमा सुधार, वार्डमा सारियो

Published: in समाज, स्वास्थ्य, by . Leave a Comment on बैरागी काइँलाको स्वास्थ्यमा सुधार, वार्डमा सारियो.

काठमाडौं । नेपाल प्रज्ञा(प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइँला)को स्वास्थ्यमा सुधार आएको छ । एक साताअघि मस्तिष्काघात भएपछि उनी काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचाररत छन् । उनकी छोरी नामोती नेम्वाङका अनुसार हाल बैरागी काइँलालाई सघन उपचार कक्षबाट वार्डमा सारिएको छ । साथै शरीर र हात चल्न थालेको तथा बोली पनि स्पष्ट भएको छ । यसअघि […]

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पूरा, चीनमा उत्सवको तयारी

Published: in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पूरा, चीनमा उत्सवको तयारी.

काठमाडौं । चीनमा कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पूरा भएको छ । कम्युनिस्ट पार्टीको स्थापनाको एक सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपति सि जिनपिङले टियानान्मेनमा जम्मा भएको समूहलाई सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा जिनपिङले समाजवादले मात्र चीनलाई बचाउन सक्ने बताएका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टी चीनको विकासको कहानीको केन्द्रमा रहेको बताए […]

आज राष्ट्रिय सभाको आठौं अधिवेशन , अपराह्न चार बजे बैठक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on आज राष्ट्रिय सभाको आठौं अधिवेशन , अपराह्न चार बजे बैठक.

काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको आठौं अधिवेशन बिहीबारबाट शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अपराह्न चार बजे अधिवेशन आहृवान गरेकी हुन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले यस बर्खे अधिवेशनको पहिलो दिन बैठकमा पेश हुने कार्यसूची तय […]

संवैधानिक आयोगका २० पदाधिकारीको नियुक्ति विरुद्ध सर्वोच्चमा रिट

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on संवैधानिक आयोगका २० पदाधिकारीको नियुक्ति विरुद्ध सर्वोच्चमा रिट.

काठमाडौं । राष्ट्रपतिले असार १० गते नियुक्त गरेका संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक परिषदबाट नियुक्ति सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाइविना नियुक्त गर्न नमिल्ने भन्दै बदर गर्न माग गरेका हुन् । उनले रिटको टुंगो नलागेसम्म उनीहरुलाई कामकाज गर्न नदिन अन्तरिम आदेश […]

टर्कीले नेपालसहित ६ मुलुकबाट हुने सिधा उडान रोक्यो

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on टर्कीले नेपालसहित ६ मुलुकबाट हुने सिधा उडान रोक्यो.

काठमाडौं । टर्कीले कोरोना भाइरसको महामारी फैलन सक्ने आंशकाका बीच सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानमा रोक लगाएको छ । यसले यूरोप र अमेरिकामा हुने नेपालीहरुको यात्रा समेत प्रभावित हुने भएको छ । अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गरिरहेको छ । नेपाल सरकारले उडान खुला गरेपनि टर्की सरकारले भने […]

पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु.

वीरगञ्ज । पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका-४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली-१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी-३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो । रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङले लागेको थियो भने असरतोमी खेतमा […]

पाँच विद्यार्थी संगठनले संसद् विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पाँच विद्यार्थी संगठनले संसद् विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने.

काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध पाँच विद्यार्थी संगठनले संसद् विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले संयुक्त रुपमा सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनको विरुद्ध तथा संसद् पुनर्स्थापनाको माग गर्दै असार १६ गते ७७ वटै जिल्लामा प्रदर्शन गर्ने नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए […]

५ अंकले बढ्यो नेप्से परिसूचक

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on ५ अंकले बढ्यो नेप्से परिसूचक.

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ५ दशमलव ११ अंकले बढेर २ हजार ८ सय ७५ दशमलव ४९ अंकमा झरेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव १७ अंकले बढेर ५ सय ३३ दशमलव ५७ अंकमा पुगेको छ । कारोबार रकममा […]