Sajhamanch Archive

आन्तरिक वायुसेवा कम्पनीले थाले टिकट बुकिङ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on आन्तरिक वायुसेवा कम्पनीले थाले टिकट बुकिङ.

काठमाडौं । आगामी १७ असारबाट हुने नियमित उडानका लागि आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ थालेका छन् । बुद्ध एयर र यति एयरलाइन्सले टिकट बुकिङ शुरु भएको जानकारी गराएका छन् । सरकारले साविकको तुलनामा ५० प्रतिशत पनि ननाघ्ने गरि उडान संख्या तय गरि आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो । सरकारले एक साताको समय राखी […]

पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सबइन्जिनियरहरु पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सबइन्जिनियरहरु पक्राउ.

काठमाडौं । आफूहरुलाई सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो उनीहरुलाई माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएको हो । बबरमहलबाट प्रदर्शन गर्दै उनीहरु माइतीघर मण्डला आइपुगेका थिए । माइतीघर मण्डलामा आइपुगेलगत्तै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो । असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका […]

प्रतिनिधिसभा विघटन : रिट निवेदक पक्षका २९ जनाको बहस आज

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on प्रतिनिधिसभा विघटन : रिट निवेदक पक्षका २९ जनाको बहस आज.

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाइको क्रममा शुक्रबार रिट निवेदक पक्षबाट बहस हुने भएको छ । रिट निवेदक पक्षले शुरुवाती बहस गर्ने आज अन्तिम दिन हो । आज रिट निवेदकको तर्फबाट २९ जना कानुन व्यवसायीहरुलाई बहसका लागि ३ देखि ३० मिनेटसम्मको समय निर्धारण गरिएको छ । वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र सतिषकृष्ण खरेलले […]

पौडेलले आज निकट केन्द्रीय सदस्यसँग छलफल गर्दै

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on पौडेलले आज निकट केन्द्रीय सदस्यसँग छलफल गर्दै.

काठमाडौं । काठमाडौं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । महाधिवेशनबारे छलफल गर्न नेता पौडेलले शुक्रबार दिउँसो बैठक बोलाएका हुन् । ‘वरिष्ठ नेताज्यूले आज दिउँसो छलफलका लागि बोलाउनुभएको छ,’ काँग्रेस केन्द्रीय सदस्य जीवन परियारले भने, ‘महाधिवेशनकै बारेमा छलफल हुन्छ ।’ काँग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ […]

देउवालाई माधव नेपालको आग्रह : कोर्स करेक्सन गरेर आए ओलीलाई स्वागत गर्नुपर्छ

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on देउवालाई माधव नेपालको आग्रह : कोर्स करेक्सन गरेर आए ओलीलाई स्वागत गर्नुपर्छ.

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कोर्स करेक्सन गरेर आए स्वागत गर्नुपर्ने बताएका छन् । विपक्षी गठबन्धनले बुधबार सम्पादकहरुसँग गरेको अन्तरक्रियामा नेता नेपालले ओली दक्षिणपन्थी बाटोमा रहेको बताए । आफूहरु देशमा रहेका सबै सकारात्मक शक्तिसँग सहकार्य गरेर अघि बढ्न चाहेको भन्दै उनले भने, ‘मानिस हुन्, कहिलेकाहीं गल्ती हुन्छ । त्यसलाई […]

रौतहटमा मौलापुरको नगरसभामा झडप

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on रौतहटमा मौलापुरको नगरसभामा झडप.

रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको छ । झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ । मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु […]

सन्तोषी सुब्बाको बलात्कार प्रतिकार गर्दा हत्या, एक युवक पक्राउ

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on सन्तोषी सुब्बाको बलात्कार प्रतिकार गर्दा हत्या, एक युवक पक्राउ.

काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अन्दाजी २१ वर्षीय सुरेश तिम्सिना छन् । प्रहरीका एक अधिकारीका अनुसार तिम्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ । ‘उनले सुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि […]

जातीय कारण कोठा नदिने घरबेटी थुनामुक्त

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on जातीय कारण कोठा नदिने घरबेटी थुनामुक्त.

काठमाडौं । जातीय कारणले कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी थुनामुक्त भएकी छन् । जिल्ला अदालत, काठमाडौंले घरबेटी सरस्वती प्रधानलाई छाड्न आदेश दिएको हो । उनलाई प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ गरेको थियो । पीडित रुपा सुनारको जाहेरीका आधारमा उनलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो ।

मेलम्चीका बाढी प्रभावितलाई तिलोत्तमा नगरपालिकाले ५ लाख सहयोग गर्ने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज, by . Leave a Comment on मेलम्चीका बाढी प्रभावितलाई तिलोत्तमा नगरपालिकाले ५ लाख सहयोग गर्ने.

बुटवल । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका बाढी प्रभावित परिवारलाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राहतस्वरुप ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । असार १ गते आएको बाढीले मेलम्ची नगरपालिकामा ठूलो धनजनको क्षति भएकोले विपद्को समयमा राहतस्वरुप ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । ‘एउटा पालिकामा विपद् पर्दा अर्को पालिकाले सक्दो सहयोग […]

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या.

काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको छ । प्रहरीले उनको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको बताए । ‘टाउकोमा गह्रुंगो वस्तुले हिर्काएको देखिएको छ,’ उनले […]