Sajhamanch Archive

टिपरको ठक्करबाट काँग्रेस धनकुटाका सचिव र बैंकका कर्मचारीको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on टिपरको ठक्करबाट काँग्रेस धनकुटाका सचिव र बैंकका कर्मचारीको मृत्यु.

विराटनगर । मोरङको सुन्दरहरैचामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । आइतबार राति पौने ८ बजे भएको दुर्घटनामा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका ४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको मृत्यु भएको हो । थापा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव […]

२,४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on २,४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार संक्रमणदर २१.३ प्रतिशत छ । त्यस्तै पछिल्लो २४ घण्टामा […]

सेयर बजारमा उच्च अंकको गिरावट

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on सेयर बजारमा उच्च अंकको गिरावट.

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो (ठूलो अंकको गिरावट) आएको छ । कारोबार सुरु भएको केहि मिनेटसम्म उकालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बजार बन्दा हुँदा उच्च अंकको गिरावट देखियो । ३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९ सय ५ मा रोकिएको छ । नेप्सेमा कारोबार […]

विद्यालयले आफ्नो अनुकूलतामा कक्षा ११ को विद्यार्थी मूल्यांकन गर्न सक्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, by . Leave a Comment on विद्यालयले आफ्नो अनुकूलतामा कक्षा ११ को विद्यार्थी मूल्यांकन गर्न सक्ने.

काठमाडौं । विद्यालयहरुले आफ्नो अनुकूलतामा कक्षा ११ को विद्यार्थी मूल्यांकन गर्न सक्ने भएका छन् । गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार विद्यालयले विद्यार्थीको मूल्यांकन गर्नुपर्नेछ । कार्यविधिभित्र रहेर विद्यालयले आफ्नो अनुकूलतामा मूल्यांकन गर्न सक्ने राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले […]

प्रदेशका मन्त्रीसँग विपद् व्यवस्थापनबारे गृहमन्त्रीले गरे छलफल

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेशका मन्त्रीसँग विपद् व्यवस्थापनबारे गृहमन्त्रीले गरे छलफल.

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल गरेका छन् । मनसुन सुरु भएसँगै सुरु भएको विपद्को‌ विषयमा छलफल केन्द्रित रहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए । उनका अनुसार छलफलमा मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड १९ संकटको व्यवस्थापन तथा नियन्त्रणको विषयमा पनि कुराकानी हुनेछ । प्रदेशका एक मन्त्रीले बताएअनुसार […]

मेलम्चीमा राहत वितरणमा लफडा

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on मेलम्चीमा राहत वितरणमा लफडा.

मेलम्ची । राहत वितरण गर्न जानेले एक बोरा चामल दिएको पनि फोटो खिच्न थालेपछि सिन्धुपाल्चोक मेलम्चीवासीले असन्तुष्टि जनाएका छन् । बिहीबार एमाले निकट अनेरास्ववियूले राहत वितरण गर्दा घम्साघम्सी नै भयो । पार्टीको ब्यानर राखेको भन्दै स्थानीयले विरोध जनाए । स्थानीयले पार्टीको ब्यानर पनि च्यातिदिए । स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले नै हस्तक्षेप […]

महाकाली नदीमा बाढीले निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on महाकाली नदीमा बाढीले निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा.

धनगढी । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ । भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध शनिबार राति आएको बाढीले बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबारदेखि नै ड्याम काटिरहेको नदीले राति […]

लिपिङ नदीको पुलबाट आउ-जाउ गर्न रोकियो, अत्यावश्यक सामग्री ल्याउन समस्या

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on लिपिङ नदीको पुलबाट आउ-जाउ गर्न रोकियो, अत्यावश्यक सामग्री ल्याउन समस्या.

काठमाडौं । तातोपानी नाकाबाट सिन्धुपाल्चोक आउने सडक अवरुद्ध भएको छ । मितेरी पुलभन्दा अगाडि रहेको लिपिङ नदीको पुलमुनि नदीले कटान गरेपछि जोखिमका कारण सवारी साधनलाई रोक लगाइएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जोखिमका कारण पुलबाट यातायात सञ्चालन गर्न नदिइएको बताए । पुलको आधार क्षेत्र नै कटान भएपछि आउ-जाउ बन्द गरिएको हो । […]

बिरामी श्रीमानको मृत्युपछि अस्पतालमै आत्महत्या

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on बिरामी श्रीमानको मृत्युपछि अस्पतालमै आत्महत्या.

काठमाडौं । ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बिरामीको मृत्युपछि उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी छन् । म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेको ललितपुरकी प्रहरी उपरीक्षक किरण बज्रचार्यले जानकारी दिइन् । ‘क्यान्सरबाट पीडित श्रीमानलाई किमोथेरापी गराउन उनले केही दिन अगाडि काठमाडौं ल्याएकी रहिछन्’, एसपी […]

कञ्चनपुरमा २६ लाखको अवैध केराउ बरामद

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on कञ्चनपुरमा २६ लाखको अवैध केराउ बरामद.

धनगढी । कञ्चनपुरमा प्रहरीले झण्डै २६ लाख रुपैयाँ बराबरको अवैध केराउ बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी), जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको संयुक्त टोलीले बेलौरी नगरपालिका–२ स्थित भारतीय सीमा क्षेबाट भन्सार छली गरेर ल्याएको ६ सय ६० कठ्ठा केराउ बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर […]