Sajhamanch Archive

कांग्रेसका पूर्वसांसद कृष्णसिंह परियारको निधन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on कांग्रेसका पूर्वसांसद कृष्णसिंह परियारको निधन.

काठमाडौं । पूर्वसांसद कृष्णसिंह परियारको निधन भएको छ । नेपाली कांग्रेसका नेता परियारको ७५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको क्षेत्रीय सभापति माधव केसीले जानकारी दिए । उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । उनको बाँकेको नेपालगञ्जस्थित निवासमै निधन भएको हो । उनी २०४८ सालमा सांसद निर्वाचित भएका थिए । परियार निष्ठावान नेताका […]

सेयर बजारमा झिनो अंकको गिरावट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on सेयर बजारमा झिनो अंकको गिरावट.

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार ५२ अंकले घटेको नेप्से परिसूचक बिहीबार भने १ दशमलव ३ अंकले घटेर २ हजार ९ सय ६८ दशमल ४२ अंकमा झरेको छ । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त रहेको भन्दै मंगलबार ५१ कम्पनीको नाम नै तोकेर सूची सार्वजनिक गरेको […]

सिन्धुपाल्चोकमा बाढी पीडितका लागि काठमाडौं महानगरले २ करोड दिने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सिन्धुपाल्चोकमा बाढी पीडितका लागि काठमाडौं महानगरले २ करोड दिने.

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च […]

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सक्दैन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सक्दैन.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत माग गरिएको छ । प्रधानमन्त्री ओलीले भने अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गरेका छन् । अदालतमा लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संविधानको […]

प्रशासकीय अधिकृतलाई मार्ने धम्की दिएको आरोपमा कार्यालय सहयोगी पक्राउ

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on प्रशासकीय अधिकृतलाई मार्ने धम्की दिएको आरोपमा कार्यालय सहयोगी पक्राउ.

वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसित १५ लाख रुपैयाँ नदिए मार्ने धम्की दिएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सुवर्ण गाउँपालिका-४ हर्दिया टोलका २८ वर्षीय मुकेशप्रसाद यादव पक्राउ परेका हुन् । यादव गाउँपालिकामा नै करार सेवामा कार्यरत कार्यालय सहयोगी हुन् । प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवसँग अपरिचित नम्बरबाट फोन तथा म्यासेज […]

नेप्से परिसूचक ३ हजार तल झर्‍यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेप्से परिसूचक ३ हजार तल झर्‍यो.

काठमाडौं । सोमबार ३ हजार भन्दा माथि पुगेर नयाँ रेकर्ड कायम भएको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने ३ हजार भन्दा तल झरेको छ । बुधबार प्रिओपन सेसनमा नै ३२ अंकले घटेको नेप्से परिसूचक कारोबार खुला भएसँगै पनि ओरालो लागेको थियो । बजार बन्द हुँदा नेप्से परिसूचक ५२ दशमलव ४१ अंकले घटेर २ हजार […]

पार्टी एकता जोगाउन नेता खनालको अपिल

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on पार्टी एकता जोगाउन नेता खनालको अपिल.

काठमाडौं । थप उपचारका लागि भारतको नयाँ दिल्ली जाने तयारीमा रहेका नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता जोगाउन अपिल गरेका छन् । बुधबार दिउँसो वक्तव्य जारी गर्दै नेता खनालले देशको विथोलिएको राजनीति अवस्थाले आफूलाई चिन्तित बनाएको बताएका छन् ।

बाढी – पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने सरकारको निर्णय

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बाढी – पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने सरकारको निर्णय.

काठमाडौं । सरकारले सबै मन्त्रालयलाई परिचालित गरेर बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनालाई पारित गरेको राष्ट्रिय […]

सरकारलाई उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सरकारलाई उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह.

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी-पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा (जुगल)का अनुसार प्रचण्डले बुधबार बिहान टेलिफोन गरी स्थानीय सरकार, जिल्ला प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालित हुन निर्देशन दिएका हुन् । सापकोटाले भने, ‘अध्यक्ष प्रचण्डले सरकारलाई पनि बाढी पहिरो प्रभावितहरुको […]

सिंहदरबारमा विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सिंहदरबारमा विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु.

काठमाडौं । सिंहदरबारमा विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु भएको छ । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले क्षति पुर्‍याएको खबर सार्वजनिक भएलगत्तै समितिको बैठक सिंहदरबार सुरु भएको हो । बैठकमा सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था र गर्नुपर्ने कामका विषयमा छलफल हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका प्रमुख अनिल पोखरेलले जानकारी दिए […]