Sajhamanch Archive

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिंदै

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिंदै.

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ । उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ । ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा […]

पर्वतको सेतीवेणी बजार डुबानमा, १० घर विस्थापित

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on पर्वतको सेतीवेणी बजार डुबानमा, १० घर विस्थापित.

पर्वत। अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका-६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो । कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरुपमा डुबानमा परेको स्थानीयवासी तिलक […]

सेयर बजारमा ‘करेक्सन’, कारोबार रकम साढे १६ अर्ब नाघ्यो

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on सेयर बजारमा ‘करेक्सन’, कारोबार रकम साढे १६ अर्ब नाघ्यो.

काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने ‘करेक्सन’ देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३ हजार २२ दशमलव ११ अंकमा झरेको छ । उता ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२५ अंकले बढेको छ । […]

कर्णालीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कर्णालीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय.

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ । मंगलबार बसेको एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको एमाले सांसद सुशील कुमार थापाले जानकारी दिए । बैठकमा फ्लोर क्रस गरेका सांसद प्रकाश ज्वालासहित १६ जना सांसद सहभागी भएका थिए […]

आजबाट निषेधाज्ञा खुकुलो, स्टेशनरी र हार्डवेयर पसल पनि खुले

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on आजबाट निषेधाज्ञा खुकुलो, स्टेशनरी र हार्डवेयर पसल पनि खुले.

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजबाट थप एक साता लम्बिएको निषेधाज्ञा अघिल्लो पटकको भन्दा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनेसँगै उपत्यकामा मानिसहरुको चहलपहल बढेको छ । संक्रमण दर घट्दै गएकाले निषेधाज्ञा खुकुलो बनाउने निर्णय उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी […]

जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान दिने

Published: in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान दिने.

काठमाडौं । संघीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु.चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो […]

जनकपुर–जयनगर रेल सञ्चालनको तयारी गर्न मन्त्री नेम्वाङको निर्देशन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on जनकपुर–जयनगर रेल सञ्चालनको तयारी गर्न मन्त्री नेम्वाङको निर्देशन.

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल सञ्चालनको तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन् । मन्त्री नेम्वाङले पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्नेबित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका हुन् । नीतिगत, व्यवहारिक र प्राविधिक […]

कांग्रेस क्रियाशील सदस्य ; ३३ जिल्लाका ६५ स्थानको नामावली सार्वजनिक

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांग्रेस क्रियाशील सदस्य ; ३३ जिल्लाका ६५ स्थानको नामावली सार्वजनिक.

काठमाडौं । आगामी १४ औं महाधिवेशनको तयारीका लागि व्यस्त भएको नेपाली कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । यसअघि १०१ स्थानको नामावली सार्वजनिक गरेको कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको हो । कांग्रेसका क्रियाशील सदस्यताको नामावली अझै ७ जिल्लाबाट आउन बाँकी छ । छानविन […]

नेप्से परिसूचक ३ हजारले नाघ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेप्से परिसूचक ३ हजारले नाघ्यो.

काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कामय भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजारमाथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यसअघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड सोमबार नै तोडिएको छ । आइतबार कारोबार रकम पनि १९ अर्ब ५५ करोड रुपैयाँ नाघेर नयाँ रेकर्ड कायम […]

नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी चार महिनादेखि तलब नपाएको भन्दै आन्दोलित

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी चार महिनादेखि तलब नपाएको भन्दै आन्दोलित.

काठमाडौं । चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहान प्रशासन शाखामा भेला भएर उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता लगायतको माग गरेका छन् । नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने बताए । ‘असार २ गतेभित्र व्यवस्थापन […]