Sajhamanch Archive

एमाले बैठकमा मन्त्री श्रेष्ठको राजीनामा माग

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on एमाले बैठकमा मन्त्री श्रेष्ठको राजीनामा माग.

काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षा तथा स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग भएको छ । नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्ष एवम् पूर्वमन्त्री जगत विश्वकर्माले मन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन् । एमालेको नेता तथा मन्त्रीजस्तो व्यक्ति भएर जातीय विभेदको आरोप लागेको मान्छेलाई छुटाउन आफूले प्रयोग गर्दै आएको सरकारी गाडी […]

आज पनि प्रतिनिधिसभा विघटनका मुद्दामा सरकारी पक्षकै बहस

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on आज पनि प्रतिनिधिसभा विघटनका मुद्दामा सरकारी पक्षकै बहस.

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा आज पनि सरकार पक्षको बहस निरन्तर छ । हिजो र अस्ति पनि सरकारको पक्षमा बहस भएको थियो । अस्तिदेखि महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गरी बहस सुरु गर्नुभएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा बहस […]

काठमाडौंमा जोर बिजोरको आधारमा ठूला सार्वजनिक बस सञ्चालन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on काठमाडौंमा जोर बिजोरको आधारमा ठूला सार्वजनिक बस सञ्चालन.

काठमाडौं । उपत्यकासहित विभिन्न जिल्लामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ। कोरोना सङ्क्रमणदर केही कम भएपछि जनजीवन सहज बनाउन भन्दै निषेधाज्ञा खुकुलो बनाइएको हो । तर जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न र सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । विज्ञहरुले पनि निषेधाज्ञा खुकुलो भएको बेलामा सङ्क्रमण बढ्न सक्ने भएकाले विशेष ख्याल गर्न सुझाव […]

कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउन एमाले नेता माधवकुमार नेपालको अपिल

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउन एमाले नेता माधवकुमार नेपालको अपिल.

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउन अपिल गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा नेता नेपालले भण्डारीको नेतृत्वमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन समेतको अनुभवका आधारमा मार्क्सवाद सिर्जनात्मक प्रयोग र विकासको नयाँ आधार निर्माण गरेको स्मरण गरेका छन् । साथै उनले विद्यमान वैचारिक, राजनीतिक, सांस्कृतिक, आर्थिक विचलन, […]

रोपाइँको चटारोमा परेका किसानलाई डाक्टरको सुझाव–धान रोप्दा कम्तीमा ६ हातको दूरी कायम गरौँ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on रोपाइँको चटारोमा परेका किसानलाई डाक्टरको सुझाव–धान रोप्दा कम्तीमा ६ हातको दूरी कायम गरौँ.

काठमाडौं । देशका धेरै ठाउँमा अहिले धान रोपाइँ सुरु भएको छ । कोरोनाको जोखिमकै बीच खेतबारीको काम गर्नु पर्ने भएकाले स्वास्थ्य सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । लगाएको बाली भित्र्याउने र खेतबारी खाली गरी त्यहाँ रोपाइँ गर्ने हुँदा यतिबेला सामूहिक रुपमा खेतीपातीको काम हुने गरेको छ । तर यसरी सामूहिक रुपमा काम गर्दा कोरोना […]

नयाँ व्यवस्था अनुसार लाइसेन्सको लिखित परीक्षाका प्रश्नहरु सार्वजनिक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नयाँ व्यवस्था अनुसार लाइसेन्सको लिखित परीक्षाका प्रश्नहरु सार्वजनिक.

काठमाडौं । यातायात व्यवस्था विभागले नयाँ व्यवस्था अनुसार मोटरसाइकल तथा स्कुटरको लाइसेन्सको लिखित परीक्षाका लागि प्रश्नहरु सार्वजनिक गरेको छ । पाँच सय वटा प्रश्न सार्वजनिक गरेको र लाइसेन्सको लिखित परीक्षामा तिनैमध्येबाट २० वटा प्रश्न सोधिने विभागले जनाएको छ । एउटा प्रश्नको पाँच अङ्क दिइने र उत्तीर्ण हुनका लागि ८० अङ्क अर्थात कम्तीमा १६ वटा प्रश्नको […]

मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँको क्षति

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज, by . Leave a Comment on मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँको क्षति.

काठमाडौं । गएको हप्ताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै भने पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद […]

लुम्बिनी प्रदेश सभा बैठक बस्दै नबसी स्थगित

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on लुम्बिनी प्रदेश सभा बैठक बस्दै नबसी स्थगित.

रुपन्देही । लुम्बिनी प्रदेश सभाको आज (बुधवार) को बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । यसअघि असार १ गते प्रस्तुत भएको बजेटका विषयमा छलफल गर्न असार ६ गते बोलाइएको प्रदेश सभाको बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि आजका लागि बोलाइएको थियो । आज पनि विपक्षी दलहरूले बहिष्कार गर्ने भएपछि बैठक बस्दै नबसी स्थगित भएको हो […]

भारतमा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on भारतमा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो.

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या तीन करोड नाघेको छ । गएको २४ घण्टामा ५० हजार ८ सय ४८ जना संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या तीन करोड २८ हजार सात सय ९ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, भारतमा अहिलेसम्म २ करोड ८९ लाख ९४ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन् । यस्तै गएको […]

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुर मैदानमा आजदेखि प्रशिक्षण सुरु भएको हो । प्रशिक्षण अगाडि गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आजदेखि तयारी सुरु भएको हो । स्पेनमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाका लागि नेपाली टोलीले मुख्य प्रशिक्षक डेभ वाटमोरको […]