Sajhamanch Archive

भारतमा एकैदिन १ लाख ६८ हजार संक्रमित फेला, आईसीयू र भेन्टिलेटरको अभाव

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on भारतमा एकैदिन १ लाख ६८ हजार संक्रमित फेला, आईसीयू र भेन्टिलेटरको अभाव.

काठमाडौं । भारतमा एकैदिन एक लाख ६८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या कोरोना महामारी सुरु भएयता सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा पछिल्लो एक हप्ता लगातार दैनिक सवा लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदै आएकोमा हिजो एक लाख ६८ हजार नौ सय १२ जनामा पुष्टि भएर खराब रेकर्ड […]

चितवनमा ट्र्याक्टर दुर्घटना पाँचको मृत्यु

Published: (Updated: ) in समाज, by . Leave a Comment on चितवनमा ट्र्याक्टर दुर्घटना पाँचको मृत्यु.

काठमाडौं । चितवनको राप्ती नगरपालिका ११ मा मजदुर बोकेको ट्र्याक्टर पल्टिँदा ज्यान गुमाएका पाँच जनामध्ये चार जनाको परिचय खुलेको छ । राप्ती नगरपालिका ५ का ३५ वर्षका खडक लामा, खैरहनी नगरपालिका ९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका ४ का ४५ वर्षका सीताराम श्रेष्ठको परिचय खुलेको प्रहरीले जनाएको छ […]

आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी.

काठमाडौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ। चेन्नईमा गएराति भएको खेलमा कोलकाताले हैदराबादलाई १० रनले हराएको हो । कोलकाताले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन मात्रै बनाउन सक्यो । हैदराबादका मनिष पाण्डेले ६१ र जोनी ब्रेस्टोले ५५ […]

नेपालमा वर्षा र हावाहुरीले वायु प्रदूषण केही घट्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on नेपालमा वर्षा र हावाहुरीले वायु प्रदूषण केही घट्यो.

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेसँगै वायु प्रदूषण केही कम भएको छ । गएराति काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेको थियो । वायु प्रदूषण मापन गर्ने नेपालको एक्यूआई अहिले १५० भन्दा तल झरेको छ । यो लक्षित समूहहरुका लागि अस्वस्थ अवस्था हो । नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर […]

चार मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on चार मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण.

काठमाडौं । सांसद पद गुमाएपछि पुनर्नियुक्ति पाएका चार मन्त्रीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रीमा पुनर्नियुक्ति भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशङ्कर चौधरीले शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरूले यसअघिकै मन्त्रालयको जिम्मेवारी पाएका छन् । रायमाझीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्टले उद्योग, वाणिज्य तथा आपूर्ति, साहले सहरी […]

माओवादी केन्द्रले गृह मन्त्री थापालाई सांसदबाट हटायो

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी केन्द्रले गृह मन्त्री थापालाई सांसदबाट हटायो.

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृह मन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभामा आफ्नो सांसद् नरहेको सूचना सङ्घीय संसद् सचिवालयलाई दिएको छ । नेकपा एमाले प्रवेश गरेका गृह मन्त्री थापाले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद् सचिवालयमा पठाएको माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार अब बस्ने […]

राष्ट्रपतिबाट आज ६ सय ३३ जनालाई विभूषण प्रदान

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on राष्ट्रपतिबाट आज ६ सय ३३ जनालाई विभूषण प्रदान.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६ सय ३३ जनालाई विभिन्न पदकले विभूषित गरेकी छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषित गरेकी हुन् । २०७६ साल भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्यही वर्ष विभूषित गरिने भनिए पनि कोरोनाका कारण रोकिएको थियो । आज २०७६ सालमा नै घोषणा […]

उत्तर कोरियामा खाद्य सङ्कट आउन सक्ने : नेता किम

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by . Leave a Comment on उत्तर कोरियामा खाद्य सङ्कट आउन सक्ने : नेता किम.

 काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले आफ्ना नागरिकलाई गम्भीर र अप्ठ्यारो सङ्कटका लागि तयार रहन आग्रह गरेका छन् । नेता किमले आउँदै गरेको अवस्थालाई सन् १९९० दशकको गम्भीर भोकमरीसँग तुलना गरेका छन् । उत्तर कोरियाले कोरोना भाइरसको महामारीका कारण आफ्ना सीमा बन्द गरेको छ । जसका कारण चीनसँगको व्यापार तथा आयात निर्यात ठप्प […]

विराट गोल्डकप : उद्घाटन खेलमा विराटनगरको विजयी सुरुवात

Published: in खेलकुद, by . Leave a Comment on विराट गोल्डकप : उद्घाटन खेलमा विराटनगरको विजयी सुरुवात.

मोरङ । विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम विराटनगर महानगर ११ विजयी भएको छ । बिहीवार राति विराटनगरमा रहेको सहिद रङ्गशालामा भएको खेलमा युनाइटेड फुटबल क्लब सिक्किमलाई २.१ गोलले पराजित गर्दै विराटनगर दोश्रो चरणमा प्रवेश गरेको हो । निकै आक्रामक भएको खेलको सुरुवातमा विराटनगर ११ का प्रकाश बुढाथोकीले गोल गरेर टिमलाई अग्रता दिलाए […]

आउँदो जेठदेखि ७० प्रतिशत अङ्क ल्याए लाइसेन्सको ट्रायल पास

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आउँदो जेठदेखि ७० प्रतिशत अङ्क ल्याए लाइसेन्सको ट्रायल पास.

काठमाडौं । आउँदो जेठ १ गतेदेखि लागू हुने गरेर सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्सको परीक्षाका लागि नयाँ नियम ल्याएको छ । जेठ १ देखि लागू हुने गरेर सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकामा लिखित र प्रयोगात्मक दुवै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ । अहिले प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुने […]