Sajhamanch Archive

अब ग्राहकको चापअनुसार बैंक खुल्ने ; राष्ट्र बैंकको निर्देशन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on अब ग्राहकको चापअनुसार बैंक खुल्ने ; राष्ट्र बैंकको निर्देशन.

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । यसअघि फरक दिन, फरक ठाउँमा कोटा तोकेर सेवा दिइरहेका बैंक तथा वित्तीय संस्थाका शाखा अब आवश्यकता अनुसार खुला गर्न पाइनेछ । तर नजिक नजिकै रहेका दुई वा दुईभन्दा धेरै शाखा खोल्नुको साटो एउटै शाखाबाट सेवा […]

निजामती सरहकै सुविधा शिक्षकलाई पनि दिन कांग्रेसको माग

Published: in मिडियाबाट साभार, शिक्षा, समाज, by . Leave a Comment on निजामती सरहकै सुविधा शिक्षकलाई पनि दिन कांग्रेसको माग.

काठमाडौं । नेपाली कांग्रेसले आउँदो आर्थिक वर्षको बजेटमा निजामती कर्मचारी र शिक्षकको तलब र अन्य सुविधामा भेदभाव गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसको शिक्षा विभागले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधाको तुलनामा शिक्षक तथा प्राध्यापकको सेवा सुविधामा सरकारले विभेद गरेकाले त्यसलाई तत्कालै सच्याउन माग गरेको हो […]

जी-सेभेन राष्ट्रका नेताहरुको गरिब देशलाई सहयोग गर्ने प्रतिबद्धता

Published: in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on जी-सेभेन राष्ट्रका नेताहरुको गरिब देशलाई सहयोग गर्ने प्रतिबद्धता.

काठमाडौं । विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुको समूह जी-सेभेन राष्ट्रका नेताहरुले गरिब तथा विपन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विश्वमा चीनको बढ्दो प्रभाव रोक्न गरिब तथा अल्पविकसित देशलाई पूर्वाधार विस्तारमा सघाउने योजना जी-सेभेनले पास गरेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई सार्थक पार्नुपर्ने बताएका छन् । […]

निषेधाज्ञामा दैनिक १० लाख यातायात मजदुर बेरोजगार, ४० लाख परिवार समस्यामा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on निषेधाज्ञामा दैनिक १० लाख यातायात मजदुर बेरोजगार, ४० लाख परिवार समस्यामा.

काठमाडौं । निषेधाज्ञाको समयमा दैनिक झण्डै १० लाख यातायात मजदुरको रोजगारी गुमेको छ । निषेधाज्ञाका कारण सार्वजनिक गाडी नचल्दा यातायात क्षेत्रमा आबद्ध १० लाख मजदुर बेरोजगार भएका नेपाल यातायात व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार वैशाख १६ गतेदेखि भएको निषेधाज्ञाले यातायात व्यवसायमा आश्रित झण्डै ४० लाख परिवार समस्यामा परेका छन् । […]

नेप्से सामान्य घट्यो, एक दर्जन कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेप्से सामान्य घट्यो, एक दर्जन कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढ्यो.

काठमाडौं । कारोबार हुने हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । दिनभर उतारचढाव भएको नेप्से कारोबार बन्द हुने बेलामा एक दशमलव आठ अङ्कले घटेर दुई हजार नौ सय ४४ दशमलव ७८ विन्दुमा झरको छ । आज विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, लगानी र म्युचल फन्ड समूहको शेयर बढे पनि अरू […]

मन्त्रिपरिषद्ले पायो पूर्णता, चार बजे शपथ

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on मन्त्रिपरिषद्ले पायो पूर्णता, चार बजे शपथ.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । ओलीले एमाले, पूर्वमाओवादी समूह र जसपाका समेत नेता समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । मन्त्रीहरूको आजै चार बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयले जनाएको छ । गृह मन्त्रीमा खगराज अधिकारी, सञ्चारमा रामबहादुर थापाकी पत्नी नैनकला थापा र उद्योग मन्त्रीमा जसपाका राजकिशोर यादव नियुक्त भएका […]

निषेधाज्ञा  गर्ने जिल्लाको सङ्ख्या ७० , रसुवा र पाँचथरमा आजदेखि निषेधाज्ञा लागू

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on निषेधाज्ञा  गर्ने जिल्लाको सङ्ख्या ७० , रसुवा र पाँचथरमा आजदेखि निषेधाज्ञा लागू.

 काठमाण्डौं । कोरोना संक्रमणको उच्च जोखिमको कारण निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७० पुगेको छ । ७० वटा जिल्ला मध्ये सात जिल्लामा आंशिक र ६३ जिल्लामा जिल्लाभर निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ । रसुवा र पाँचथरमा लागू भएको निषेधाज्ञा आजदेखि सुरु भएको छ । यसैबीच काठमाण्डौ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस […]

देशका विभिन्न ठाउँमा मौसम बद्ली, प्रदेश १ र २ मा वर्षा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on देशका विभिन्न ठाउँमा मौसम बद्ली, प्रदेश १ र २ मा वर्षा.

काठमाडौं । अहिले प्रदेश १ र २ का केही ठाउँमा पानी परिरहेको मौमसविद्ले बताएका छन् । यी दुई प्रदेशमा बिहानदेखि पानी पर्न सुरु भएको र अहिले बिस्तारै कम हुँदै गएको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । अहिले प्रदेश एक र दुईमा पूर्ण र बाँकी प्रदेशका पहाडी भूभागमा मौसम सामान्य बद्ली रहेको र दिउँसो पनि देशका धेरैजसो […]

साउन १ गतेदेखि श्रमिकको यूनतम तलब १५ हजार, राजपत्रमा सूचना प्रकाशित

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on साउन १ गतेदेखि श्रमिकको यूनतम तलब १५ हजार, राजपत्रमा सूचना प्रकाशित.

काठमाडौं । श्रमिकले आउँदो साउन १ गतेदेखि १५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने भएका छन् । सरकारले न्यूनतम मासिक पारिश्रमिक १५ हजार पुर्याउने गरी राजपत्रमा सूचना प्रकाशित गरेसँगै चिया बगानमा काम गर्नेबाहेकका श्रमिकले साउनदेखि १५ हजार रुपैयाँ तलब पाउने भएका हुन् । नयाँ न्यूनतम पारिश्रमिकमा ९ हजार ३ सय ८५ आधारभूत पारिश्रमिक र ५ हजार […]

बिहीवारदेखि अन्तर्राष्ट्रिय उडान बन्द, भारतमा हप्तामा दुई वटा फ्लाइट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बिहीवारदेखि अन्तर्राष्ट्रिय उडान बन्द, भारतमा हप्तामा दुई वटा फ्लाइट.

काठमाडौं । सरकारले आउँदो बिहीवारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ गते बिहीवार राति १२ बजेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए । तर भारतसँग भने हप्तामा दुई वटा उडान गर्ने सरकारको निर्णय छ । आन्तरिक उडान आजै रातिदेखि बन्द हुँदैछन् । […]