Sajhamanch Archive

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाल सुपर लिगमा आज दुई खेल हुँदै.

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुने पहिलो खेलमा एफसी चितवन र बुटवलको लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । चितवनले पहिलो खेल ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो भने बुटवल लुम्बिनीले पोखरा थन्डर्सलाई २–० ले पराजित गरेको थियो । यस्तै […]

भारतको असाममा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by . Leave a Comment on भारतको असाममा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प.

 काठमाडौं । भारतको उत्तर पूर्वी राज्य असाममा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार आज बिहान ७ बजेर ५१ मिनेटमा भूकम्प गएको त्यहाँको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । असामको ठूलो सहर गुहाहिटीबाट १ सय ४० किलोभिटर उत्तरमा रहेको धेकियाजुली भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको […]

बिहीवारदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द हुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, समाज, by . Leave a Comment on बिहीवारदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द हुने.

काठमाडौं । यातायात व्यवस्था विभागले आउँदो बिहीवारदेखि सवारी चालक अनुमति पत्र लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द गर्ने भएको छ । विभागले सूचना निकालेर कोरोना महामारीका कारण वैशाख १६ गते बिहीवारदेखि अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन प्रणाली बन्द गर्ने जानकारी गराएको हो । गएको वर्ष लकडाउन तथा निषेधाज्ञाले झण्डै १० महिनासम्म सवारी चालक अनुमति पत्रको […]

कोरोनाको कारण बालाजु २२ धारा मेला स्थगित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on कोरोनाको कारण बालाजु २२ धारा मेला स्थगित.

काठमाण्डौ । प्रत्येक वर्ष चैत्रशुक्ल पूर्णिमाका दिन स्नान मेला लाग्ने बालाजु बाइस धारा मेला यसवर्ष स्थगन गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलन थालेपछि मेला स्थगन गरिएको काठमाण्डौ महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिएका छन् । प्रत्येक वर्ष चैत्रशुक्ल चतुर्दशीको बेलुकी पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गरेका विशेषगरी […]

काठमाडौंसहित अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्को निर्णय

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on काठमाडौंसहित अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्को निर्णय.

 काठमाडौं । सरकारले काठमाण्डौ उपत्यकाका तीनसहित कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यसअघि काठमाण्डौ, ललितपुर र भक्तपुरमा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा भएको भएपनि मन्त्रिपरिषद्को सोमवार रातिको बैठकले भने १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक बस्नुभन्दा अघि काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ७ दिनको […]

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह.

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योग, व्यवसाय केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योग, व्यवसाय केही समय बन्द गर्न आग्रह गरेको हो । मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डाक्टर […]

मनमोहन अधिकारीको २२ औं स्मृति दिवस मनाइँदै

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on मनमोहन अधिकारीको २२ औं स्मृति दिवस मनाइँदै.

काठमाण्डौ । काठमाण्डौ नेकपा एमालेका संस्थापक अध्यक्ष एवम् प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२ औं स्मृति दिवस मनाइँदै छ । उनको स्मृतिमा नेकपा एमाले र मनमोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष काठमाण्डौमा कार्यक्रम आयोजना गर्ने गरे पनि कोरोना सङ्क्रमणका कारण यसवर्ष औपचारिक कार्यक्रम भने राखिएको छैन् । स्मृति दिवसका अवसरमा सन्देश दिँदै उपप्रधानमन्त्री एवम् मनमोहन प्रतिष्ठानका […]

कोभिसिल्ड भ्याक्सिन उत्पादनका लागि अमेरिकाले कच्चा पदार्थ आपूर्ति गर्ने

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on कोभिसिल्ड भ्याक्सिन उत्पादनका लागि अमेरिकाले कच्चा पदार्थ आपूर्ति गर्ने.

काठमाडौं । कोरोना विरुद्धको कोभिसिल्ड भ्याक्सिन उत्पादनका लागि अमेरिकाले कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने भएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै महामारीको सुरुमा भारतले अमेरिकालाई आवश्यक सहयोग गरेकाले अहिले आफूहरुले सहयोग गर्न चाहेको र भ्याक्सिन उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने जानकारी दिए । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र […]

आईपीएल : हैदराबादसँगको खेलमा दिल्ली सुपर ओभरमा विजयी

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on आईपीएल : हैदराबादसँगको खेलमा दिल्ली सुपर ओभरमा विजयी.

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गएराति चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै दिल्ली चौथो पटक विजयी भएको हो । जितसँगै दिल्ली खेल तालिकाको दोस्रो स्थानमा पुगेको छ । दिल्लीले ५ खेलमा ८ अङ्क जोडेको छ । दिल्लीले दिएको १६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको […]

कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल, पाँच लाख जरिवाना

Published: in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल, पाँच लाख जरिवाना.

काठमाण्डौ । खाडी देश साउदी अरेबियाले जानाजान कोरोना भाइरसको सङ्क्रमण फैलाउने जोकोहीलाई कडा कारबाही गरिने घोषणा गरेको छ । साउदीले आफूले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरेको साउदीका अधिकारीहरुलाई उदृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ । गल्फ न्युजका अनुसार साउदी सार्वजनिक अभियोजनले जानाजान कोरोना सङ्क्रमण […]