Sajhamanch Archive

बहुमतको सरकारसँग निहुँ खोज्दैनौँ, नेतृत्व गर्ने अवस्था आए पछि हट्दैनौँ सभापति देउवा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, समाज, by . Leave a Comment on बहुमतको सरकारसँग निहुँ खोज्दैनौँ, नेतृत्व गर्ने अवस्था आए पछि हट्दैनौँ सभापति देउवा.

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् । आइतबार आफ्नो निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन् । तर नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने बताए । […]

सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै.

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशनको तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् । कांग्रेसले गएको चैत ३० गते केन्द्रीय समिति बैठक राखेको थियो । तर, वरिष्ठ नेता रामचन्द्र […]

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य.

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रवार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा ८१ करोड रुपैयाँ घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो । निगमका अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको हो । हिजो मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेलमा […]

नेपाली महिलाद्वारा पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाली महिलाद्वारा पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण.

काठमाडौंं । नेपाली महिलाहरूले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक कम्पनीमार्फत आरोहणमा गएका पाँच जना महिलाले शुक्रवार दिउँसो अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिटका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिए । सफल आरोहण गर्नेहरूमा माया शेर्पा, डावुटी शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता, दावा याङ्जुम शेर्पा र पूर्णिमा श्रेष्ठ रहेका छन् […]

३७ वर्षअघि चोरी भएर अमेरिका पुगेको दुर्लभ मूर्ति नेपाल फर्काइयो

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on ३७ वर्षअघि चोरी भएर अमेरिका पुगेको दुर्लभ मूर्ति नेपाल फर्काइयो.

काठमाण्डौ । नेपालको ललितपुरबाट चोरी भएर अमेरिकामा पुगेको दुर्लभ मूर्ति नेपालमा फिर्ता ल्याइएको छ । अमेरिकाको टेक्सास राज्यको डालस पुगेको बहुमूल्य लक्ष्मी नारायणको मूर्ति बिहीवार काठमाण्डौ ल्याएर सार्वजनिक गरिएको हो । पाटनको पटको टोलमा रहेको लक्ष्मीनारायण मन्दिरबाट सन् १९८४ मा हराएको लक्ष्मीनारायण वासुदेव कमलाजा मूर्ति बिहीवार सार्वजनिक गरिएको हो। लक्ष्मी नारायणको मूर्ति पुरातत्व विभागले जिम्मा […]

म्यानमारमा सुरक्षाकर्मीबाट कम्तीमा ५१ जना बालबालिकाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, समाज, by . Leave a Comment on म्यानमारमा सुरक्षाकर्मीबाट कम्तीमा ५१ जना बालबालिकाको मृत्यु.

काठमाडौं । म्यानमारमा सुरक्षाकर्मीको तर्फबाट कम्तीमा ५१ जना बालबालिकाको ज्यान गएको विवरण सार्वजनिक भएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीको तर्फबाट भएको हिंसामा परि उनीहरुको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको हो । आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीले गरेको आक्रमणका क्रममा उनीहरूको ज्यान गएको राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजार्रिकले बताएका छन् । गएको फेब्रुअरी १ देखि अहिलेसम्म म्यानमारमा आन्दोलनका क्रममा […]

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता.

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सरकारले प्रदेश सभामै अविश्वासको प्रस्ताव दर्ता हुने डरले रातारात अधिवेशन अन्त्य गरेपनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाले गुरुङविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । अविश्वासको प्रस्ताव दर्ता गराउन १५ जना सांसद आवश्यक पर्ने भएपनि २८ जना सांसदको […]

नेपालगञ्जका विद्यालय एक हप्ता बन्द गर्ने निर्णय

Published: in शिक्षा, समाज, by . Leave a Comment on नेपालगञ्जका विद्यालय एक हप्ता बन्द गर्ने निर्णय.

बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा यही शुक्रवारदेखि एक हप्ताका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीवार बसेको बैठकले एक हप्ताका लागि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको उपमेयर उमा थापा मगरले जानकारी दिइन् । नेपालगञ्जमा कोभिड–१० सङ्क्रमण तीव्र गतिमा बढेपछि उपमहानगरपालिकाभित्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको हो […]

जीप दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on जीप दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द.

 प्युठान । प्युठानमा हिजो जीप दुर्घटनामा परि ज्यान गुमाएकाको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द गरिएको छ । दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्य पन्थी, खरिदार ईश्वरी भण्डारी, यम लालपन्थी र चालक केशव कार्कीको जीप दुर्घटनामा ज्यान गएपछि प्रशासनले शोकमा कार्यालय बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन […]

भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका सिल

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका सिल.

काठमाडौं । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा […]