Sajhamanch Archive

के च्याट जीपीटीले तपाईंको जागिर खोस्दैछ ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, , by . Leave a Comment on के च्याट जीपीटीले तपाईंको जागिर खोस्दैछ ?.

च्याट जीपीटीको उत्तर छः ‘च्याट जीपीटी तीव्र रूपमा परिष्कृत हुँदै गइरहेको छ । यसले बृहत् क्षेत्रमा काम गर्न सक्छ । तर यसले सबै अवस्थामा मान्छेका काम भने विस्थापित गर्न सक्दैन ।’ विज्ञ भन्छन्ः ‘एआईको सहयोगले आर्थिक फाइदालाई बढाउन र नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नीति निर्माताहरूले समाजका सबै पक्षको हितमा काम गर्नुपर्ने देखिन्छ ।’ काठमाडौँ । […]

भारतमा कोरोनाको संक्रमित बढदै मृत्यु हुनेको सँख्या बढयो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विश्व समाचार, by . Leave a Comment on भारतमा कोरोनाको संक्रमित बढदै मृत्यु हुनेको सँख्या बढयो.

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणको ‘सुनामी’ देखिएको छ ।एकैदिन करिब ३ लाख ५० हजार संक्रमित, २७६७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ४९ हजार ६ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । तीन लाखभन्दा बढी संक्रमित थपिएको […]

भारतमा एकैदिन ३ लाख १४ हजारभन्दा बढीलाई कोरोना संक्रमण, २१०४ को मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा एकैदिन ३ लाख १४ हजारभन्दा बढीलाई कोरोना संक्रमण, २१०४ को मृत्यु.

काठमाडौँ । भारतमा एकैदिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ३ लाख १४ हजार ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै देशमा २४ घण्टाभित्र यति धेरै संख्यामा संक्रमण भएको यो विश्वकै पहिलो घटना हो । यसअघि गत जनवरी […]

राष्ट्रपति भण्डारीद्वारा संसद् अधिवेशन अन्त्यको घोषणा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रपति भण्डारीद्वारा संसद् अधिवेशन अन्त्यको घोषणा.

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकको सिफारिसबमोजिम उनले दिउँसो एक बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । राष्ट्रपति कार्यालयले सोमबारै संसद् अधिवेशन अन्त्य गरेको पत्र संसद् सचिवालयलाई पठाएको छ । पत्रमा राष्ट्रपतिले भनेकी छन्, ‘नेपालको संविधानको धारा ९३ को […]

नेपालगन्जका विद्यालय एक साता बन्द गर्न, उपमहानगरको निर्णय

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on नेपालगन्जका विद्यालय एक साता बन्द गर्न, उपमहानगरको निर्णय.

    नेपालगन्ज । कोरोना संक्रमण तीव्र भएपछि नेपालगन्ज उपमहानगरपालिकाले आगामी आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बिहीबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो नेपालगन्ज उपहानगरकी उपप्रमुख उमा थापामगरले आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय भएको बताइन् । ‘विद्यालयमा संक्रमण तीव्र रूपले फैलिएकाले पठनपाठन बन्द […]

देशका विभिन्न ५० स्थानमा बिजुली गाडीको बाटो

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, समाज, by . Leave a Comment on देशका विभिन्न ५० स्थानमा बिजुली गाडीको बाटो.

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले एक वर्षभित्र देशका विभिन्न ५० स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरेको विषय सकारात्मक छ । पहल सानै भए पनि यसको संकेत र सन्देश महत्त्वपूर्ण छ । विद्युतीय गाडीहरूलाई प्राथमिकता दिने सवालमा सरकार अझ प्रतिबद्ध भएर अघि बढ्ने हो भने पक्कै पनि यो कदम कार्बन उत्सर्जन कम गर्ने तथा प्रदूषण घटाउने […]

पाथीभरामा केबलकार निर्माणकार्य अघि नबढाउन चेतावनी

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पाथीभरामा केबलकार निर्माणकार्य अघि नबढाउन चेतावनी.

ताप्लेजुङ । मुक्कुमलुङ संघर्ष समितिले पाथीभरामा केबलकार निर्माण अघि नबढाउन चेतावनी दिएको छ । पाथीभरा देवी दर्शन केबलकार प्रालिले आयोजनाको शिलान्यासको तयारी गरिरहँदा संघर्ष समितिले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । समितिले सदरमुकाम फुङलिङदेखि काठमाडौंसम्म गरिने विरोधका कार्यक्रम तय गरेको छ, जसमा जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द समूह, संघीय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मंगोल […]

इटहरीको प्लाई उद्योगमा आगलागी

Published: in समाज, by . Leave a Comment on इटहरीको प्लाई उद्योगमा आगलागी.

इटहरी । सुनसरीको इटहरी खनारस्थित तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भएको छ । आगलागीबाट उद्योगमा रहेको तयारी प्लाई जलेर नष्ट भएको भएको छ । उद्योगबाट सामानहरु निकाल्ने काम भइरहेको छ । आगलागीको कारण भने खुलेको छैन । सोमबार बिहान सवा सात बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक केशव […]

चीनले दिएको कोरोनाविरुद्धको खोप बुधबारदेखि लगाइने

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on चीनले दिएको कोरोनाविरुद्धको खोप बुधबारदेखि लगाइने.

काठमाडौँ । चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप बुधबारदेखि लगाउन सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड १९ को ब्रिफिङका लागि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले चीन सरकारबाट प्राप्त खोप चैत २५ गते बुधबारबाट काठमाडौंका तोकिएका अस्पतालमा दिने प्रबन्ध मिलाइएको जानकारी दिएका हुन् । अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु, चिनियाँ […]

शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ : सभापति देउवा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ : सभापति देउवा.

काठमाडौँ  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताएका छन् । नेपाल शिक्षक संघको संघीय प्रतिनिधिसभा उद्घाटन समारोहलाई शनिबार राजधानीमा सम्बोधन गर्दै सभापति देउवाले शिक्षाका सन्दर्भमा गरिएका व्यवस्थाको समीक्षा गर्नुपर्ने हालसम्मको अभ्यासबाट देखिएकाले त्यसतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । शिक्षाका विषयमा संविधानमा व्यवस्था कार्यान्वयन हुँदा पनि समस्या […]