Sajhamanch Archive

अर्थोडक्स चिया १ केजीको १० हजार रुपैयाँमा बिक्री

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, by . Leave a Comment on अर्थोडक्स चिया १ केजीको १० हजार रुपैयाँमा बिक्री.

इलाम । नेपालमा पहिलो पटक लिलामीमार्फत चिया बिक्री भएको छ । शनिबार इलामको कन्याममा ‘डेमो अक्सन’मार्फत प्रतिकेजी १० हजार रुपैयाँमा चिया बिक्री भएको हो । एकजना अमेरिकीले प्रतिकेजी १० हजारका दरले ‘अर्थोडक्स ब्ल्याक टी’ खरिद गरेका हुन् । अमेरिकी नागरिक जेनीले लिलाम बढाबढमा ५ केजी अर्थोडक्स चिया ५० हजार रुपैयाँमा खरिद गरेकी हुन् । सूर्योदय […]

कित्ताकाट खुलाउने मन्त्रिपरिषद् निर्णयले पाएन वैधता, सरकारको निर्णय गलत !

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, by . Leave a Comment on कित्ताकाट खुलाउने मन्त्रिपरिषद् निर्णयले पाएन वैधता, सरकारको निर्णय गलत !.

काठमाडौँ । जग्गा कित्ताकाट सम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाइएको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार जग्गा कित्ताकाट सम्बन्धी विषयलाई समितिमा पठाउने निर्णय गरेको भौतिक मन्त्री प्रकाश ज्वालाले बताए । यही वैशाख ५ मा बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग सम्बन्धी पहिलो संशोधन नियमावली, २०७९ स्वीकृत गर्दै कित्ताकाट खुला गरेको थियो । ‘भू–उपयोग सम्बन्धी पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने […]

एमालेको खनाल–नेपाल समूहले परिस्थिति हेरेर भावी सत्ता समीकरणबारे निर्णय गर्ने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमालेको खनाल–नेपाल समूहले परिस्थिति हेरेर भावी सत्ता समीकरणबारे निर्णय गर्ने.

काठमाडौँ । एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले परिस्थिति हेरेर भावी सत्ता समीकरणबारे थप निर्णय लिने र्णिय गरेको छ । मंगलबार खनाल र नेपाल समूहको झण्डै चार घण्टा भर्चुअल छलफलपछि परिस्थिति हेरेर निर्णय लिने निष्कर्ष निकालेको हो । साथै यो समूहले नयाँ सरकार गठनमा आफूहरुको निर्णायक भूमिका नरहने पनि बताएको छ । परिस्थिति हेरेर […]

म्यान्मार सेनाको गोलीबाट नेपालीभाषी दम्पतीको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, समाज, by . Leave a Comment on म्यान्मार सेनाको गोलीबाट नेपालीभाषी दम्पतीको मृत्यु.

काँकडभिट्टा । म्यान्मार सेनाको गोलीबाट मंगलबार नेपालीभाषी दम्पतीको मृत्यु भएको छ । भारतको सीमावर्ती सहर मोरे (मणिपुर) पारिको बर्मेली सहर टमुका बासिन्दा किसन गौतम र उनकी श्रीमती हरिमाया गौतमको गोली लागेर मृत्यु भएको हो । गौतम दम्पती नजिकैको गोठबाट घर फर्किंदै थिए । म्यान्मारको जगाईं प्रान्तमा पर्ने सानो सहरको नाम हो टमु । यो सानो […]