Sajhamanch Archive

करिब ३० हजार शिक्षकले चैतको पेन्सन पाएनन्

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, by . Leave a Comment on करिब ३० हजार शिक्षकले चैतको पेन्सन पाएनन्.

काठमाडौं । राजस्व असुली कम भएर राज्यको ढुकुटीमा प्रेसर पर्न थालेपछि शिक्षकहरूको पेन्सन रोकिएको छ । निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार बजेट अपुग भएकाले पेन्सन भुक्तानी भएको छैन । अहिले पेन्सनधारी शिक्षकहरूको संख्या ५१ हजार ३०८ छ, त्यसमध्ये करिब ३० हजार शिक्षकले चैतको पेन्सन पाएका छैनन् । राजस्व असुली कम भएकाले अर्थ मन्त्रालयले पेन्सन बापतको रकम निकासामा ढिलाइ गरेको […]

नातेदार उम्मेदवार, नौ जोडी त दम्पत्ती नै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नातेदार उम्मेदवार, नौ जोडी त दम्पत्ती नै.

काठमाडौं । विभिन्न दलबाट दम्पतीसहित तीन दर्जनभन्दा बढी नातेदार चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवार छनोटमा मनोमानी भएको भन्दै हरेक दलमा असन्तुष्टि छ । नेतृत्वले भूमिका र योगदानकै आधारमा परिवारका सदस्य उम्मेदवार बनेको बताए पनि विश्लेषकहरू भने यसलाई लोकतन्त्रका लागि ‘अस्वाभाविक’ मान्छन् । संघ र प्रदेश सभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नौ नेताका दम्पती नै उम्मेदवार छन् । अरू […]

माधब नेपालको साथ छाड्नेहरू एमालेमै रहलान् कि उनैलाई पछ्याउलान् ?

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माधब नेपालको साथ छाड्नेहरू एमालेमै रहलान् कि उनैलाई पछ्याउलान् ?.

काठमाडौं । पटक–पटक अपमान र कारबाही झेलेपछि वरिष्ठ नेता माधवकुमार नेपाल एमाले केन्द्रीय कमिटीका ५८ जना सदस्य लगायतको हस्ताक्षर बोकेर एमाले (समाजवादी) दर्ता गर्न निर्वाचन आयोग पुगे। सुरुवाती चरणमा चयन भएको नाम परिवर्तन गरेर अहिले प्रस्तावित पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) राखिएको छ। यो प्रक्रिया सुरु हुँदै गर्दा एमाले विधिगत रूपमा विभाजन भएको देखिन्छ। पार्टीको […]

गर्भवतीलाई कोभिडविरुद्धको भ्याक्सिन दिन सिडिसीको स्वीकृति, नेपालमा छुट्टै व्यवस्था छैन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on गर्भवतीलाई कोभिडविरुद्धको भ्याक्सिन दिन सिडिसीको स्वीकृति, नेपालमा छुट्टै व्यवस्था छैन.

काठमाडौं । गर्भवती र स्तनपान गराइरहेका महिलाका लागि समेत कोभिड विरुद्धका भ्याक्सिन सुरक्षित रहेको पुष्टि भएको छ । यसैकारण, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले गर्भवती र स्तनपान गराइरहेका महिलाले खोप लगाउन सक्ने गरी स्वीकृति दिएको छ । पछिल्लो समय भएका अध्ययनले गर्भवती महिला र गर्भमा रहेको शिशुमा खोपले असर नगर्ने पुष्टि गरेपछि आमा र शिशुलाई […]

बुधबारदेखि सेवा छाड्ने बिपी प्रतिष्ठानका चिकित्सकहरूको चेतावनी 

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on बुधबारदेखि सेवा छाड्ने बिपी प्रतिष्ठानका चिकित्सकहरूको चेतावनी .

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति सुधारका लागि ४६ दिनदेखि आन्दोलनरत संयुक्त संघर्ष समितिले बुधबारदेखि अस्पतालको सेवामा हाजिर नहुने चेतावनी दिएको छ । शुक्रबार सरोकारवालाहरूसँग जुम मिटिङ गरेर बुधबारभित्र पनि प्रतिष्ठानको समस्या समाधान नगरे प्रतिष्ठानका सेवामा हाजिर नहुने जानकारी गराएका हुन् । प्रतिष्ठानको समस्याका विषयमा प्रधानमन्त्रीको कार्यालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा जाँचबुझ समितिले […]

प्रधानमन्त्री ओलीका लागि विश्वासको मत र नयाँ गठबन्धन अझै अस्पष्टः सहमतिका लागि माधव नेपालको ६ बुँदे प्रस्ताव

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री ओलीका लागि विश्वासको मत र नयाँ गठबन्धन अझै अस्पष्टः सहमतिका लागि माधव नेपालको ६ बुँदे प्रस्ताव.

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अपेक्षा गरेअनुसार संसद्को विश्वासको मत पाउने सम्भावना क्षीण भएको छ । तर, नयाँ गठबन्धनको सरकार बन्ने सम्भावना भने अनिश्चित नै छ । प्रधानमन्त्रीमाथि संसद्को विश्वास छ कि छैन भनेर स्पष्ट गर्न सोमबार अपराह्न १ बजे प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । तर, आफ्नै दलभित्र विश्वासको वातावरण बनाउन नसकेका ओलीलाई प्रतिपक्षी जसपाले मत […]

स्कुल तत्काल बन्द नगर्ने सरकारको निर्णय, स्वास्थ्य मापदण्ड कडाइकासाथ पालनामा जोड

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्वास्थ्य, by . Leave a Comment on स्कुल तत्काल बन्द नगर्ने सरकारको निर्णय, स्वास्थ्य मापदण्ड कडाइकासाथ पालनामा जोड.

काठमाडौं । कोरोना संक्रमण बढे पनि शैक्षिक लगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भए पनि अझै केही दिनको ‘ट्रेन्ड’ हेरेर मात्र थप रणनीति तय गर्ने निर्णय भएको छ ।  कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले भने केही साता विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्ले स्वास्थ्य […]

डा. सिंह प्रहरीको एआइजी पक्का !

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on डा. सिंह प्रहरीको एआइजी पक्का !.

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको सिफारिस उजुरी सुन्ने समितिले सदर गरेको छ । गृहसचिव प्रेमकुमार राई नेतृत्वको बढुवा सिफारिस समितिले डा. आशा सिंहलाई एआइजी बढुवामा सिफारिस गरेको थियो । जुनियर डिआइजीलाई सिफारिस गरेको भन्दै अर्का डिआइजी डा. मिनराज पाठकले उजुरी गरेका थिए । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली नेतृत्व उजुरी सुन्ने […]