Sajhamanch Archive

अफगानिस्तानलाई दिँदै आएको अनुदान  विश्व बैंकद्वारा निलम्बन

Published: in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on अफगानिस्तानलाई दिँदै आएको अनुदान  विश्व बैंकद्वारा निलम्बन.

काठमाडौं । विश्व बैंकले अफगानिस्तानलाई दिँदै आएको अनुदान निलम्बन गरेको छ । तालिबानले अफगानिस्तान कब्जा गरेपछि विश्व बैंकले अफगानिस्तानका परियोजनाहरूको सहयोग रकम रोक्का गरेको हो । बैंकले सन् २०२१ मा अफगानिस्तानको लागि ७८४ डलर विकास कोषको प्रतिबद्धता गरेको थियो । तालिबानको नियन्त्रणले देशको विकासका सम्भावनाहरू, विशेषगरी महिलाका लागि कस्तो प्रभाव पार्नेछ भन्ने चासोको विषय भएको […]

फाइजरको खोप १२ वर्ष मुनिका बालबालिकालाई नदिन एफडीएको चेतावनी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on फाइजरको खोप १२ वर्ष मुनिका बालबालिकालाई नदिन एफडीएको चेतावनी.

अमेरिका । अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए)ले पर्याप्त अध्ययन नभएको भन्दै १२ वर्ष भन्दा मुनिका बालबालिकालाई फाइजरको कोभिड–१९ खोप नलगाउन अभिभावक र औषधि आपूर्तिकर्तालाई चेतावनी दिएको छ । फाइजरको कोभिड–१९ खोप १६ वर्ष भन्दा माथिका व्यक्तिको लागि प्रयोग गर्न सोमबार नै पूर्ण स्वीकृति दिएको एफडीएले बालबालिकामा यस खोपको असरको बारेमा आवश्यक […]

राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट बाहिरिए १४ खेलाडी

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट बाहिरिए १४ खेलाडी.

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन् । राष्ट्रिय टिमको प्रारम्भिक बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका हुन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणमा १४ खेलाडीलाई टिम बाहिर राख्दै ३६ खेलाडी छनोट गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक बन्द प्रशिक्षणमा परेका मध्ये १४ खेलाडी बाहिरिएको जनाएको छ […]

कोरोनाले थप १२ जनाको मृत्यु, २ हजार ३९८ संक्रमित थपिए

Published: in समाज, स्वास्थ्य, by . Leave a Comment on कोरोनाले थप १२ जनाको मृत्यु, २ हजार ३९८ संक्रमित थपिए.

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३९८ जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार १२ वटा नमूनाको परीक्षण गर्दा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु पुष्टि भएको छ, योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ । […]

वेस्ट इन्डिजले दुई खेलअगावै जित्यो अष्ट्रेलियाविरुद्धको सिरिज

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on वेस्ट इन्डिजले दुई खेलअगावै जित्यो अष्ट्रेलियाविरुद्धको सिरिज.

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजले अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । मंगलबार बिहान भएको तेस्रो टी–ट्वान्टीमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै वेस्ट इन्डिजले सिरिज आफ्नो पक्षमा पारेको हो । वेस्ट इन्डिजले पाँच खेलको टी–ट्वान्टी सिरिजमा ३–० को जित निकालेको हो । डारेम सम्मे क्रिकेट स्टेडियममा अष्ट्रेलियाले दिएको १४१ रनको लक्ष्य वेस्ट इन्डिजले १४ ओभर […]

औद्योगिक करिडोरका एक लाख मजदुर खोपको प्रतीक्षामा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, स्वास्थ्य, by . Leave a Comment on औद्योगिक करिडोरका एक लाख मजदुर खोपको प्रतीक्षामा.

विराटनगर । हुलास वायरर्समा निकै लामो समयदेखि कार्यरत सूर्यकुमार गिरी कोरोनाकालमा उद्योगको बहिर्गमनमा परे । उनीजस्ता अरु मजदुरहरुलाई पनि उद्योगले बिदाबारी गरिदियो । यसको विरोधमा उनीहरु श्रम कार्यालय पुगे । गिरीले आफूहरुलाई बेरोजगार बनाइन नहुने बताउँदै भने, “कोरोनामा खोपबिनै हामीले जोखिम मोलेर काम गरिरहेका थियौँ । तर, बहिर्गमनमा परियो ।” गिरीले खोप नपाए पनि काम […]

तनहुँमा पहिरोमा पुरिएर एकजना बेपत्ता

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on तनहुँमा पहिरोमा पुरिएर एकजना बेपत्ता.

दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एकजना बेपत्ता भएका छन् । ऋषिङ–८, माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरोमा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । श्रेष्ठका अनसार आज बिहान ५ः३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरो खस्दा पुरेको हो । “श्रृंगपथ तलबाट पहिरो खसेको छ,” उनले भने । बेपत्ताको स्थानीयवासीले खोजीकार्य गरिरहेका […]

डेल्टा भेरियेन्ट नियन्त्रण गर्न सिड्नीमा ‘लकडाउन’ थपियो

Published: in विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on डेल्टा भेरियेन्ट नियन्त्रण गर्न सिड्नीमा ‘लकडाउन’ थपियो.

बीबीसी । सिड्नीका वासिन्दाहरु थप अर्को हप्ता ‘लकडाउन’मा रहनुपर्ने भएको छ । न्यु साउथ वेल्स सरकारले यसबारे जानकारी गराउँदै अधिक संक्रमक मानिएको डेल्टा भेरियेन्टविरुद्ध लड्न यस किसिमको कठिन निर्णय लिनुपरेको जनाएको छ । त्यहाँ गएको जुन २६ तारिखदेखि नागरिकहरुलाई घरैमा बस्ने निर्देशन जारी गरिएको थियो । तर, अतिआवश्यक कामका लागि बाहिरिएका केही मानिस भाइरसबाट संक्रमित […]

श्रमिकलाई खोप नहुँदा उद्योग क्षेत्रमा असर

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, स्वास्थ्य, by . Leave a Comment on श्रमिकलाई खोप नहुँदा उद्योग क्षेत्रमा असर.

विराटनगर । प्रदेश नम्बर–१ का उद्योगी, व्यवसायी र ट्रेड युनियनका पदाधिकारीबीच सामाजिक सुरक्षा कोषको पछिल्लो संशोधित व्यवस्था तथा कोषमा आबद्ध हुन सरकारबाट दिइएका पछिल्लो सुविधाको विषयमा छलफल भएको छ । मोरङ व्यापार संघले सुनसरी–मोरङ औद्योगिक कोरिडोरका ट्रेड युनियनसम्बद्ध पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो । संघका अध्यक्ष प्रकाश मुन्दडाले औद्योगिक करिडोरका विभिन्न प्रतिष्ठानहरुमा कार्यरत श्रमिकको […]

माओवादी केन्द्र अवैधानिक रहेको भन्दै पूर्व नेताहरु आयोग जाने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी केन्द्र अवैधानिक रहेको भन्दै पूर्व नेताहरु आयोग जाने.

काठमाडौं । माओवादीका पूर्व नेताहरु नेकपा माओवादी केन्द्र अवैधानिक रहेको भन्दै निर्वाचन आयोग जाने भएका छन् । महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै माओवादी केन्द्रका पूर्व नेताहरु निर्वाचन आयोग जान लागेका हुन् । “माओवादी केन्द्र आफैंमा अवैधानिक छ । महाधिवेशसमेत भएको छैन । यस्तो पार्टीले हामीलाई कारबाही गर्न मिल्दैन,” माओवादीका एक पूर्व नेताले […]