Sajhamanch Archive

भोलिदेखि पठाओ र टुटल सेवा सञ्चालनमा आउँदै

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on भोलिदेखि पठाओ र टुटल सेवा सञ्चालनमा आउँदै.

काठमाडौं । भोलि (असार ८) गते मंगलबारदेखि पठाओ र टुटल सञ्चालनमा आउने भएका छन् । करिब २ महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा सञ्चालनमा आउने बताइएको छ । टुटल र पठाओ सेवा कम्पनीका अनुसार सरकारले निजी सवारीमा जोरबिजोर लागु गरेकाले आफूहरु पनि जोरबिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने बताएका छन् । काठमाडौं […]

माओवादी केन्द्रले पार्टी छाडेकालाई कारबाही गर्‍यो

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी केन्द्रले पार्टी छाडेकालाई कारबाही गर्‍यो.

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छाडेकालाई केन्द्रीय कमिटीको बैठकमार्फत साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आज बसेको भर्चुअल बैठकले पार्टी छाडेकालाई कारबाही गर्ने निर्णय गरेको हो । “पहिला केन्द्रीय कमिटीले अध्यक्षलाई अख्तियारी दिएको थियो,” नेता लीलामणि पोख्रेलले भने, “अध्यक्षले कारबाही गरेको विषयलाई निर्वाचन आयोगले मानेन । आज केन्द्रीय […]

ज्वाला संग्रौलालगायतलाई अभद्र व्यवहारमा मुद्दा चलाइँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ज्वाला संग्रौलालगायतलाई अभद्र व्यवहारमा मुद्दा चलाइँदै.

काठमाडौं । कुटपिट गरेको आरोपमा पक्राउ परेकी ज्वाला संग्रौलासहितलाई अभद्र व्यवहारमा मुद्दा चलाइने तयारी भएको छ । प्रहरीले दिएको जानकारी अनुसार उनलाई अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिने भएको छ । कुटपिट गरेको अभियोगमा संग्रौलासहित शर्मिला वाइबा र हिमाल उपाध्यायलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । खुश्बु सिंहले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको […]

कोभिड–१९ संक्रमणको चक्र अझै तोडिएको छैन : स्वास्थ्य मन्त्रालय

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on कोभिड–१९ संक्रमणको चक्र अझै तोडिएको छैन : स्वास्थ्य मन्त्रालय.

काठमाडौं । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले निषेधाज्ञा केही खुकुलो भए पनि कोभिड–१९ संक्रमणको चक्र अझै नतोडिएको बताएको छ । काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा मंगलबारबाट जारी निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको चक्र अझै नतोडिएको स्पष्ट पारेको हो । “कोभिड–१९ को संक्रमणको जोखिम कायमै छ, त्यसैले अत्यावश्यक नपरून्जेल अझै पनि […]

बाढी–पहिरोमा परी १८ जनाको मृत्यु, १९ घाइते, २१ जना बेपत्ता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बाढी–पहिरोमा परी १८ जनाको मृत्यु, १९ घाइते, २१ जना बेपत्ता.

काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गएको जेठ ३० गतेदेखि आइतबार (हिजो) दिउँसोसम्म १८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मनसुनजन्य घटनामा परी यो अवधिमा ११ पुरुष, चार महिला, दुई बालक र एक बालिकाको मृत्यु भएको हो । तीमध्ये सिन्धुपाल्चोकका चार, डोटीका तीन, सप्तरी, काभ्रे, गोरखा, कास्की, […]

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार.

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सूदूरपश्चिछम प्रदेश सरकारका मन्त्रीहरुको संख्या प्रदेशसभाको २० प्रतिशतभन्दा बढी हुँदा संविधानको विरुद्धमा भएको भन्दै कमलसिंह रानासहितले रिट निवेदन दायर गरेका थिए । रिटको सुनुवाइ गर्दै न्यायाधीशहहरू दीपककुमार कार्की र कुमार रेग्मीकोसंयुक्त इजलासले अन्तरिम आदेश दिनुनपर्ने आदेश गरेको हो । “यसमा अन्तरिम […]

इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

Published: in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित.

दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधानन्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । न्यून मतदान भएको यसपटकको राष्ट्रपति निर्वाचनमा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त राइसीले भारी मत प्राप्त गरेका थिए । सन् १९८८ मा हजारौँ राजनीतिक बन्दीहरुको सामूहिक हत्याको आरोप खेप्दै आएका राइसीमाथि संयुक्तराज्य अमेरिकाले प्रतिबन्ध लगाएको छ । साथै, उनमाथि […]

काठमाडौं उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर–बिजोर लागु हुने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on काठमाडौं उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर–बिजोर लागु हुने.

काठमाडौं । काठमाडौं उपत्यकामा अझै एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । यसका लागि काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओको बैठक आज अपराह्न ४ बजे तय भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा थप खुकुलो बनाइने जानकारी दिए । ‘‘व्यापार–व्यवसाय लगायत केही क्षेत्र खुकुलो बनाउनेबारे छलफल […]

सिटौलालाई कार्यवाहक दिएर अघि बढ्न, देउवालाई सुझाव

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on सिटौलालाई कार्यवाहक दिएर अघि बढ्न, देउवालाई सुझाव.

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई नेता कृष्ण सिटौलालाई कार्यवाहक सभापति दिएर अघि बढ्न निकट नेताहरुले सुझाव दिएका छन् । देउवाले आइतबार वाग्मती प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए । छलफलमा सहभागी नेता भिमसेनदास प्रधानले सभापति देउवालाई सिटौलालाई कार्यवाहक दिएर अघि बढेमा महाधिवेशनमा नेतृत्व लिन सहज हुने नभए गाह्रो अवस्था रहेको सुझाव दिएका थिए । […]

मोरङमा वनको कर्मचारी र पत्रकार हौँ भन्दै रकम असुल गर्ने दुई जना पक्राउ

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on मोरङमा वनको कर्मचारी र पत्रकार हौँ भन्दै रकम असुल गर्ने दुई जना पक्राउ.

विराटनगर । वनको कर्मचारी र पत्रकार हौँ भन्दै धाकधम्की दिएर फर्निचर व्यवसायीसँग रकम असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी इटहरी उपमहानगरपालिका वडा नं–६ जुटबिकास बस्ने वर्ष ५० को दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं–७ बस्ने वर्ष ५६ को पुष्पप्रसाद सिग्देललाई मोरङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘हामी बनको […]