Sajhamanch Archive

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

Published: in मिडियाबाट साभार, स्वास्थ्य, by . Leave a Comment on भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग.

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन् । कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यले भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर, आईसीयू बेडहरु, पीपीई सेट र एम्बुलेन्सलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो । शुक्रबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित […]

आफैं खरिद गरेर खोप ल्याउन प्रदेश सरकार समक्ष सांसदको माग

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on आफैं खरिद गरेर खोप ल्याउन प्रदेश सरकार समक्ष सांसदको माग.

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले विकासलाई जनआकांक्षासँग जोड्न माग गरेका छन् । उनीहरुले माटो बेचेर व्यापार गर्ने सरकारको योजनाविरुद्ध माटो बचाउन अभियान चलाउनु पर्नेमा जोड दिएका छन् । सांसद कृष्णकुमारी राईले संविधानले हरेक नागरिकलाई आवासको व्यवस्था गरिने उल्लेख गरेको र कसैको बास उठाइने छैन भने पनि २०३६ सालदेखि बसेका […]

आजबाट युरोकप सुरु हुँदै

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on आजबाट युरोकप सुरु हुँदै.

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिता आजबाट (शुक्रबार) सुरु हुँदैछ । कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको हो । प्रतियोगिताको उद्घाटन खेल इटालिमा हुनेछ । इटालीको रोममा हुने पहिलो खेलमा घरेलु टोली इटाली र टर्कीले प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिक स्टेडियम हुने उद्घाटनखेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । आजको खेलमा […]

दाङमा प्रहरीको भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on दाङमा प्रहरीको भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु.

 दाङ । प्रहरीको भ्यानको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका वडा नं। २ लालमटियामा बिहीबार राति ११ स् ५५ बजे प्रहरीको लु.अ.अ.च ५३३४ नम्बरको प्रहरीको भ्यानले ठक्कर दिँदा विपरित दिशातिर गइरहेको भे १ प ८४२२ नम्बरको मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी […]

प्रदेशसभा बैठकमा महन्थ र महतो पक्षका सांसद सहभागी हुने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेशसभा बैठकमा महन्थ र महतो पक्षका सांसद सहभागी हुने.

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोनिकट सांसदहरु प्रदेश नम्बर–२ को प्रदेशसभा बैठकमा सहभागी हुने भएका छन् । ठाकुर र महतोनिकट प्रदेशसभा सदस्यहरुको बिहीबारको बैठकले नीति तथा कार्यक्रम र बजेट भाषणमा सहभागी हुने निर्णय गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले ठाकुरनिकट चार मन्त्रीलाई बर्खास्त गरेपछि उनीहरुले बैठक […]

कोपा अमेरिकाका लागि ब्राजिलको टिम घोषणा

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on कोपा अमेरिकाका लागि ब्राजिलको टिम घोषणा.

काठमाडौं । ब्राजिल फुटबल कन्फेडेरेसनले कोपा अमेरिका फुटबल खेल्ने टिम घोषणा गरेको छ । २४ सदस्यीय टिमको घोषणा गरिएको हो । ब्राजिलमै हुने प्रतियोगितामा नेयमारले कप्तानी गर्नेछन् । अर्जेन्टिना र कोलम्बियाले संयुक्त रुपमा आयोजना गर्ने भनिएको कोपा अमेरिका कोरोनाका कारण ब्राजिलमा हुन लागेको हो । ब्राजिल साबिक विजेता टिम पनि हो । प्रतियोगिता जुन १३ […]

गैँडाको खाग बेवारिसे अवस्थामा फेला

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on गैँडाको खाग बेवारिसे अवस्थामा फेला.

चितवन । चितवनको वरन्डाभार संरक्षित वन क्षेत्रमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपालका अनुसार वनका हेरालुहरुले गस्ती गर्ने क्रममा उक्त खाग फेला परेको हो । “हिजो बेलुका नवजागृति सामुदायिक वन र चर्तुमुखी सामुदायिक वनको सिमानाको घाँसे मैदानमा खागजस्तो देखिने वस्तु शंका लागेर वनका कर्मचारीले खबर गर्नुभयो,” नेपालले […]

काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ७५० सवारी ‘होल्ड’

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ७५० सवारी ‘होल्ड’.

काठमाडौं । काठमाडौं उपत्यकामा प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ७५० वटा सवारी ‘होल्ड’ गरेको छ । जसमा ५९१ वटा दुईपांग्रे, १०७ वटा चारपांग्रे, आठ ट्याक्सी र ४४ वटा ठूला सवारी–साधन रहेका छन् । उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी–साधन मात्र सञ्चालन भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

प्रदेश १ मा पूर्वबजेट छलफल गर्ने अध्यादेश ऐन संशोधन गर्ने निर्णय

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, by . Leave a Comment on प्रदेश १ मा पूर्वबजेट छलफल गर्ने अध्यादेश ऐन संशोधन गर्ने निर्णय.

विराटनगर । प्रदेश १ सरकारले बजेटमाथिको पूर्वछलफल गर्ने अवधि घटाउन आर्थिक कार्यविधि ऐन, २०७४ संशोधन गर्ने निर्णय गरेको छ । यसलाई संशोधन गर्न बनेको अध्यादेश प्रदेश प्रमुखसमक्ष पेस गरिएको छ । प्रदेश–१ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष अध्यादेश पेस गर्ने निर्णय गरेको र ऐन संशोधन गरी १५ दिनअगावै पूर्वबजेट छलफल गराउनुपर्नेमा अब अध्यादेशमार्फत […]

नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर.

काठमाडौं । नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा अर्को रिट दायर भएको छ । सरकारले ल्याएको अध्यादेश राष्ट्रहित विपरीत भएकाले खारेजीको माग गर्दै अधिवक्ताद्वय विष्णुकुमार गिरी र गणेशकुमार शर्माले रिट दायर गरेका हुन् । संसद्को राज्य व्यवस्था समितिबाट पारित भएर नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पारित हुने अन्तिम अवस्थामा रहेका बेला सरकारले आफूखुसी संशोधन […]