Sajhamanch Archive

कानुनविदहरुले ‘प्रश्न उठाएका’ दुईजना न्यायाधीश केसी र श्रेष्ठले इजलासबाट नबाहिरिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कानुनविदहरुले ‘प्रश्न उठाएका’ दुईजना न्यायाधीश केसी र श्रेष्ठले इजलासबाट नबाहिरिने.

काठमाडौं । कानुनविदहरुले ‘प्रश्न उठाएका’ दुईजना न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट नबाहिरिने स्पष्ट पारेका छन् । उनीहरु दुईजनाका विषयमा कानुनविदहरुले लगातार प्रश्न उठाएका थिए । शुक्रबार र आइतबार भएका रिटमाथिको सुनुवाइमा दुईजना न्यायाधीशका विषयमा प्रश्न उठेको थियो । प्रधानन्यायाधीशको जवाफ– फैसला हेरेर न्यायाधीश बेठिक भन्ने अधिकार तपाईंलाई छैन सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च […]

सांसदको हस्ताक्षरसहित विपक्षी दलका नेताहरु आज सर्वोच्च जाँदै

Published: in राजनीति, by . Leave a Comment on सांसदको हस्ताक्षरसहित विपक्षी दलका नेताहरु आज सर्वोच्च जाँदै.

काठमाडौं । प्रतिनिधिसभा विघटन र चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन् । शनिबार ५ दलको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरेको थियो । […]

एक वर्षका लागि अवकाश प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई करारमा भर्ना गरिने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on एक वर्षका लागि अवकाश प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई करारमा भर्ना गरिने.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवकाशप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने बताएका छन् । सोमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाश प्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने उद्घोष गरेका हुन् । “कोभिड–१९ को पहिचान, […]

२४ घण्टामा ९ वर्षसम्मका १५६ बालबालिकामा कोरोना संक्रमण

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on २४ घण्टामा ९ वर्षसम्मका १५६ बालबालिकामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ वर्षसम्मका १५६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ वर्षसम्मका १५६ बालबालिका संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका १ हजार ८७१ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जनामा […]

भारतमा अक्सिजन अभाव हुँदा थप १२ कोरोना संक्रमितको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on भारतमा अक्सिजन अभाव हुँदा थप १२ कोरोना संक्रमितको मृत्यु.

नयाँदिल्ली । भारतको कर्नाटक राज्यको एक अस्पतालमा अक्सिजन अभाव हुँदा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । चामाराजानगर जिल्लास्थित एक शिक्षण अस्पतालमा उपचाररत १२ संक्रमितको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । मृत्यु हुने सबै संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको थियो । चिकित्सकहरुको तमाम प्रयाशका बाबजुद उनीहरुको अक्सिजन लेवल सामान्य बनाउन नसकिएकाले मृत्यु भएको बताइएको छ […]

बाँके जिल्ला प्रशासनले एक हप्ता थप्यो निषेधाज्ञा

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on बाँके जिल्ला प्रशासनले एक हप्ता थप्यो निषेधाज्ञा.

काठमाडौं । बाँके जिल्ला प्रशासनले निषेधआज्ञाको अवधी एक हप्ता थपेको छ । कोरोना संक्रमणको जोखिम बढदै गएपछि बाँकेमा जारी निषेधाज्ञालाई थप एकसाताका लागि लम्ब्याएको हो । वैशाख ८ गतेदेखि १५ गतेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र मात्र लागु हुने गरि निषेधाज्ञा लगाएको बाँके जिल्ला प्रशासनले कोरोना संक्रमितको संख्याले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेपछि वैशाख १३ गते […]

दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ पुग्यो

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ पुग्यो.

दाङ । दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ । स्वास्थ्य कार्यालय दाङको आइतबारको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा दाङका पाँचजनाको मृत्यु भएको हो । योसँगै दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।अहिले जिल्लामा १ हजार ६११ सक्रिय संक्रमित रहेका छन् ।जसमा १ हजार ४५१ जना होम आइसोलेशनमा छन् ।  

कोरोनाका कारण ५१७ पत्रकार पेशागत सुरक्षाबाट पीडित

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on कोरोनाका कारण ५१७ पत्रकार पेशागत सुरक्षाबाट पीडित.

काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ रहेको छ । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क अनुसार यस वर्ष पत्रकारको पेशागत सुरक्षाका घटना सबैभन्दा बढी देखिएको छ । महासङ्घले सञ्चार संस्थाहरूलाई कोरानाको बहानामा सञ्चारकर्मीलाई निष्काशन नगर्न, सेवासुविधामा कटौती नगर्न र सञ्चारकर्मीको स्वास्थ्यमा विशेष ध्यान दिन […]

अक्सिजन सलिण्डिर घरमा नराख्न सरकारको आग्रह

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on अक्सिजन सलिण्डिर घरमा नराख्न सरकारको आग्रह.

काठमाडौं । सरकारले अक्सिजन घरमा नराख्न अनुरोध गरेको छ । जगेडाका रुपमा घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकसँग आग्रह गरेको हो । केहीदिनमै अक्सिजन सिलिण्डर उपलब्ध हुने भन्दै अहिले जगेडाका रुपमा राखिएका अक्सिजन सिलिण्डर सरकारलाई उपलब्ध गराएर विरामीको ज्यान बचाउन मन्त्रालयले आग्रह गरेको छ । “तपाईंले घरमा जगेडाको रूपमा राखेको अक्सिजन सिलिण्डरले […]

कोरोनाबाट मृत्यु भएकाहरूको दाह संस्कार सरकारले नै गर्ने सीसीएमसी निर्णय

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on कोरोनाबाट मृत्यु भएकाहरूको दाह संस्कार सरकारले नै गर्ने सीसीएमसी निर्णय.

काठमाडौं । कोरोनाबाट मृत्यु भएका नागरिकको दाह संस्कार सरकारले गर्ने भएको छ । आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसी बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएका नागरिकका दाह संस्कार सरकारी खर्चमा गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । शव दाह गृह व्यवस्थित रूपमा सञ्चालन गर्ने र देखिएका समस्या निकारण गर्न […]