Sajhamanch Archive

कोभिड–१९ नियन्त्रणका लागि थप प्रबन्ध गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on कोभिड–१९ नियन्त्रणका लागि थप प्रबन्ध गर्न सरकारलाई एमालेको ध्यानाकर्षण.

काठमाडौ । नेकपा एमालेको स्थायी कमिटी बैठकले कोभिड–१९ नियन्त्रणका लागि थप प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको बैठकले सिंगो पार्टी कमिटीलाई कोभिड–१९ नियन्त्रणमा परिचालित हुन आह्वान पनि गरिएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । “आजको बैठक कोभिडका विषयमा केन्द्रित थियो । पूर्वाधार, शैय्या, खोप, अक्सिजनलगायत आवश्यक वस्तु तत्काल […]

कारमा मृत भेटिएका बालकको ढोका ‘लक’ हुँदा निस्सासिएर मृत्यु

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on कारमा मृत भेटिएका बालकको ढोका ‘लक’ हुँदा निस्सासिएर मृत्यु.

काठमाडौं । दाङमा एउटा कारभित्र मृत अवस्थामा भेटिएका तीन बालकको निस्सासिएर ज्यान गएको प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ । अनुसन्धानमा संलग्न अधिकारीहरुले पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र उनीहरुको निस्सासिएरै ज्यान गएको निष्कर्ष निकालेका हुन् । शनिबार तुलसीपुर उपमहानगरपालिका–६, स्याउलीबजारनजिक भारतीय नम्बर प्लेटको कारमा तीन शव फेला परेको थियो । […]

आज बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आज बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक आज बालुवाटारमा अपराह्न ४ बजेका लागि बोलाइएको छ । बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रणका विषयमा सीसीएमसीको प्रस्तावलगायत बारेमा छलफल हुने बताइएको छ । शुक्रबार बसेको सीसीएमसी बैठकले कोभिड–१९ नियन्त्रणका लागि वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेको थियो ।

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना.

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ । उनलाई अहिले अस्पतालमा भर्ना गरिएको एमाले स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनलाई मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको थियो । तर अहिले नर्भिक अस्पतालमा ल्याइएको छ । त्यसैगरी नेकपा एमालेका नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ । उनलाई मनमोहन […]

मजदूर आन्दोलनको सम्झनामा अन्तर्राष्ट्रिय श्रमिक दिवस

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, समाज, by . Leave a Comment on मजदूर आन्दोलनको सम्झनामा अन्तर्राष्ट्रिय श्रमिक दिवस.

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर विभिन्न ट्रेड […]

नेपालमा २१ देखि ३० वर्षका व्यक्तिमा यूके भेरियन्टको संक्रमण बढ्दो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on नेपालमा २१ देखि ३० वर्षका व्यक्तिमा यूके भेरियन्टको संक्रमण बढ्दो.

काठमाडौं । नेपालमा पछिल्लो समय २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा यूके भेरियनटको संक्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार पछिल्लो साता यूके भेरियन्टबाट संक्रमित भएकामध्ये २५ प्रतिशत यो उमेर समूहका व्यक्ति छन् । त्यस्तै, १ देखि १० वर्षका ७ प्रतिशत बालबालिकामा यो संक्रमण देखिएको छ । महाशाखाका निर्देशक डा। […]

‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा सपना मात्रै होइन : प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा सपना मात्रै होइन : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आाकांक्षा सपना मात्रै नभएको बताए । शुक्रबार प्राविधिक प्रशिक्षण प्रतिष्ठानको कार्यक्रममा बोल्दै उनले सो आकांक्षा छिट्टै पूरा गर्नुपर्ने  बताएका छन् । “हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने राष्ट्रिय संकल्प लिएर अघि बढिरहेका छौँ । यो संकल्प सपना मात्रै होइन, यो संकल्प […]

खानेपानीमन्त्री मणि थापा कोरोना संक्रमित

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on खानेपानीमन्त्री मणि थापा कोरोना संक्रमित.

काठमाडौं । संघीय सरकारका खानेपानीमन्त्री मणि थापामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी सरकारी निवासमै होमआइसोलेसमा छन् । मन्त्री थापाले भने, “कडा लक्षण छैन । सामान्य शरीर दुख्ने, थकान महसुस हुने भइराखेको छ । चिकित्सकको निगरानीमा छु ।” यसअघि, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीमा कोरोना देखिएको थियो ।

जेठ तेस्रो साता उपनिर्वाचन गर्न एमालेको प्रस्ताव

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on जेठ तेस्रो साता उपनिर्वाचन गर्न एमालेको प्रस्ताव.

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेले सरकारलाई जेठको तेस्रो साता उपनिर्वाचन गर्न सुझाव दिने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकका निर्णय समेटेर तल्ला कमिटीमा जारी गरेको परिपत्रमा उपनिर्वाचनका लागि क्रियाशील हुन निर्देशन दिइएको छ । उक्त अपानिमा महासचिव ईश्वर पोखरेलले तयार पारेको सांगठनिक प्रतिवेदनमा तेस्रो साता उपनिर्वाचनको प्रस्ताव […]

काठमाडौंमा १५ सयलाई होल्डमा राखियो, ४४ सय प्रहरी परिचालन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on काठमाडौंमा १५ सयलाई होल्डमा राखियो, ४४ सय प्रहरी परिचालन.

काठमाडौं । काठमाडौंमा निषेधाज्ञा उल्ङ्घन गरेको आरोपमा १५ सय जनालाई प्रहरीले होल्ड गरेको छ । विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा उनीहरुलाई होल्ड गरिएको हो । आजमात्रै सानाठूला ९१९ सवारी साधनसमेत होल्ड गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए । होल्ड गरिएका सवारी साँझमात्रै प्रहरीले छाड्दै आएको छ । निषेधाज्ञाको पालना गराउन काठमाडौंमा […]