Sajhamanch Archive

एमाले कार्यदल बैठक सर्‍यो

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on एमाले कार्यदल बैठक सर्‍यो.

काठमाडौं । नेकपा (एमाले)को कार्यदलको बैठक आज पनि बस्ने भएको छ । आज बस्ने बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुने छ । बिहान साढे ८ बजे बस्ने भनिएको बैठक १०ः३० बजेलाई सरेको छ । यसअघि मंगलबार बसेको बैठकमा पार्टीमा देखिएको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा कार्यदल सदस्यहरुले धारणा […]

काठमाडौंमा खोप केन्द्र अस्तव्यस्त, खोप लगाउन पुगेका आक्रोशित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on काठमाडौंमा खोप केन्द्र अस्तव्यस्त, खोप लगाउन पुगेका आक्रोशित.

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ । भेरोसेलको पहिलो डोज लगाएकालाई दोस्रो डोज लगाउन सूचना जारी गरेअनुरुप मंगलबार खोपका लागि खोप केन्द्रमा लाइन बस्न पुगेका वृद्धवृद्धाहरु कैयौँले खोप लगाउन नपाई फर्कनुपर्‍यो । निजामती अस्पताल, प्रसूतिगृह, वीर अस्पताल, टेकुलगायत १३ स्थानमा काठमाडौं महानगरपालिकाले खोप केन्द्र तोकेको छ । खोप लगाउन बिहानैदेखि लाइन बस्न […]

झापा, काठमाडौं र संखुवासभामा तीनजना मृत फेला

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on झापा, काठमाडौं र संखुवासभामा तीनजना मृत फेला.

काठमाडौं । झापा, काठमाडौं र संखुवासभामा तीनजना मृत अवस्थामा फेला परेका छन् । झापाको भद्रपुर नगरपालिका–४ बस्ने ५२ वर्षीया धनकुमारी बिष्ट सोही नगरपालिका–२ स्थित खेत धान रोप्न गएकोमा मृत अवस्थामा फेला परेकी छन् । काठमाडौंको काठमाडौं महानरगपलिका–२५, असन कोथुननीस्थित गुठीको घरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् […]

सिन्धुपाल्चोक र मनाङका बाढी-पहिरो प्रभावितलाई ७० हजार डोज खोप चाहिने

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on सिन्धुपाल्चोक र मनाङका बाढी-पहिरो प्रभावितलाई ७० हजार डोज खोप चाहिने.

काठमाडौं । सिन्धुपाल्चोक र मनाङका बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकका लागि ७० हजार डोज कोभिड १९ विरुद्धको खोप माग गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको प्राथमिकतामा बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकलाई राखेसँगै यी क्षेत्रबाट खोपको माग भएको हो । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका लगायत बाढी तथा पहिरो प्रभावित र चीनसँग […]

सेनाद्वारा नेपाल प्रहरीलाई तीनसय नाल हतियार प्रदान

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सेनाद्वारा नेपाल प्रहरीलाई तीनसय नाल हतियार प्रदान.

काठमाडौं । नेपाली सेनाले नेपाल प्रहरीलाई विभिन्न किसिमका तीन सय नाल हतियार तथा सोको ४२ हजार ३७० गोटा एम्युनिशन र सम्बद्ध सामग्रीहरु प्रदान गरेको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई जंगी अड्‍डामा सोमबार आयोजित एक कार्यक्रमबीच उक्त हतियार प्रदान गरेका हुन । सेनाले कुनै पनि मूल्य नलिई विभिन्न प्रकारका राइफल […]

त्रिविको उपकुलपतिको कार्यालयमा एमफिल र पीचडीका विद्यार्थीद्वारा धर्ना

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, समाज, by . Leave a Comment on त्रिविको उपकुलपतिको कार्यालयमा एमफिल र पीचडीका विद्यार्थीद्वारा धर्ना.

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय(त्रिवि)मा एमफिल र पीचडी कार्यक्रममा बढाएको शुल्क वैज्ञानिक भएन भन्दै त्रिवि विद्यार्थी संघर्ष समितिले उपकुलपतिको कार्यालयमा धर्ना दिएका छन् । समितिका विद्यार्थीले त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको कार्यालयमा हिजोदेखि धर्ना बस्न सुरु गरेको विद्यार्थी संघर्ष दाहालले जानकारी दिए । उनले त्रिविले संघर्ष समितिले बुझाएको ३ बुँदे माग सम्बोधन नभएसम्म धर्नामा बसिरहने […]

ओलीसँग भीम रावलले भने– हस्ताक्षर फिर्ता गर्दैनौं, कार्यदल सक्रिय बनाऔँ

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on ओलीसँग भीम रावलले भने– हस्ताक्षर फिर्ता गर्दैनौं, कार्यदल सक्रिय बनाऔँ.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहलाई फकाउने प्रयत्नमा छन् । आइतबार एमाले उपाध्यक्ष भीम रावललाई ओलीले बालुवाटार डाके । लामो समयपछि ओली र रावलबीच वार्ता भयो । भेटमा रावलले आफूहरु पार्टी एकताको पक्षमा रहेको र विवाद समाधानका लागि यसअघि बनाएको कार्यदललाई सक्रिय बनाउन प्रस्ताव राखेका […]

फिलिपिन्सको सैन्य विमान दुर्घटनामा ५० जनाको मृत्यु

Published: in मिडियाबाट साभार, by . Leave a Comment on फिलिपिन्सको सैन्य विमान दुर्घटनामा ५० जनाको मृत्यु.

बीबीसी । दक्षिण फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको बताइएको छ । घटनामा ४९ सैन्य अधिकारीहरु घाइते भएका छन् । लकहिड सी–१३० विमानले ९६ यात्रु बोकेको थियो जसमध्ये अधिधकांश सेनाहरु थिए । मृत्यु हुनेमा पनि अधिकांश सेना नै रहेको तर यात्रु बाहेक दुर्घटनास्थलमा रहेका अन्य तीन स्थानीय सर्वसाधारणको पनि मृत्यु भएको […]

कोभ्याक्स अन्तर्गतको कोभिसिल्ड खोप जुलाईभित्र आउने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on कोभ्याक्स अन्तर्गतको कोभिसिल्ड खोप जुलाईभित्र आउने.

काठमाडौं । विश्वव्यापी खोप अभियान कोभ्याक्स कार्यक्रमअन्तर्गत साढे तीन लाख डोज कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप यही जुलाई महिनाभित्र नेपाल आउने भएको छ । कोभ्याक्सले दोस्रो लटमा नेपाललाई उक्त खोप जुलाईभित्र पठाउने भएको हो । स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले कोभ्याक्सलाई जतिसक्दो धेरै खोप उपलब्ध गराउन आग्रह गरिएको बताए । अहिलेको […]

माओवादी केन्द्रद्वारा प्रदेश -१ को प्रदेशसभा अवरुद्ध

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on माओवादी केन्द्रद्वारा प्रदेश -१ को प्रदेशसभा अवरुद्ध.

विराटनगर । विपक्षी दल नेकपा (माओवादी केन्द्र)ले प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक आइतबार पनि अवरुद्ध गरेको छ । सदन सुरु हुनासाथ आफ्नो स्थानबाट उठेर प्रदेशसभा सदस्यले विरोध जनाएपछि सोमबारसम्मको लागि बैठक स्थगित गरिएको छ । योसहित लगातार तीनवटा बैठक अवरुद्ध भएको हो । माओवादीका सांसद मोहन खड्काले बजेट र कार्यक्रमको विषयमा उठाएको जिज्ञासाको जवाफ दिने […]