Sajhamanch Archive

सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग.

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले तीव्र गतिमा फैलिरहेको कोरोना नियन्त्रणका लागि सवैपक्षीय राजनीतिक संयन्त्र बनाउन माग गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “कोभिड १९ को महामारी नेपालका तीव्र गतिमा फैलिरहेको छ । यसले […]

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आयोगले माग्यो एक करोड ६१ लाख

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आयोगले माग्यो एक करोड ६१ लाख.

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि एक करोड ६१ लाख ३० हजार माग गरेको छ। अ‍ायोगले निर्वाचनका लागि अनुमानित उक्त रकमका लागि अर्थमन्त्रालमा पत्राचार गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी त्याग गरेपछि रिक्त स्थानमा जेठ ६ गते निर्वाचन हुन लागेको हो । अ‍ाजै आयोगले वाग्मती प्रदेशमा हुने […]

नेप्से परिसूचकमा ९२ अंकको वृद्धि

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेप्से परिसूचकमा ९२ अंकको वृद्धि.

काठमाडौं । अघिल्ला दुई दिन १४० अंकले झरेको सेयर बजार परिसूचक नेप्से आज ‘बाउन्स ब्याक’ भएको छ । मंगलबार एकैदिन ९२ अंकले नेप्से बढ्यो । आइतबार नेप्से ७५ अंकले ओर्लिएको थियो भने सोमबार ६५ अंकले झरेको थियो । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०८ अंकमा पुग्यो । यसदिन कारोबार भएका सबै समूहमा वृद्धि आएसँगै नेप्से […]

निषेधाज्ञामा पनि आन्तरिक उडान बन्द नहुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on निषेधाज्ञामा पनि आन्तरिक उडान बन्द नहुने.

काठमाडौं । निषेधाज्ञाको बेलामा पनि आन्तरिक उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सरकारले आन्तरिक उडान बन्द गर्ने नभनेकाले सञ्चालन हुने बताए । “निषेधाज्ञा भएता पनि आन्तरिक उडान बन्द गर्ने भन्ने कुरा छैन, उडान हुन्छ,” उनले भने । उनले उडानको संख्या पनि आवश्यकताअनुसार हुने बताए । “अत्यावश्यक कामबाहेक हिँड्न हुँदैन […]

माओवादीको स्थायी कमिटी बैठक सुरु

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादीको स्थायी कमिटी बैठक सुरु.

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक सरकार बनाउने, अन्य दलहरुसँगको छलफल, आन्तरिक विषयमा केन्द्रित हुने बताइएको छ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । यसअघिको बैठकले समर्थन फिर्ताको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो । त्यस्तै, बैठकले राजनीतिक प्रतिवेदन तयार […]

९ महिनामा ३ अर्ब बढीको चिया निर्यात

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on ९ महिनामा ३ अर्ब बढीको चिया निर्यात.

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्म ३ अर्ब बढीको चिया निर्यात भएको छ । कोरोना महामारीको बेलामा पनि ९ अर्ब बढीको चियाँ निर्यात हुनु महत्वपूर्ण भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । गएको वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर पारेको तर अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षति […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्न नपाइने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्न नपाइने.

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्न नपाइने भएको छ । अध्यागमन विभागले यही वैशाख १५ गते राति १२ बजेदेखि लागु हुने गरी ट्रान्जिट रुट प्रयोगमा रोक लगाएको हो । कोभिड–१९ को नयाँ भेरियन्टलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको विभागले जनाएको छ । काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि वैशाख १६ देखि निषेधाज्ञा […]

संखुवासभा र सप्तरीमा दुईजना मृत फेला

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on संखुवासभा र सप्तरीमा दुईजना मृत फेला.

काठमाडौं । संखुवासभा र सप्तरीमा दुईजना मृत अवस्थामा फेला परेका छन् । संखुवासभाको पाचखपन नगरपालिका–९, लसुने बस्ने ६० वर्षीया लिमवुटी शेर्पा आफ्नै घरनजिक बारीमा मृत अवस्थामा फेला परेकी छन् । यही वैशाख ७ गतेदेखि घरबाट हराएकोले खोजी गर्नेक्रममा उक्त बारीमा उनको शव फेला परेको हो । सप्तरीको कंकालिनी नगरपालिका–१, कोसी ब्यारेजस्थित दाहसंकार गर्ने ठाउँनजिकै नदीमा […]

निषेधाज्ञाको निर्णयपछि ५० हजारले काठमाडौं छाडे

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on निषेधाज्ञाको निर्णयपछि ५० हजारले काठमाडौं छाडे.

काठमाडौं । निषेधाज्ञाको निर्णयसँगै काठमाडौं उपत्यका छाड्नेको संख्या बढेको छ । वैशाख १६ गतेदेखि एक साता लामो निषेधाज्ञा गर्ने निर्णयसँगै काठमाडौं उपत्यका छाड्नेको संख्या बढेको हो । महानगरीय ट्राफिक महाशाखाका अनुसार सोमबार (हिजो) एकैदिनमा विभिन्न नाकाबाट ५० हजार ४५६ यात्रु उपत्यकाबाट बाहिरिए । सोही अवधिमा ४१ हजार ४२० जना उपत्यका भित्रिएका थिए । सो क्रममा […]

स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै नवलपरासीमा खनाल–नेपाल समूहको भेला

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै नवलपरासीमा खनाल–नेपाल समूहको भेला.

काठमाडौं । कोभिड–१९ को संक्रमण रोक्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै नेकपा एमालेको खनाल–नेपाल समूहले आज नवलपरासीमा जिल्ला भेला गरेको छ । समानान्तर कमिटी गठन गर्न आयोजित भेलामा ठूलो संख्यामा नेता–कार्यकर्ताहरु सहभागी छन् । कोभिड–१९ को दोस्रो लहर फैलिएकाले नियन्त्रणका लागि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने निर्णय गरिसकेको छ । सरकारले […]