Sajhamanch Archive

साँझ बोलाइयो मन्त्रिपरिषद् बैठक, निषेधाज्ञासम्बन्धी निर्णय हुने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on साँझ बोलाइयो मन्त्रिपरिषद् बैठक, निषेधाज्ञासम्बन्धी निर्णय हुने.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको र कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसी बैठकको निष्कर्ष र नियमित कार्यसूचीमाथि छलफल हुने कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । आज बस्ने मन्त्रिपरिषद् बैठकले निषेधाज्ञासम्बन्धी निर्णय गर्ने बताइएको छ । आइतबार बसेको कोभिड सङ्कट व्यवस्थापन […]

काठमाडौंमा मास्क नलगाइ हिँड्ने १६ सय जनालाई सडकमै उभ्याइयो

Published: in मिडियाबाट साभार, स्वास्थ्य, by . Leave a Comment on काठमाडौंमा मास्क नलगाइ हिँड्ने १६ सय जनालाई सडकमै उभ्याइयो.

काठमाडौं । काठमाडौंमा मास्क नलगाइ हिँड्नेलाई प्रहरीले सडकमै उभ्याएर राख्न थालेको छ । सोमबार बिहानमात्रै काठमाडौंका विभिन्न स्थानमा गरेर १६ सयजनालाई सडकमै ‘होल्ड’ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले जानकारी दिए । उनका अनुसार यसअघि मास्क अनिवार्य लगाउन प्रहरीले पटक पटक आग्रह गर्दै आएको थियो । कोरोना संक्रमण बढेपछि यस्तो गर्नुपरेको उनको भनाइ थियो । […]

देशभर लकडाउन हुँदैन’ ‘कोरोना हटस्पटमा स्थानीय तहबाट लकडाउन हुन सक्छ,

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on देशभर लकडाउन हुँदैन’ ‘कोरोना हटस्पटमा स्थानीय तहबाट लकडाउन हुन सक्छ,.

काठमाडौं । सरकारले कोरोना हटस्पटमा स्थानीय तहबाट लकडाउन हुन सक्ने भए पनि अहिले देशभर लकडाउनको कुनै सम्भावना नभएको जनाएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । “अहिले लकडाउनको कुनै तयारी छैन,” उनले भने, “स्थानीय तहले आवश्यकताअनुसार त्यो क्षेत्रमा गर्न सक्छन् । तर सरकारले […]

भरुवा बन्दुकसहित तीनजना पक्राउ

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on भरुवा बन्दुकसहित तीनजना पक्राउ.

काठमाडौं । धनुषा र महोत्तरीमा भरुवा बन्दुकसहित तीनजना पक्राउ परेका छन् । धनुषाको धनुषाधाम नगरपालिका–९, हरिपुरबाट एकथान भरुवा बन्दुकसहित मिथिला नगरपालिका–३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले हरिपुर गाउँबाट जंगलतर्फ जाँदै गरेका तीनमध्ये उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । साथै, फरार रहेका दुईजनाको […]

क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले बधाई दिए

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले बधाई दिए.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिजको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । नेपालले शनिबार भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि जितेको थियो । घरेलु मैदानमा नेपाल ११ वर्षपछि विजेता बनेको हो । “नेपाल, मलेसिया […]

बाँकेमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण आठजनाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on बाँकेमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण आठजनाको मृत्यु.

बाँके । बाँकेमा कोरोना संक्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ । पछिल्लोपटक कोहलपुर नगरपालिका–१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान २ः३० बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार बितेको २४ घण्टामा बाँकेका अस्पतालमा उपचाररत पाँच महिला र […]

झापाका चार अस्पतालमा अक्सिजन प्लान्ट

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on झापाका चार अस्पतालमा अक्सिजन प्लान्ट.

झापा । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चारवटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण सुरु गरेका छन् । मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको ७५ लाख लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ । कोभिड–१९ सङ्क्रमितको उपचारका लािग ७५ श्ययाको अलग अस्पतालसमेत सञ्चालन गरिरहेको मेची अस्पताल भद्रपुरमा रहेको […]

पछिल्लो २४ घण्टामा २५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घण्टामा २५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि.

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप दुई हजार ५५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ । थप आठ हजार ७९८ जनाको पीसीआर विधिबाट र ८६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा दुई हजार ५५९ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये महिला एक […]

स्थानीय तहको निर्वाचन फागुनभित्र हुने ओलीको खुलासा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय तहको निर्वाचन फागुनभित्र हुने ओलीको खुलासा.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो फागुनभित्र स्थानीय तहको निर्वाचन हुने खुलासा गरेका छन् । शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले फागुनभित्र स्थानीय तहको निर्वाचन हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएको एक सांसदले बताए । त्यस्तै, बैठकमा ओलीले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै यसबाट बच्न र […]

महाकाली अस्पतालमा संक्रमित बढै आईसीयू बेड र अक्सिजनको अभाव

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on महाकाली अस्पतालमा संक्रमित बढै आईसीयू बेड र अक्सिजनको अभाव.

काठमाडौं । कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पताल कोरोना संक्रमितले भरिएको छ । पछिल्लो एक सातायता संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै अस्पताल संक्रमितको संख्याले भरिएको हो । कञ्चनपुर भारतीय सीमासँग जोडिएको जिल्ला हो । कञ्चनपुरको गड्डाचौकी नाका भएर दैनिक सयौँ नेपाली स्वदेश फर्कन थालेसँगै संक्रमणको जोखिम पनि बढ्न थालेको हो । महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी […]